विकिपिडिया:प्राय सोधिने प्रश्नहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्राय सोधिने प्रश्नहरू   राम्रा लेख लेख्नको निम्ति सहायता   पञ्च स्तम्भ   विकि कर्त्तव्य   ज्ञानसंग्रह

विकिपिडिया के हो?

विकिपिडिया एउटा खुल्ला ज्ञानकोष हो जसमा संसारभरिका ती लाखौं योगदानकर्ताहरूद्वारा लेखिन्छ जो ज्ञान बाँड़्न र यसको प्रसार गर्ने कुरामा विश्वास राख्दछन्। विकिपिडियाका प्रत्येक लेख एवं सामग्रीको पछि लाखौं मानिसहरूको कठिन प्रयास एवं ज्ञान निहित छ। यस समय अङ्ग्रेजी विकिपिडिया सबैभन्दा ठूलो एवं विशाल ज्ञानकोष हो जसमा ३५ लाखभन्दा पनि अधिक लेखहरू छन्। विकिपिडिया परियोजनाहरू विश्वका विभिन्न राष्ट्रका २८७ भाषाहरूमा चलिरहेका छन्। विकिपिडियामा सबै लेखहरू स्वयंसेवकहरूद्वारा लेखिन्छन्। ठूलो संख्यामा गरिएका सहयोगी सम्पादनहरूको परिणामले यो यति विशाल बनेको हो।

विकि के हो?

विकि सफ्टवेयर वार्ड कुन्निगमद्वारा १९९४मा विकसित गरिएको थियो। तब उनले विकिविकि वेब सफ्टवेयरको विकास गरेर यसलाई २५ मार्च १९९५ का दिन http://.c2.com नामक वेबसाईटमा प्रस्तुत गरेका थिए। उनले स्वयं यसको लागि विकि नामको सुझाउ दिएका थिए। उनले यो नाम होनुलुलु आईलैण्डमा स्थित एयरपोर्टका कर्मचारीबाट सुनेका थिए, जसले उनलाई एयरपोर्टका दुवै किनाराको बीच चल्ने बस विकिविकि चान्स आर टी ५२को बारेमा बताएका थिए। विकीको अर्थ हवाईयन भाषामा तेज गति हुन्छ।

  • सामान्यत अन्तर्जाल(इण्टरनेट)मा कुनै पनि वेबसाइटमा कुनै पनि कुराको जानकारी दिन अथवा सुरक्षित राख्न वेबसाइटका मालिकसित अनुमति लिनुपर्छ तर विकि एउटा यस्तो सफ्टवेयर हो जो सबैलाई कुनै पनि प्रकारको प्रतिबाधाबाट मुक्त राखेर बिना कुनै प्राविधिक ज्ञान एवं विशेषाधिकार सबै प्रकारका सूचना सामग्रीहरू जोड्ने, संशोधित गर्ने एवं पुन: हटाउने सुविधा उपलब्ध गराउँदछ। किन भने कुनै विकि सफ्टवेयरमा सूचना सामग्री दिन अत्यन्त सजिलो हुन्छ जसको कारण यो सहयोगात्मक संलेखनको लागि एक सर्वोत्तम उपकरण बन्दछ।

के विकि र विकिपिडिया एउटै हो?

विकि र विकिपिडिया एउटै संस्था अथवा नाम होइन, विकि सफ्टवेयर सहयोगात्मक संलेखनकोलागि एक सर्वोत्तम उपकरण हो भने विकिपिडिया एउटा मुक्त ज्ञानकोष हो, विकिपिडियामा सूचना सामग्री जोड्न अथवा हटाउनको लागि विकिको प्रयोग गर्दछ। विकिपिडिया केवल ती वेबसाइट्सहरूमा एउटा सबैभन्दा अधिक प्रसिद्ध एवं विशाल वेबसाईट हो जसले विकि सफ्टवेयरको प्रयोग गर्दछ यस कारण धेरै मानिसहरू यो मान्छन् कि विकि र विकिपिडिया दुवै एउटै हुन् तर यो सत्य होइन।

