बङ्गलादेश

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(बंगलादेश बाट पठाईएको)
Jump to navigation Jump to search
जनगणतान्त्रिक बङ्गलादेश
  • গণপ্রজাতন্ত্রী বাংলাদেশ
  • Gônoprojatontri Bangladesh
झण्डा निसाना छाप
राष्ट्रगान: अमर सोनार बंगला
My Golden Bangla


राजधानीढाका
२३°४२′ उत्तर ९०°२१′ पूर्व / २३.७००° उत्तर ९०.३५०° पूर्व / 23.700; 90.350
ठूलो सहर राजधानी
सरकारी भाषा बङ्गाली
धर्म (१९९८) ९७.२% बङ्गाली
२.८% अन्य[१]
नागरिकता बङ्गलादेशी
सरकारको प्रकार एकात्मक संसदीय लोकतन्त्र[२]
 -  राष्ट्रपति जिलुर रहमान
 -  प्रधानमन्त्री शेख हसीना
 -  स्पिकर अब्दुल हामिद
व्यवस्थापिका जातीय संग्सद
स्वतन्त्र पाकिस्तानबाट 
 -  घोषित २६ मार्च १९७१ 
 -  बर्तमान
संविधान
४ नोभेम्बर १९७२[१] 
क्षेत्रफल
 -  जम्मा १,४७,५७० वर्ग किमी (९४औँ)
५६,९७७ वर्ग माइल
 -  जलक्षेत्र (%) ६.४
जनसङ्ख्या
 -  २०१२ अनुमान १६,१०,८३,८०४ [३] (८औँ)
 -  जनघनत्व १,०३३.५/वर्ग किमी (औँ)
२,६७६.८/वर्ग माइल
जिडिपी (पीपीपी) २०११ अनुमान
 -  जम्मा $२८२.२२९ बिलियन[४] (३९)
 -  प्रतिव्यक्ति आय $१७९०.२६[४] (१९३)
जिडिपी (नाम मात्र) २०११ अनुमान
 -  जम्मा $११३.०३२ बिलियन[४] 
 -  प्रतिव्यक्ति आय $७००.५९[४] 
गिनी (२००५) ३३.२[५] (medium
मानव विकास सूचकांक (२०११) Increase ०.५००[६] (low) (१४६)
मुद्रा टाका (बिडीटि)
समय क्षेत्र बिएसटि (युटिसी= +६)
सडक प्रयोग बायाँ
इन्टरनेट टिएलडी .bd
टेलिफोन कोड ८८०

बङ्गलादेश (/ˈbɑːŋɡlədɛʃ/ बङ्गाली: বাংলাদেশ, आधिकारिक नाम जनगणतान्त्रिक बङ्गलादेश) दक्षिण एसियाको एउटा राष्ट्र हो। देशको उत्तर, पूर्व र पश्चिम सीमाना भारत र दक्षिणपूर्व सीमाना म्यानमार देशसँग जोडिएको छ ; दक्षिणमा बङ्गालको खाडी छ। बङ्गलादेश र भारतीय राज्य पश्चिम बङ्गाल एउटा बंगलाभाषी अञ्चल, बङ्गाल हो, जस्को ऐतिहासिक नाम “বঙ্গ” बङ्गो वा “বাংলা” बांग्ला हो। यसको सीमारेखा त्यस समय निर्धारित भयो जब १९४७ मा भारतको बिभाजनको बेला यसलाई पूर्वी पाकिस्तानको नामबाट पाकिस्तानको पूर्वी भाग घोषित गरिएको थियो। पूर्व र पश्चिम पाकिस्तानको बिच लगभग १६०० किमी (१००० माइल)को भौगोलिक दूरी थियो। पाकिस्तानको दुबै भागहरूको जनताको धर्म (इस्लाम) एउटै थियो, तर उनीहरूको बीच जाति र भाषागत दूरी थियो। पाकिस्तानको तत्कालिन सरकारको अन्यायको विरुद्ध १९७१ मा भारतको सहयोगबाट एउटा छुट्टै बङ्गलादेश स्वतन्त्रता आन्दोलन पछि स्वतन्त्र राष्ट्र बङ्गलादेशको उदभव भयो। स्वतन्त्र पछि बङ्गलादेशको केही शुरुआती वर्ष राजनीतिक अस्थिरताबाट परिपूर्ण थियो, देशमा १३ शासक बदलिन पुगे र ४ सैनिक बिद्रोह भयो। विश्वको सबैभन्दा धेरै जनशक्ति भएको देशहरूमा बङ्गलादेशको स्थान आठौं छ तर क्षेत्रफलको दृष्टिबाट बङ्गलादेश विश्वमा ९३औँ स्थानमा छ। फलस्वरूप बङ्गलादेश विश्वको सबै भन्दा घना आबादी भएको देशहरू मध्ये एउटा हो। मुसलमान- सघन जनसङ्ख्या भएको देशहरूमा बङ्गलादेशको स्थान चौथो हो , जबकि बङ्गलादेशको मुसलमानको संख्या भारतको अल्पसंख्यक मुसलमानको संख्या भन्दा कम छ। गंगा-ब्रह्मपुत्रकोमा अस्थित यो देश, प्रतेक साल मौसमी उत्पातको शिकार हुदछ, र हुरीबतास पनि अती सामान्य हो। बङ्गलादेश दक्षिण एसियाई आञ्चलिक सहयोग संस्था, सार्कबिम्सटेकको प्रतिष्ठित सदस्य हो। योओआइसीडी-8को पनि सदस्य हो।

