विकिसिया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विकिसिया
चित्र:WikiShia logo.png
साइटको प्रकार
विकि
उपलब्ध भाषाअङ्ग्रेजी, फारसी, फ्रान्सेली, स्पेनी, अरबी, बहासा इन्डोनेसिया, टुर्की, उर्दू, जर्मनेली, रूसी
मालिकअहल अल-बयात विश्व सभा
युआरएलhttp://wikishia.net
अलेक्सा क्रम१६,७५४ (डिसेम्बर २०१९)[१]
दर्ताचाहिँदैन
प्रयोगकर्ताहरू३५० भन्दा बढी
चालु भएको मितिजुन २२, २०१४
लेखिएको भाषापिएचपि

विकीसिया इस्लामको प्रमुख सम्प्रदाय मध्येको एक, सिया इस्लामको सामग्री प्रस्तुत गर्ने एक नि : शुल्क अनलाइन विश्वकोश हो। यो विकीमा सियाको बारेमा १४,७०० भन्दा बढी पृष्ठहरू रहेका छन् जसमा अङ्ग्रेजी , फारसी , स्पेनी , टुर्की , फ्रान्सेली , अरबी , उर्दू , बहासा इन्डोनेसिया , जर्मनेली , र रूसी लगायतका भाषाहरू सहित १० भाषाहरू समावेश छन्।[२] विकीसिया अहल अल- बायत विश्व सम्मेलनसँग सम्बद्ध छ। तेहरानको सिब्त अल नबिको अन्तर्राष्ट्रिय काङ्ग्रेसमा अध्यक्ष हसन रोहानीले यसको सुरुवात २२ जुन २०१४ मा आधिकारिक रूपमा गरेका थिए। [३]

शब्द "सिया" को अर्थ "अनुयायी" वा "समूह" हो। अबि तालिब , जसलाई सियाले धार्मिक नेतृत्व र खिलाफतमा पैगम्बरको उत्तराधिकारी भएको विश्वास गर्दछ।[४] विकीसियाले आगन्तुक र पाठकहरूलाई सियाका बाह्र इमाम र उनीहरूका परिवारका साथै उनीहरूको जीवनको राजनीतिक, सामाजिक र सांस्कृतिक पक्षहरूको बारेमा जानकारी प्रदान गर्दछ।[५] यसको उद्देश्य, पृष्ठको बारेमा वर्णन गरिए अनुसार, द्वादर्श सिया जान्ने सम्बन्धी सबै अवधारणा र समस्याहरूको विवरण बुझाउनु हो जसमा इतिहास, भूगोल, फिक्ह , फिक्हका सिद्धान्त, अवधारणा, विश्वास, नाम, आदि समावेश छन्।[६] विकिसिया कोम ,इरानमा विद्वानहरूको एक समूह द्वारा प्रबन्धित छ। [७]

इतिहास[सम्पादन गर्नुहोस्]

२२ मे २०१३ मा, विकीसियाकम लेखकहरूको सहकार्यको लागि पहिलो सत्र आयोजना गरिएको थियो। शिक्षाको केही सत्र पछि, जुन १७ मा, विकीसियाको पहिलो प्रविष्टि वेबमा प्रकाशित भएको थियो।[८] जुलाई २०१३ मा, प्रयोगकर्ता नाम बिना वेबसाइट ब्राउजिङ विकल्प सबै इन्टरनेट प्रयोगकर्ताहरूका माझ उपलब्ध गराइएको थियो। २२ जुन २०१४ मा तेहरानको सिब्त अल नबी (क) को अन्तर्राष्ट्रिय काङ्ग्रेसमा विकीसिया आधिकारिक रूपमा इस्लामी गणतन्त्र इरानका राष्ट्रपति हसन रोहानीले सुरु गरेका थिए।

सामग्री[सम्पादन गर्नुहोस्]