विकिपिडियाको इतिहास

विकिपिडिया इण्टरनेटमा आधारित एउटा मुक्त ज्ञानकोष परियोजना हो। यो विकिको रूपमा छ, अथवा एउटा यस्तो जाल पृष्ठ जो सबैलाई यसको सम्पादन छुट दिन्छ। विकिपिडिया शब्द विकि र इनसाइक्लोपीडिया (ज्ञानकोष) शब्दहरूलाई मिलाएर बनाइएको हो। विकिपिडिया एउटा बहुभाषीय प्रकल्प हो, र स्वयंसेवकहरूको सहकार्यले निर्मित भएकोछ, जसले पनि इण्टरनेटमा विकिपिडियामा लेख्न सक्छ र लेखहरूलाई सम्पादन गर्न सक्छ। विकिपिडियाका मुख्य सर्वर टैम्पा, फ्लोरीडामा छन्, अतिरिक्त सर्वर एम्सटर्डम र सियोलमा छन्। निपुण मानिसहरूद्वारा बनाइएका ज्ञानकोष न्यूपीडियाको पूरकको रूपमा २९ जनवरी, २००१मा यसको आरम्भ भएको हो। अहिले यो विकिमीडिया फाउन्डेशनद्वारा सञ्चालित छ जो एक गैर-लाभकारी संस्था हो। २००६को मध्यमा यसमा ४६ लाखभन्दा पनि अधिक लेखहरू थिए, मात्र अङ्ग्रेजी भाषामा १२ लाखभन्दा पनि अधिक लेखहरू छन् । अहिले यो २८६ भन्दा भाषाहरूमा छ, जसमध्ये १५ भाषाहरूमा ५० हजार भन्दा बढी लेखहरू छन्। जर्मन भाषाको विकिपिडियालाई डीवीडीमा पनि वितरित गरिएकोछ। विकिपिडियाका संस्थापक जिमी वेल्सको शब्दमा यो विश्वका प्रत्येक व्यक्तिकोलागि, उनीहरूको आफ्नो भाषामा एउटा बहुभाषीय, मुक्त, सबभन्दा अधिक गुणवत्ता भएको विश्वकोश बनाउने र वितरित गर्ने एउटा प्रयत्न हो।

के यस विकि अभियानलाई कुनै सरकारद्वारा सहायता दिइएकोछ?

छैन।

के मलाई नेपाली विकिपिडियामा कुनै लेख शुरु गर्न अघि पर्याप्त जानकारी हुनु आवश्यक छ?