इतिहास[सम्पादन गर्ने]

बङ्गलादेशमा सभ्यताको इतिहास धेरै पुराना छ। आजको भारतको अंधिकांश पूर्वी क्षेत्र कुनै वेला बङ्गालको नामबाट जानिन्थो। बौद्ध ग्रन्थहरूको अनुसार यस क्षेत्रमा आधुनिक सभ्यताको शुरुवात ७०० इसवी इसा पू.मा प्रारम्भ भएको मानिन्छ। यहाँको प्रारम्भिक सभ्यतामा बौद्धहिन्दू धर्मको प्रभाव स्पष्ट देख्न सकिन्छ। उत्तरी बङ्गलादेशमा स्थापित भएको यस्तो हजारौ अवशेष अहिले पनि मौजूद छ जसलाई मन्दिर वा मठ भन्न सकिन्छ।

बङ्गालको इस्लामीकरण मुगल साम्राज्यको व्यापारीहरूद्वारा १३ औ शताब्दीमा शुरु भयो र १६ औ शताब्दी सम्म बङ्गाल एसियाको प्रमुख व्यापारिक क्षेत्रको रूपमा उदायो। युरोप का व्यापारीहरूको आगमन इस क्षेत्रमा १५ औ शताब्दीमा भयो र अन्तत: १६औ शताब्दीमा ईस्ट इंडिया कम्पनीद्वारा उनीहरूको प्रभाव बढाउन शुरु भयो। १८ औ शताब्दी आउदा आउदा यस क्षेत्रको नियन्त्रण पूर्ण रूपले उनीहरूको हाथमा आयो जुन बिस्तारै बिस्तारै पूरै भारतमा फैलियो। जब स्वतन्त्रता आन्दोलनको फलस्वरूप १९४७ मा भारत स्वतन्त्र भयो तब राजनीतिक कारणबाट हिन्दू बहुल भारतलाई र मुस्लिम बहुल पाकिस्तानमा विभाजित गर्नुपर्‍यो।

