विराटनगर जुट मिल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विराटनगर जुट मिल वि.सं. १९९३ मा स्थापित नेपालको पहिलो उद्योग हो। यो उद्योग स्थापना भएसँगै मोरङसुनसरी औद्योगिक करिडोरमा मात्रै होइन मुलुकका अन्य क्षेत्रमा समेत उद्योग स्थापनाको लहर चलेको थियो। चरम राजनीतिक हस्तक्षेप र विद्युतभार कटौतीका कारण जुट मिल पटक–पटक बन्द हुने र खुल्ने गरेको थियो। उद्योगको स्थापनासँगै नेपालमा औद्योगिक क्रान्ति सुरु भएको थियो। यो उद्योगबाट देशको राजनीतिक क्रान्ति पनि अगाडि बढेको हो। मजदुर हड्तालका नामबाट वि.सं. २००३ मा यही उद्योगबाट सुरु भएको क्रान्तिले राणा शासनको अन्त्य गरेको थियो।

इतिहास[सम्पादन गर्नुहोस्]

विराटनगर जुट मिल वि.सं. १९९३ मा स्थापित नेपालको पहिलो उत्पादन कारखाना थियो। विराटनगर जुट मिल वि.सं. २०४६ को दशकसम्म सरकारद्वारा सञ्चालित थियो।[१] वि.सं. २०५८ मा निजीकरणको नीतिका बेला यो कारखाना गोल्छा सङ्गठनको सहायक कम्पनी अरिहन्त मल्टी फाइबरलाई सुम्पिएको थियो तर, राजनीतिक हस्तक्षेप र श्रम समस्याका कारण कम्पनीले कारखाना सञ्चालन गर्न सकेन। फलस्वरूप, नेपाल सरकारले आफ्ना २,००० कर्मचारीहरूलाई ५५ करोड तिरेर कारखाना बन्द गर्ने निर्णय गरेको थियो।[२]

वि.सं २०६९ मा यो कारखाना कोलकातामा आधारित कम्पनी विनसोम इन्टरनेसनललाई सुम्पिएको थियो। तर फेरि, त्यो चाँडै बन्द भएको थियो। यो कारखाना वि.सं. २०७३ मा पुन: खोलिएको थियो तर प्रबन्धकीय समस्याका कारण यो फेरि बन्द भएको थियो।[३] निजी कम्पनीले कारखाना चलाउनुको साटो सरकारले रोक्का गरेको मिलको जग्गा बेच्ने प्रयास गरेको थियो। सर्वोच्च अदालतले निजी कम्पनीको पक्षमा फैसला गरेको थियो तर वास्तविक बिक्री भने हुन सकेन।[४]

यस कारखानाले वि.सं. २०७५ भदौ २६ फेरि जुटका बोराहरू उत्पादन गर्न थालेको थियो।[५]पछि यो कारखाना पुनः बन्द हुन पुगेको थियो।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Biratnagar Jute Mill applies for industry registration", अन्तिम पहुँच २०२०-११-०३ 
  2. "Biratnagar Jute Mill resumes operation", The Himalayan Times, २०१७-११-२७, अन्तिम पहुँच २०२०-११-०३ 
  3. "Biratnagar Jute Mill Now Can Sell its Properties", अन्तिम पहुँच २०२०-११-०३ 
  4. "नेपालकै जेठो उद्योग विराटनगर जुट मिल : जसलाई लोकतन्त्र फापेन !" (नेपाली) भाषा)। रातोपाटी। सङ्ग्रह मिति २८ जुलाई २०२२ 
  5. "Biratnagar Jute Mills restarts making sacks after a decade", अन्तिम पहुँच २०२०-११-०३ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]