अधिकतर मानिसहरूमा यो एउटा गलत अवधारणा छ कि विकिपिडियामा कुनै लेख लेख्न हामीसित पर्याप्त जानकारी हुनु आवश्यक छ । तर यस्तो पटक्कै होइन, विकिपिडियामा कुनै पनि लेख लेख्न वा सम्पादित गर्न तपाईं कुनै क्षेत्र विशेषमा विशेषज्ञ हुनु आवश्यक छैन। विकिपिडियाको प्रत्येक लेख लाखौं योगदानकर्ताहरूको सामूहिक प्रयासको परिणाम हो तपाईं जुन लेखलाई धेरै कम जानकारी दिएर शुरु गर्नुहुन्छ भोलि त्यसलाई कोहि अर्कै व्यक्तिले केहि नयाँ सूचना हालेर बढाउनेछ फेरि अर्को कुनै व्यक्तिले। यस प्रकार केहि दिनमा त्यो लेखलाई ज्ञानका साना साना बूँदाहरूले भरेर परिपूर्ण पारिनेछ जसद्वारा पाठकहरूको ज्ञानको तिर्खा मेटिनेछ। जस्तो प्रकारले जुन प्रयास तपाईं कुनै अन्यकोलागि गर्नुहुन्छ जसबाट उसको ज्ञानवर्धन हुनेछ त्यस्तै प्रकारले अन्य मानिसहरूले पनि समान प्रयास गरेर अनेक लेखहरू बनाउनेछन् जसले गर्दा तपाईं सहित अन्य धेरै मानिसहरूको ज्ञानवर्धन हुनेछ। यस प्रकार जब धेरै मानिसहरूले ज्ञानका साना साना थोपाहरू समर्पित गर्दछन् अनि त ज्ञानको एउटा यस्तो सागर बन्छ जसबाट आउने समस्त पीढिहरूका साथै हामी सबैको ज्ञान रूपी जिज्ञासा शान्त हुनेछ। मान्नुहोस् कि आज कसैले विकिपिडियामा बिजुलीको बल्बमाथि केवल एक पङ्क्तिको लेख लेख्छ, केहि दिनपछि त्यसलाई कुनै अन्य इन्जिनियर छात्रले विकिमा देखेर केहि अरु कुराहरू थप्दछ यस्तै प्रकारले यस लेखमा सूचना बढ्दैजान्छ जसबाट यो लेख बल्बको विषयमा एउटा विशाल जानकारीको स्रोत बन्नेछ। अत: कुनै पनि विषयमा कम जानकारी छ भनेर नडराउनुहोस्, मुक्त मनले विकिपिडियामा लेखको शुरुवात गर्नुहोस्।

के विकिपिडियामा कुन विषयमा लेख्नु पर्छ र कुन विषयमा लेख्नु हुँदैन भन्ने कुनै यस्तो नियम छ?

यसमा कुनै कठोर नियम छैन। विकिपिडिया खुला विश्वकोश भएको हुनाले जसले जे विषयमा पनि लेख लेख्न सक्छ। तर व्यक्तिगत लाभका लागि अतिशयोक्तिपूर्ण कुराले भ्रम पर्ने भएकोले यसमा केही नियन्त्रण भने गरिन्छ। जस्तो कि विज्ञापन वा आत्मकथा यसमा राखिन्न। लेखिएको लेखमा स्रोत पनि खुलाउनु पर्छ। तर अरूले लेखेको लेख सारेर लेख तयार गर्नु हुँदैन।

मैले बनाएको लेखलाई धेरैले सम्पादन गर्छन् यस्तो किन?

विकिपिडियाको कुनै पनि लेख कुनै एउटा व्यक्तिसित सम्बन्धित हुँदैन, तर यो अनेक प्रयोगकर्ताहरूको सहयोगात्मक एवं सामूहिक योदगानको परिणाम हुन्छ। हो, यदि तपाईंले बनाएका लेखमा कुनै अर्को प्रयोगकर्ताले गलत जानकारी हाल्दछ भने तपाईं त्यसलाई हटाउन सक्नुहुन्छ अथवा प्रबन्धकहरूको सहायताबाट त्यस अनावश्यक सामग्रीलाई हटाउन लाउन सक्नुहुन्छ। तपाईं कुनै प्रयोगकर्तासित उसले जोडेको तथ्यको विषयमा त्यस लेखका वार्तापृष्ठमा चर्चा पनि गर्न सक्नुहुन्छ जसमा अन्य प्रबन्धक एवं प्रयोगकर्तागणले पनि आफ्नो प्रतिक्रिया दिन्छन् र बहुमतका आधारमा यदि तथ्य सही लागे राखिन्छ नत्र हटाइन्छ। विकिमा कुनै पनि तथ्य दिनका साथै सम्पादकलाई त्यसको सन्दर्भ पनि दिनु पर्छ अन्यथा त्यस जानकारीलाई अविश्वसनीय मानिन्छ जबसम्म कि त्यो तथ्य जन सधारणलाई ज्ञात छैन भने, जस्तै सूर्य पूर्वमा उदाउँछ यो कुरा सबै जान्दछन् अत: यसका लागि सन्दर्भ दिने कुनै आवश्यकता छैन। विकिपिडियामा सन्दर्भहरूको विश्वसनीयताका माथि पनि आफ्ना नीतिहरू हुन्छन्।