भारतको विभाजन भएको फलस्वरूप बङ्गाल पनि दुई भागमा बाडियो। यसको हिन्दू बहुल इलाका भारतसँग रह्यो र पश्चिम बङ्गालको नामबाट जनिन थालियो तथा मुस्लिम बहुल इलाका पूर्वी बङ्गाल पाकिस्तानको हिस्सा बन्यो जुन पूर्वी पाकिस्तानको नामबाट जानिन थालियो। जमींदारी प्रथाले इस क्षेत्रलाई नराम्रोसँग गाजेर राखेको थियो जसको बिरुध्द १९५० मा एउटा ठूलो आन्दोलन शुरु भयो र १९५२ को बंगला भाषा आन्दोलनको साथ जोडिएर यो बङ्गलादेशी गणतन्त्रको दिशामा एउटा ठूलो आन्दोलन बन्यो। यस आन्दोलनको फलस्वरूप बंगला भाषीहरूलाई उनीहरूको भाषाको अधिकार मिन्यो। सन १९५५ मा पाकिस्तान सरकारने पूर्वी बङ्गालको नाम बदलेर पूर्वी पाकिस्तान गरिदियो। पाकिस्तान द्वारा पूर्वी पाकिस्तानको उपेक्षा र दमनको शुरुवात यहींबाट भयो। र तनाव स्त्तर दशक आउदा आउदा आफ्नो चरमोत्कर्षमा पुग्यो। पाकिस्तानी शासक याहया खाँ द्वारा लोकप्रिय अवामी लीग र उनका नेताहरूलाई प्रताडित गरिन थालियो, जसको फलस्वरूप बंगबंधु शेख मुजीवु्ररहमानको नेत्रीत्व मा बङ्गलादेशको स्वतन्त्रताको आन्दोलन शुरु भयो। बङ्गलादेशमा रगतको खोला बग्यो, लाखौ बङ्गाली मारिए तथा १९७१ को खूनी संघर्षमा दस लाख भन्दा बढि बङ्गलादेशी शरणार्थीले छिमेकी देश भारतमा शरण लिनु पर्‍यो। भारत यस समस्याबाट जुध्नलाई त्यस समय धेरै अफ्ठारो सामना गरिरहेको थियो र भारतलाई बङ्गलादेशी नागरिकले अनुरोध गरे यसै अनुरोधको आधारमा भारतले यस समस्यामा हस्तक्षेप गर्नु पर्‍यो जसको फलस्वरूप १९७१ का भारत पाकिस्तान युद्ध शुरु भयो। बङ्गलादेशमा मुक्ति वाहिनी सेनाको गठन भयो जसको धेरै जसो सदस्य बङ्गलादेशका बौद्धिक वर्ग र विद्यार्थी समुदाय थिए, यिनीहरूले भारतीय सेनाको मदद गुप्तचर सूचनाहरू दिएर तथा गुरिल्ला युद्ध पद्धतिबाट गरे। पाकिस्तानी सेनाले अन्तत: १६ डिसेम्बर १९७१ मा भारतीय सेनाको समक्ष आत्मसमर्पण गरे, लगभग ९३००० युद्ध बन्दी बनाईए जसलाई भारतको विभिन्न शिविरहरूमा राखीयो ताकि उनीहरू बङ्गलादेश क्रोधको शिकार नबनुन। बङ्गलादेश एउटा स्वतन्त्र मुलुक बन्यो र मुजीबुर्र रहमान यसको प्रथम प्रधानमन्त्री बने।

बङ्गलादेशको इतिहासको मुख्य घटनाहरू[सम्पादन गर्ने]

१९४७ - भारतको विभाजन पछि बङ्गालबाट काटिएर पूर्वी पाकिस्तान बन्यो।

१९४९ - अवामी लीगको स्थापना भयो जसको उदेश्य पूर्वी पाकिस्तानलाई स्वतन्त्रता दिनु थियो।

१९७० - शेख मुजीबको नेतृत्वमा अवामी लीगले निर्वाचनमा प्रचण्ड बहुमत हासिल गरे, पाकिस्तानको सरकारले यस परिणामलाई मान्न अस्वीकार गरिदियो। पाकिस्तानी सरकारको यस निर्णय पछि दंगा भडकियो।

१९७१ - शेख मुजीब र अवामी लीगले २६ मार्चमा स्वतन्त्रता को घोषणा गरीदिए। नया देशको नाम राखियो या बङ्गलादेश, लडाईको डर त्रासबाट बच्नको लागि करीब एक करोड मानिस भारतको सीमानामा शरणार्थी भएर आए।

१९७२ - शेख मुजीब प्रधानमन्त्री बने। उनले उद्योग धन्दाको राष्ट्रियकरणको अभियान चलाए तर ज्यादा सफल भएन।

