विकिपिडिया:प्रमुख लेख/बृहत हिमालय पदमार्ग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विहानीमा देखिएको सगरमाथाको दृश्य

बृहत हिमालय पदमार्ग अथवा ग्रेट हिमालय ट्रेल (Great Himalaya Trail) संसारकै लामो र अग्लो पदमार्गहरु मध्ये एक हो। नेपालको सुदुर पूर्वको जिल्ला ताप्लेजुङदेखि सुदूर पश्चिमको जिल्ला दार्चुलासम्मको भूभाग ओगटेको बृहत हिम शिखरहरु रहेको स्थानलाई बृहत हिमालय क्षेत्र (Great Himalaya Region) भनिन्छ। यो पदमार्गले नेपालका हिमाली जिल्लाहरु छोएको छ। यस पदमार्गको दुईवटा रुट मध्ये एउटा पूर्बको ताप्लेजुङ देखी पश्चिमको हुम्ला र अर्को दार्चुला सम्म पुग्दछ। त्यस्तै यो ट्रेल तिब्बत, भारत, म्यानमार, पाकिस्तान सम्म फैलिएको छ। यो पदमार्गको विकासले पर्यटकहरूलाई नयाँ अनुभूति दिन्छ र साथै गरीबी निवारण र विकास सहितको पर्यटनलाई झल्काउँछ। यस पदमार्गलाई १० भागमा बिभाजन गरिएको छ जस अन्तर्गत पाँच हिमाली जिल्लामा कार्यरत द ग्रेट हिमालय ट्रेल विकास कार्यक्रमले पर्यटन अभिवृद्धिका लागि योगदान दिन्छ। यो पदमार्ग निर्माणको अर्को उद्देश्य अविकसित जिल्लाको विकास, रोजगारी सिर्जना र हिमाली क्षेत्रका समुदायका लागि अवसर प्रदान गर्नु रहेको छ (पूरा  पढ्नुहोस्...)