विकिपिडियामा कसले योगदान गर्न सक्छ

कुनै पनि व्यक्तिले आफ्नो सांस्कृतिक पृष्ठभूमि, जातीयता, व्यावसायिक वा राजनीतिक पृष्ठभूमि वा हितहरूलाई ध्यान नदिई ज्ञानलाई बाँडेर ज्ञानको प्रसार गर्न सक्दछ, अथवा यस परियोजनालाई आफ्नो योगदान दिन सक्दछ। जसले आफ्नो ज्ञानलाई विकिपिडिया मार्फत सुरक्षित राख्न चाहन्छ एवं त्यसलाई जनसमूहसम्म पुर्‍याएर सबैलाई लाभान्वित गराउन इच्छुक छ, यस परियोजनालाई आफ्नो योगदान दिन सक्दछ। चाहे कुनै कलेजको विद्यार्थी, इञ्जीनियर, डाक्टर, पत्रकार, कृषक, व्यवसाई इत्यादि सबैले विकिपिडियाका परियोजनाहरूलाई आफ्नो योगदान दिएर ज्ञानको प्रसार गर्न सक्दछ्न्।

के विकिपिडिया अन्य भाषाहरूमा पनि उपलब्ध छ?

हो। विकिपिडिया विश्वका २८५ भन्दा बढी भाषाहरूमा उपलब्ध छ। तर कुनै भाषामा धेरै लेख हरू छन् भने कुनै भाषामा कम लेखहरू छन्। हाल अङ्ग्रेजी भाषामा सबैभन्दा बढी ४५,८२,००० लेखहरू छन्। त्यसैगरी नेपालीमा ३२,९४५ लेखहरू छन्। यो नेपालमा प्रयोग हुने नेवारी, भोजपुरी, पालीसंस्कृत, मैथली, डोटेली भाषामा पनि उपलब्ध छ। त्यसैगरी गुरुङ, थारू, अवधी, लिम्बू, शेर्पा, शेषी खाम लगायतका भाषाहरूमा पनि विकिपिडिया पेजहरू बन्ने प्रकृयामा छन्।

म अंग्रेजी भाषा राम्रोसित जान्दछु मलाई नेपाली विकिपिडियाको आवश्यकता नै छैन भने मैले नेपाली विकिपिडियामा किन योगदान गर्ने

