सामग्रीमा जानुहोस्

विकिपिडिया:बोटहरू/अनुमोदनको लागि अनुरोध

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
 विशेषाधिकार निवेदन
 प्रशासक
 प्रबन्धक
 बोट
 खाता निर्माताहरू
 आईपी रोक माफी
 अन्य प्रयोगकर्ता अधिकार
(विविध)
 अस्थायी स्वीकृत निवेदनहरू
 

बोट शब्द रोबोटबाट निकालिएको हो जो एउटा स्वचालित वा अर्धस्वचालित यन्त्र हुन्छन जुन विकिपिडियामा भएका लेखहरुलाई व्यवस्थित गर्ने अभिप्रायले काम गर्छन । यिनीहरु मानव प्रयोगकर्ताको रुपमा लेखहरुको निर्माण, विस्तार वा अन्य कार्यहरु गर्न सक्छन । बोट प्राय एउटा प्रोग्रामिङ्ग भाषामा लिखित कोड हुन्छन जसले निश्चित कार्यहरुलाई सम्पन्न गर्छन । प्रायः प्रयोग हुने पाइथन, पर्ल, एप्पल स्क्रिप्ट, डट नेट आदि छन् । बोट धेरै छरितोरुपमा सम्पादन गर्नमा सक्षम हुन्छन तथा यदि उनीहरु गलत तरिकाद्वारा निर्मित अथवा संचालित गरियो भने विकिपिडियामा क्षति पुर्याउन सक्छन । नेपाली विकिपिडिया मा मेटा अनुसार बोट नीति लागु गरिएको छ ।

आवश्यकताहरू

[सम्पादन]

विकिपिडियामा बोट पद प्राप्त गर्नको लागी प्रयोगकर्ताहरूलाई निम्न चरणहरूको आवश्यक पर्दछ:-

  • विकिपिडियाको बारेमा राम्रो जानकारी राख्नुका साथै पृष्ठहरूलाई सम्पादन, अनुप्रेषण, फाइल लोकेट, श्रेणीकरण, ढाँचाको प्रयोग इत्यादी काम गर्न दक्ष हुनु पर्ने छ ।
  • नेपाली भाषाका साथै अन्य भाषाहरूको जानकार भएको व्यहोरा देखाउने ढाँचाहरू आफ्नो प्रयोगकर्ता पृष्ठमा राखेको हुनु पर्ने छ ।
  • विकिपिडियामा खाता बनाएको कम्तिमा पनि ६ महिना पुगेको हुनु पर्ने छ ।
  • उपरोक्त योग्यताहरू पुगेको कुनै पनि सक्रिय प्रयोगकर्ताले यहाँ आफ्नो उम्मेदवारी फारम भरेर आवेदन गर्न सक्ने छ ।
  • उपरोक्त आवेदन गर्ने आवेदकलाई बोट बनाउने र नबनाउने बिषयमा अन्य प्रयोगकर्ताहरूले छलफलका साथै आवेदकको समर्थन अथवा बिरोध गर्ने छन् ।
  • आवेदकले अन्य प्रयोगकर्ताहरूलाई आफुलाई समर्थन गर्न भनि गुहार्न पाउने छ ।
  • उपरोक्त कार्यहरू पुरा भएमा र आवेदकको पक्षमा धेरै जनाले समर्थन गरेमा प्रशासकले आवेदकलाई बोट बनाउने छन् ।

बोट पदको लागि निवेदनको प्रक्रिया

[सम्पादन]

ध्यान दिनुहोला: बोट पदको लागि निवेदन गरिसके पश्चात २ हप्ता सम्म विकि समुदायको कुनै पनि प्रयोगकर्ताले तपाईसँग प्रश्न सोध्न सक्छ जसको उत्तर दिनु वा नदिनु तपाई माथि निर्भर गर्छ । तपाईको आवेदन संगै मतदानको प्रक्रिया पनि सुरु हुनेछ । कृपया आवेदन गरिसके पश्चात ईमेल द्वारा वर्तमान प्रशासकहरूलाई सूचित गर्नुहोला तथा विकिपिडिया:चौतारी मा आफ्नो आवेदनको सूचना दिनुहोला जसले अन्य प्रयोगकर्ता पनि तपाईको आवेदनको बारेमा जान्न सकोस र तपाईको पक्ष/विपक्षमा मतदान गर्न सकोस्।

वर्तमान समय : १८:१६, ७ अक्टोबर २०२६ (युटिसी)

निवेदन फारमको स्वरुप यस प्रकारको हुनु पर्नेछ:

==== प्रयोगकर्ता नाम ====
 |स्थिति= <!--यो खण्ड परिवर्तान नगर्नुहोस्-->
 |'''बोटको नाम''' =
 |'''उद्देश्य''' =
 |'''स्वचालित वा म्यानुवल सहायता'' =
 |'''सफ्टवेयर''' =
 |'''पहिले देखि बोट प्राप्त छ/छैन'''=

 (तपाईको भनाई) ~~~~

'''समर्थन'''

'''विरोध'''

'''छलफल'''

उदाहरण:कखगले भर्दा भर्नु परे यसरी

==== कखग====
 |स्थिति= <!--यो खण्ड परिवर्तान नगर्नुहोस्-->
 |'''बोटको नाम''' =
 |'''उद्देश्य''' =
 |'''स्वचालित वा म्यानुवल सहायता'' =
 |'''सफ्टवेयर''' =
 |'''पहिले देखि बोट प्राप्त छ/छैन'''=
 (तपाईंको भनाई) ~~~~

'''समर्थन'''

'''विरोध'''

'''छलफल'''