विकिपिडिया:प्रमुख लेख/दक्षिण एशियाली सहयोग सङ्गठन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
काठमाडौँ स्थित सार्क सचिवालय

दक्षिण एशियाली सहयोग सङ्गठन (छोटो नाम: सार्क) सन १९८०मा दक्षिण एसिया क्षेत्रमा विकसित भएको क्षेत्रिय एकताको भावनालाई बंगलादेशका राष्ट्रपति जियाउर रहमानले विशेष पहल गरेका थिए । यसअघि नेपालका राजा वीरेन्द्र वीरबिक्रम शाहले सन १९७७ ताका कोलोम्बो योजना परामर्शदातृ सम्मेलनमा नेपालको नदी-नालाहरूलाई यस क्षेत्रका मुलुकहरूको हितको लागि प्रयोग गर्न आह्वान गरेका थिए ।

बङ्गलादेशमा ७-८ डिसेम्बर १९८५मा ढाकामा प्रथम शिखर सम्मेलनको आयोजना गरी औपचारिक रूपमा सार्कको बडापत्रमा हस्ताक्षर गर्न बङ्गालादेश, भूटान, भारत, मालदिभ्स, नेपाल, पाकिस्तानश्रीलंकासहित सात राष्ट्रले सहमति जनाएका थिए। जस अनुरूप १६ जनवरी १९८६मा काठमाडौँमा सार्क सचिवालयको स्थापना गरियो । सार्कको कान्छो सदस्यको रूपमा अफगानिस्तानले हालै नयाँ सदस्यता हासिल गरेको छ। यसबाट सार्क सदस्य राष्ट्रहरूको सङ्ख्या ८ पुगेको छ । (पूरा  पढ्नुहोस्...)