हो, तपाईं अङ्ग्रेजीमा दक्ष हुनुहुन्छ यो धेरै प्रशंसनीय कुरा हो तर यो तपाईंको मातृ भाषालाई त्याग गर्ने कारण नबनोस्। तपाईं अङ्ग्रेजीमा उपलब्ध सूचनाहरू एकत्रित गरेर ती सबै आफ्नो मातृ भाषामा दिन सक्नु हुन्छ जसबाट ती मानिसहरूलाई धेरै सहायता हुनेछ जसले अङ्ग्रेजी भाषा जान्दैनन् अथवा जसले लेखहरू आफ्नो मातृ भाषामा पढ्न रुचाउँछन्। यस्ता धेरै नेपालीहरू छन् जो अङ्ग्रेजी जान्दैनन् तर नेपाली भाषामा दक्ष छन्। अङ्ग्रेजीमा दक्ष हुनु अथवा नहुनुको कारणले कुनै पनि व्यक्तिलाई आफ्नो मातृ भाषामा ज्ञान बाँड्न र लिनबाट रोक्न सक्तैन। नेपाली भाषा तीन करोड नेपालीहरूको मातृभाषा मात्र नभएर नेपालको राष्ट्रभाषा अनि भारतमा पनि मान्यता प्राप्त राष्ट्रिय भाषा हो अत: यसको वर्चस्व बनाई राख्ने दायित्त्व हामी सबैको हो र नेपाली विकिपिडिया ज्ञानलाई बचाई राख्न र यसको प्रसार गर्नकोलागि सर्वोत्तम स्थान हो। हामी सबैले यसमा योगदान किन नगर्ने खालि यसकारणले कि हामी अङ्ग्रेजीमा प्रवीण छौं अथवा हामीलाई आफ्नो मातृ भाषा बोल्न र लेख्न अल्छी लाग्छ वा सरम लाग्छ। यदि तपाईंलाई त्यस्तो हुन्छ भने त त्यसलाई हटाउने सर्वोत्तम उपाय पनि विकिपिडिया हो किन भने विकिपिडियामा तपाईंको योगदानका साथ नेपाली भाषा एवं ज्ञान दुइटैको प्रसार हुन्छ। नेपाली भाषाको जति प्रसार हुन्छ त्यति नै तपाईंलाई नेपाली भाषी भन्नमा गर्व अनुभव हुनेछ, अत: जब हामी आफ्ना साथीहरू र परिवारका सदस्यहरूसित निःसंकोच नेपालीमा बात मार्छौं भने नेपाली विकिपिडियामा नेपालीमा योगदान गर्न संकोच किन?

म नेपाली विकिपिडियामा योगदान गर्न चाहन्छु तर मलाई कम्प्यूटरमा नेपाली लेख्न आउँदैन, के गर्ने?

नेपाली विकिपिडियामा नेपाली लेख्न अति सजिलो छ नेपाली विकिमा यसको लागि ट्रान्सलिटरेशन उपकरण उपलब्ध छ। जसको सहायताले तपाईं सजिलै सित नेपाली लेख्न सक्नुहुन्छ मात्र केहि अभ्यासको आवश्यकता छ। तपाईंलाई यहाँ थिचेर धेरै कुराको थाह हुनेछ । टाइप सिक्नको लागि प्रयोग स्थलमा अभ्यास गर्नुहोस्। त्यहाँ टाइप गर्दा केहि बिग्रदैन, अरु लेखहरू बिग्रन्छ कि भन्ने शंका भए प्रयोग स्थलमा अभ्यास, प्रयोग आदि गर्नुहोस्, एक दुई पल्ट अभ्यास गरेपछि सिकिन्छ।

म विकिपिडियामा लेख किन लेखूँ, म यसबाट के लाभ पाउँछु?

विकिपिडियामा स्वयंसेवी ढंगले लेख्नु पर्छ, यसमा लेखेको लेखको पारिश्रमिक पाइँदैन तर तपाईंले आफूसँग भएको ज्ञान अरू सबैसँग बाँड्न भने सक्नुहुन्छ। यसमा लेख लेख्ने र सम्पादन गर्ने गर्नाले एकातिर तपाईंको आफ्नो लेख्ने सीप बढ्दछ भने आर्कोतर्फ तपाईंले अरूलाई पनि सहयोग गरिरहनुभएको हुन्छ। तपाईंको भाषामा पर्याप्त सन्दर्भ सामग्री भयो भने तपाईंको भाषा समृद्ध हुनेछ जसको कारण तपाईं आफै पनि गर्व गर्नुहुनेछ। अझ त्यसमा तपाईं आफै सरिक हुँदा त झन् ठूलो गर्व हुने भयो। विकिपिडियाको लाभ त्यही नै हो।