१९७४ - देशमा भीषण बाढीले पुरै खेति नष्ट २८,००० मानिसको मृत्यु। देशमा संकटकालीन अबस्था, राजनीतिक गडबडिको शुरूआत।

१९७५ - शेख मुजीब बङ्गलादेशको राष्ट्रपति बने। अगस्टमा भएको सैनिक तख्ता पलट पछि उनको हत्या गरीयो, देशमा सैनिक शासन लागू भयो।

१९७६ -सैनिक शासनले ट्रेड यूनियनहरू माथि प्रतिबन्ध लगायो।

१९७७ - जनरल जिया-उर-रहमान राष्ट्रपति बने। इस्लामलाई सांविधानिक मान्यता दिईयो।

१९७९ - देशमा चुनाव भयो र सैनिक शासन समाप्त भयो। जनरल जिया-उर-रहमानको बङ्गलादेश नेशनल पार्टीले बहुमत हासिल गर्‍यो।

१९८१- जनरल जिया तख्ता पलटको कोशिशमा मारीए। अब्दुस सत्तार राष्ट्रपति बने। १९८२ - एउटा अर्को तख्ता पलट पछि जनरल एरशाद सत्तामा आए। संविधान र राजनीतिक दलको वैधता समाप्त गरीयो।

१९८३ - सबै विद्यालयमा अरबी र कुरानको पढाईको जनरल एरशादको फैसलाको बिरुध्द आन्दोलन भयो। सीमित राजनीतिक गतिविधीको अनुमती दिइयो। एरशाद राष्ट्रपति बने।

१९८६ - संसद र राष्ट्रपतिको लागि निर्वाचन भयो, एरशाद विजयी भए। सैनिक शासन हट्यो र संविधानलाई पुनर्वाहाली गरीयो।

१९८७ - विपक्षको हडताल पछि देशमा संकटकालीन अबस्था लगाईयो।

१९८८ - एक-तिहाई देश पानीमा डुब्यो, लाखौ मानिस बेघर भए।

१९९० - ठूलो जन-विरोध पछि एरशाद पदबाट हटे।

१९९१ - भ्रष्टाचारको आरोपमा एरशाद कारागार पठाईयो। जनरल जिया-उर-रहमानको विधवा खालिदा जिया प्रधानमंत्री बनिन। संविधानमा परिवर्तन गरेर राष्ट्रपतिको अधिकार सीमित गरीयो। चक्रवाती तूफानले लगभग डेढ लाख मानिसको जिबन लियो।

१९९६ -अवामी लीग सत्तामा फर्कियो, शेख हसीना प्रधानमन्त्री बनिन। देशमा हडतालको समय शुरू भयो।

१९९८ -बाढीले पूरे देशमा तबाही मचायो। १९७५ को मुजीब हत्या काण्डको लागि जिम्मेदार १५ पूर्व सैनिक अधिकारीहरूलाई मृत्यु दण्डको सजाय सुनाईयो।

२००० -स्वतन्त्रताको लडाईको बारेमा एक पाकिस्तानी राजनीतिज्ञको भनाईमा विवाद भयो, पाकिस्तान र बङ्गलादेशको सम्बन्धमा कटुता आयो।

२००१-आम चुनावमा शेख हसीनाको पार्टी अवामी लीग हार्‍यो र धार्मिक दलहरूको समर्थनको साथ जातीय पार्टी सत्तामा आयो र बेगम खालिदा जिया प्रधानमन्त्री बनिन।

२००८ - ठूलो बहुमत पछि शेख हसीना फेरी प्रधानमन्त्री बनिन ।

राजनीति[सम्पादन गर्ने]

