विकिपिडिया:प्रशासक अधिकारको लागि निवेदन
| विशेषाधिकार निवेदन | प्रशासक | प्रबन्धक | बोट | खाता निर्माताहरू | आईपी रोक माफी | अन्य प्रयोगकर्ता अधिकार (विविध) | अस्थायी स्वीकृत निवेदनहरू |
प्रशासक
[सम्पादन]
प्रशासक अथवा ब्यूरोक्रेट ती प्रयोगकर्ता समूह हुन् जसले प्रयोगकर्ताहरूको अधिकार समुह परिवर्तन गर्ने अधिकार प्राप्त हुन्छ । मूलतः प्रशासकसँग प्रबन्धकभन्दा तीन अधिकार अतिरिक्त हुन्छन-
- बोट, समिक्षक, अन्तरफलक प्रबन्धक, दुरुपयोग हेर्ने सम्पादक र प्रबन्धक समूहमा कुनै सदस्यलाई हटाउने अथवा राख्ने
- सक्रिय विकि समुदायको प्रयोगकर्ताहरु द्वारा बहुमतमा समर्थन (९०%) पाएमा कुनै सक्रिय प्रयोगकर्तालाई प्रशासक वा प्रबन्धक बनाउने
- विकिपिडियाको अनुभवी प्रयोगकर्ताहरूको बहुमत तथा विकिनीतिहरुको अनुसार पदोन्नति गर्ने ।
ध्यान रहोस नेपाली विकिमा प्रशासकको अर्थ कुनै विशेष अधिकारी हैन तर यो अधिकार विकिका केहि अत्यन्त अनुभवी, सक्रिय, कुशल तथा विश्वसनीय प्रयोगकर्ताको सम्पूर्ण सक्रिय समाजको बहुमतीय समर्थन को आधारमा दिईने गरिन्छ । जसले विकि प्रणालीको सम्पुर्ण कार्य सुचारु रुपले चलिरहोस । त्यसैले यी अधिकारहरूको प्रयोगको लागि मात्र आफ्नो नामांकन कारण सहित दिनुहोला अथवा स्वीकार गर्नुहोला र स्पष्ट गर्नुहोला कि यी अधिकारहरूको प्रयोगले तपाई कुन प्रकारले विकिको भलाई गर्नुहुनेछ (यसले मतदातालाई तपाईको बारेमा सकारात्मक जानकारी मिल्नेछ)।
आवश्यकताहरू
[सम्पादन]यस अधिकारको प्राप्तिको लागि निम्न आवश्यकताहरू रहेका छन् -
- लगभग ९०% बहुमतमा समर्थन (मत गणना गर्दा समय नयाँ, खेलौना तथा अवरोधित प्रयोगकर्ताहरूको मतलाई बहिष्कार पनि गर्न सकिन्छ अर्थात कम महत्व दिन सकिन्छ।)
- समान्यत नामांकित प्रयोगकर्ता विकिमा सक्रिय हुनु पर्नेछ अर्थात लामो समयसम्म असक्रिय नहोस् ।
- निर्वाचनमा समस्त सक्रिय प्रयोगकर्ताहरू तथा प्रबन्धकको मत आवश्यक हुनेछ । (थोरमा थोर ५०% प्रबन्धक तथा ५०% वरिष्ठ प्रयोगकर्ता तथा स्व:निर्धारित प्रयोगकर्ताको ९०% समर्थनको जरुरी हुनेछ । (साथै नेपाली विकिमा सक्रिय प्रबन्धकहरूको, विशिष्ट प्रयोगकर्ता संख्या वृद्धि हुँदा यस प्रयोगकर्ता समर्थन संख्यालाई पनि त्यसै अनुपातमा बढाउन सकिन्छ ।)
- प्रशासक निर्वाचनको लागि आफ्नो मत दिने अधिकार मात्रै अनुभवी प्रयोगकर्ताहरुको लागि हो । यस्तो प्रयोगकर्ता जो नेपाली विकिको कुनै पनि विशेष प्रयोगकर्ता समूहमा होस् तथा ५०० भन्दा अधिक सम्पादनको अनुभव बटुलेको होस् तथा नेपाली विकिमा सक्रिय होस्, यस निर्वाचनको लागि आफ्नो मत दिन सक्दछन ।
प्रशासक पदको लागि निवेदनको प्रक्रिया
[सम्पादन]ध्यान दिनुहोला: प्रशासक पदको लागि निवेदन गरिसके पश्चात २ हप्ता सम्म विकि समुदायको कुनै पनि प्रयोगकर्ताले तपाईसँग प्रश्न सोध्न सक्छ जसको उत्तर दिनु वा नदिनु तपाई माथि निर्भर गर्छ । तपाईको आवेदन संगै मतदानको प्रक्रिया पनि सुरु हुनेछ । कृपया आवेदन गरिसके पश्चात ईमेल द्वारा वर्तमान प्रशासकहरूलाई सूचित गर्नुहोला तथा विकिपिडिया:चौतारी मा आफ्नो आवेदनको सूचना दिनुहोला जसले अन्य प्रयोगकर्ता पनि तपाईको आवेदनको बारेमा जान्न सकोस र तपाईको पक्ष/विपक्षमा मतदान गर्न सकोस्।
वर्तमान समय : ००:३६, १३ सेप्टेम्बर २०२६ (युटिसी)
निवेदन फारम बनाउनुहोस्:
| तल दिइएको बाकसमा प्रयोगकर्ताको ठाउँमा आफ्नो प्रयोगकर्ता नाम राखेर आवेदन गर्न सकिन्छ। |