नेपाली विकिपिडियाको इतिहास एवं परिचय

नेपालका केही उत्साही युवाहरूले सन् २००२ जून ३ तारिखका दिन विकिपिडियाको नेपाली संस्करण सुरू गरेका थिए। हाल नेपाली भाषामा सानाठूला गरेर ३२,९४५ लेखहरू छन्। यसमा भएका जम्मा नेपाली पेजहरूको संख्या ११०,५५९ छन्। नेपाली विकीमा हालसम्ममा ६६,५४३ प्रयोगकर्ता (Users) दर्ता भएका छन् जसमध्ये सरदर ५५ जना सकृय रहन्छन्। अहिले नेपाली विकिपिडियामा १० जना प्रवन्धकहरू छन् जसमध्ये हाल ४ जना भारतमा र ६ जना नेपालमा बसेर नेपाली विकिपिडियाका सामग्रीहरू सम्पादन तथा व्यवस्थित गर्ने कार्यमा सरिक रहेका छन्। विकिपिडियामा नेपाली बाहेक नेपाल भित्र बोलिने अरू भाषामा पनि पेजहरू उपलब्ध छन्। जस्तै नेपाल भाषा, भोजपुरी भाषा, पाली भाषा, मैथली, डोटेली। लेखहरू व्यवस्थित गर्न र त्यसमा कुनै विवाद आइपरेमा समाधान गर्न र अन्य स्रोत सामग्रीहरूको व्यवस्था गर्नका लागि विकिमिडीया फाउण्डेसन नामको संस्था कार्यरत रहेको छ। त्यसको नेपाल च्याप्टरको रूपमा विकिमिडिया नेपाल नामक संस्था स्थापना भएको छ। यसले विकिमिडीया फाउण्डेसनको प्रतिनिधित्त्व गर्दै कुनैपनि लेखमा नेपाल सम्बन्धि विवाद आइपरेमा त्यसको निवारण गर्ने समेत कार्य गर्नेछ। यो पनि हेर्नुहोस्

अन्य विकि परियोजनाहरू

विकिपिडियामा विभिन्न शाखाहरू छन्। जस्तो कि विक्सनरी विक्सनरी, खुला पुस्तक विकीपुस्तक, विकी विश्वविद्यालय(विकीभर्सिटी), विकीसमाचार(खुला समाचार), विकी प्रजाति, कमन्स(कमन मिडियाको भण्डार), कथन(उक्ति संग्रह) आदि। नेपालीमा हाल विक्सनरी र विकीपुस्तक मात्र सञ्चालनमा छन्। यद्यपि बाँकी विषयमा पनि योगदान गर्न सकिने अवस्था छ। तपाइँ पनि विकिपिडियामा सम्पादक बन्ने होइन? हो भनें तपाईंको जानकारीमा भएका र तपाइँका रूचिका विषयहरूमा लेख लेख्न वा भएका लेखलाई सम्पादन गर्न निमन्त्रणा छ।

के विकिमा मैले हालेको जानकारी सुरक्षित रहन्छ, विकिमा त जसले पनि सम्पादन गर्न सक्छ?

विकिपिडियाको सबैभन्दा रमाइलो पक्ष भनेकै जसले पनि सम्पादन गर्न सक्नु हो। तर यसलाई सबैले लेख बिगार्नमा नै प्रयोग गर्छन् भन्ने छैन। विकिमा लेखिएका स्तरीय लेखलाई सुरक्षित अथवा अर्ध सुरक्षित गर्न सकिन्छ तर यो सामान्यतया सबै लेखहरूमा गरिँदैन। कुनैपनि लेख स्तरीय हुनका लागि सम्बन्धित विषयका धेरैजना मानिसहरूद्वारा सम्पादन भएको हुनुपर्छ। तपाईंले लेखेको जानकारी जसले पनि सम्पादन गर्न सक्छ त्यसैले बिगारी दिने हो कि? भनेर डराउनु पर्दैन। कुनैपनि लेखलाई खराब इरादा राखी बङ्ग्याउने, बिगार्ने, तोडमोड गर्ने अथवा गलत कुराहरू राख्ने हरेक गतिविधिको रेकर्ड अर्थात् लग बनेको हुन्छ। त्यसैको आधारमा बिगारेको, एकतर्फी बनाएको वा भेण्डालिज्म गरेको रहेछ भने सिसप अथवा सम्पादकहरूले त्यसलाई उल्ट्याउन वा सही बाटो दिन सक्छन्। त्यसैगरी स्तरीय लेखहरूलाई सुरक्षित गर्ने काम पनि उनीहरूले गर्न सक्छन्।