देशको राजनीतिमा राष्ट्रपति संवैधानिक प्रधान हुदछन, जबकि प्रधानमन्त्री देशको प्रशासनिक प्रमुख हुदछन। राष्ट्रपति हरेका पाँच पछि निर्वाचित गरेन्छ। प्रधानमन्त्रीको नियुक्ति राष्ट्रपतिद्वारा गरीन्छ, प्रधानमन्त्री यस्तो व्यक्तिलाई चुनिन्छ जो त्यस समय संसदको का सदस्य हुन्छ र राष्ट्रपतिलाई विश्वास दिलाउछा कि उसलाई संसदमा बहुमतको समर्थन हासिल छ। प्रधानमन्त्रीले आफ्नो मन्त्रीको कैबिनेट गठित गर्दछ जिसको नियुक्तिको सहमती राष्ट्रपतिले दिदछन।

बङ्गलादेशको संसद लाई जातीय संसद भनिन्छ जसको ३०० सदस्य प्रत्यक्ष मतदानद्वारा निर्वाचित आउदछन, र पाँच बर्षसम्म आफ्नो क्षेत्रको प्रतिनिधित्व गर्दछन। देशको सबैभन्दा ठूलो वैधानिक संस्था बङ्गलादेश सर्वोच्च अदालत जसको प्रधान न्यायाधीश र अन्य न्यायधीशहरूको नियुक्ति राष्ट्रपति गर्दछन।

क्षेत्र[सम्पादन गर्ने]

बङ्गलादेशलाई छः उपक्षेत्रहरूमा बाडिएको छ जसको नाम ती राज्यहरूको राजधानीहरूको नाममा राखीएको छ।

भूगोल[सम्पादन गर्ने]

बङ्गलादेशको धेरै जसो भाग समुद्र सतह भन्दा एकदम कम उचाईमा पर्दछ। धेरैजसो भू भाग नदीको मुख भागमा पर्दछन् जो सुंदरवन नामले चिनिन्छन्। यी गंगा (स्थानीय नाम पद्मा नदी), ब्रम्हपुत्र, यमुनामेघना नदीका हुन् जो बङ्गालको खाडी क्षेत्रमा अवस्थित छन्। यी नदीहरू हिमालय पर्वतमा मुहान भएका नदी हुन्। बङ्गलादेशको माटो अत्यन्तै उब्जाउ छ। तर बाढीअनिकालले बाँग्लादेश प्रभावित भैरहन्छ। चिटागांग जिल्लामा अलिअलि पहाडी क्षेत्र पर्दछ जसको सबैभन्दा अग्लो चुचुरो केओक्रादांग १,२३० मीटर अग्लो छ। यो सिलहट मंडलको दक्षिण पूर्वमा छ। बङ्गलादेशको जलवायु उष्णकटिबंधीय जलवायु हो, यहाँ अक्टोबर देखि मार्च सम्म जाडो मार्च देखि जून सम्म गर्मी हुन्छ। मार्च देखि जून सम्म मनसून बाट पानी पर्दछ। बङ्गलादेशले प्राय: हरेक वर्ष चक्र्वातीय तूफान सामना गर्नु पर्दछ। माटो अपरदन र वन विनाश यहाँको ठूलो समस्या हो। ढाका यहाँको सबैभन्दा ठूलो शहर हो, अन्य ठूला शहरमा चिटागांग, राजशाही, र खुलना हुन्। चिटागांगको दक्षिण स्थित काक्स बजार विश्वको सबैभन्दा लामो बीच मध्ये एक हो।

संस्कृति[सम्पादन गर्ने]

राजनीतिक दल[सम्पादन गर्ने]

विमान[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ Central Intelligence Agency, "Bangladesh", The World Factbook, Langley, Virginia: Central Intelligence Agency, अन्तिम पहुँच ५ अक्टोबर २०११ 
  2. Constitution of Bangladesh, Part V, Chapter 1, Article 66; University of Minnesota. Retrieved 28 August 2010
  3. <https://www.cia.gov/library/publications/the-world-factbook/geos/bg.html>
  4. ४.० ४.१ ४.२ ४.३ "Bangladesh", International Monetary Fund, अन्तिम पहुँच १७ अप्रिल २०१२ 
  5. "Distribution of family income – Gini index", The World Factbook, CIA, अन्तिम पहुँच १ सेप्टेम्बर २००९ 
  6. "Human Development Report 2010. Human development index trends: Table G", The United Nations, मूलबाट ५ डिसेम्बर २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ जुलाई २०११ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]