विकीसियाको सामग्रीमा, विश्वास, व्यक्तित्व, पुस्तक, ठाउँ, घटना, समारोह र इस्लाम धर्मगुरु मुहम्मदको परिवारमा विश्वास गर्ने समूहहरूको अनुष्ठान समावेश छ। सियाको इतिहास वा सियासँग सम्बन्धित कुनै पनि अन्य विषय कुनै तरिकाबाट विकीसियामा समावेश छ। सबै मुस्लिमहरूद्वारा विश्वास गरिएका वा इस्लामी इतिहाससँग सम्बन्धित सामान्य इस्लामी अवधारणाहरू यो विकीका मुख्य विषयहरू हुन्। यहाँ अन्य इस्लामिक गुटहरूको बारेमा केहि लेखहरू पनि समावेश छन्।

अक्टोबर २०१५ को अन्त्य सम्म, विकीसियामा प्रविष्टिहरूको संख्या ९२३१ पुगेको थियो र यो सङ्ख्या प्रतिदिन बढ्दो क्रममा रहेको छ। यसको फारसी १२०४ भन्दा बढी प्रविष्टिहरू छन्। विकिसियाको सामग्री कोमा धेरै विद्वानहरूद्वारा पर्यवेक्षण गरिन्छ। हाल, विकीसिया खुला विकी होईन, त्यसैले प्रबन्धकहरूको अनुमतिमा मात्र यसलाई सम्पादन गर्न सम्भव छ। यसमा करीव १०० प्रयोगकर्ताहरू रहेका छन् जुन सबै अहल अल-बायत विश्व सभाद्वारा प्रमाणित छन्, तर विकीसियाको "बारेमा पृष्ठ" मा भनिएको छ कि यसलाई खुला विकीमा परिवर्तन गरिनेछ ताकि सबैले खाता खोलेर योगदान दिन सक्दछन्।[९]

सिया र अहुल बायतको अवधारणामा तटस्थता नीति विकीसियामा अवलोकन गर्न सकिन्छ, तर यस विकीका योगदानकर्ताहरूले आफूलाई सियाको प्रचार गरिरहेको ठान्छन् त्यसैले उनीहरूको शिक्षालाई व्याख्या गर्न र रक्षा गर्न प्रविष्टिहरू लेखिएका छन्। यद्यपि विद्वान् र ऐतिहासिक असहमतिहरूको बारेमा फैसला पाठकहरूको लागि छोडिएको छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "विकिसियाको ट्राफिक तथ्याङ्क", अलेक्सा, नोभेम्बर १९, २०१५, अन्तिम पहुँच फेब्रुअरी २८, २०१८  वेब्याक मेसिन अभिलेखिकरण मार्च ५, २०१६ मिति
  2. "دانشنامه اینترنتی ویکیشیا راه اندازی شد", अन्तर्राष्ट्रिय कुरान समाचार आयोग, जुन २२, २०१४, अन्तिम पहुँच मे २, २०१५ [dead link]
  3. "رونمایی از ویکیشیا روحانی", मेहर समाचार आयोग, जुन २२, २०१४, अन्तिम पहुँच मे २, २०१५ [dead link]
  4. "افتتاح وبسایت دانشنامه ویکیشیا رییس جمهور ایران", केहान, जुन २२, २०१४, अन्तिम पहुँच मे २, २०१५ 
  5. "افتتاح وبسایت دانشنامه ویکیشیا رییس جمهور ایران", फारसी समााचार, जुन २२, २०१४, अन्तिम पहुँच मे २, २०१५ [dead link]
  6. "ویکیشیا: درباره ویکیشیا", विकिसिया, मार्च २२, २०१५, अन्तिम पहुँच मे २, २०१५ [dead link]
  7. "دانشنامه اینترنتی ویکیشیا راه اندازی شد", अहुल बयात समाचार आयोग, जुन २३, २०१४, अन्तिम पहुँच मे २, २०१५ 
  8. "گزارش تصویری اولین جلسه پژوهشگران پروژه ویکیشیا", अहुल बयात समाचार आयोग (फारसीमा), मे २२, २०१३, अन्तिम पहुँच मे ३, २०१५ 
  9. "ویکیشیا: درباره ویکیشیا", विकिसिया, मार्च २२, २०१५, अन्तिम पहुँच मे २, २०१५ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

आधिकारिक वेबसाइट