विकिपिडियाका लाभहरू

  • विकिपिडिया एउटा बहुभाषीय प्रकल्प हो, र स्वयंसेवकहरूको सामूहिक प्रयासबाट निर्मित भएकोछ, जो इन्टरनेटमा पुग्न सक्छ उसले विकिपिडिया लेख्न सक्छ र सम्पादन गर्न सक्छ।
  • विकि स्वरूपको कारण लेखहरूका सूत्रहरूलाई शब्दहरूसित जोड्न सजिलो हुन्छ, यसबाट लेखहरूको बारेमा जानकारी मात्र प्राप्त नभएर यस सित जोडिएका अन्य रोचक जानकारीहरू पनि पाइन्छ, उदाहरणको लागि यदि तपाईं जापानको भूकम्पसित जोडिएको लेख पढ्नुहुँदैछ भने त्यसमा जोडिएका अन्य ज्ञानवर्द्धक कुराहरू पनि पढ्न सक्नुहुन्छ।
  • इन्टरविकिबाट विभिन्न भाषाहरूका लेखहरू जोडिएका हुन्छन्। नेपालीको काठमाडौं लेखसित अन्य ८३ भाषामा यस लेखका लिङ्कहरू छन्, जसले गर्दा गुजरातीमा लेखिएको लेख छिट्टै पढ्न सकिन्छ।
  • विकिपिडीयामा धेरै छिटो समसामयिक विषयहरूको बारेमा लखहरूको विकास हुन सक्छ जसरी जापानमा भूकम्प जाने र सुनामी आएको समाचार केहि मिनटमा नै विकिमा देखापर्‍यो।
  • डकडकगो र अन्य सर्च इञ्जनहरूबाट खोज गर्दा विकिपिडियाका लेख परिणामहरू प्रमुखरूपमा देखा पर्छन्। यसबाट यो सिद्ध हुन्छ कि नेपाली विकिपिडियाको विकासले इन्टरनेटमा नेपालीको प्रयोग गर्ने मानिसहरूको सङ्ख्यामा पनि वृद्धि हुनेछ। मानिसहरूलाई नेपाली भाषाको प्रयोग गर्न, आफ्नो ज्ञान अरुलाई बाँड्नका साथै आफ्नो भाषा, जाति, देश, संस्कृतिको निम्ति केहि गर्छु भन्ने व्यक्तिहरूकोलागि विकिपिडिया एउटा गतिलो मञ्च हुनेछ ।
  • विकिपिडिया एउटा यस्तो मञ्च हो जसमा कमजोरी देखाउने अवसर कसैलाई छैन किन भने ती कमजोरीहरू हटाउने सबैलाई मौका दिइएकोछ। यदि तपाईंले कुनै कुरामा कमी देख्नु हुन्छ, लेख अधूरो देख्नु हुन्छ, यदि कुन्नै लेखमा भूल भेट्नुहुन्छ भने सुधार्न सक्नुहुन्छ अथवा कुनै विषयमा लेखिएकै छैन भनें पनि तपाईंले लेख्न सक्नुहुन्छ।

नेपाली विकिपिडियासित संबंधित कुनै प्रकारको सहायता अथवा कुनै समस्या आउँदा मैले कहाँ सम्पर्क गर्ने?

तपाईंले यहाँ कुनै पनि प्रश्न राख्न सक्नुहुन्छ अथवा कुनै प्रवन्धकको वार्तालाप पृष्ठमा पनि आफ्नो प्रश्न राख्न सक्नुहुन्छ।