"हिन्द महासागर" का संशोधनहरू बिचको अन्तर

Jump to navigation Jump to search
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
'''हिन्द महासागर''' संसारको तेस्रो सबैभन्दा ठूलो समुद्र हो , र यसले [[पृथ्वी]]को सतहमा उपलब्ध पानीको लगभग २०% भाग यसमा निहित रहेको छ । उत्तरमा यो भारतीय उपमहाद्वीप देखि, पश्चिममा पूर्व अफ्रिका, पूर्वमा हिन्दचीन, सुन्दा द्वीप समूह र [[अष्ट्रेलिया|अस्ट्रेलिया]], तथा दक्षिणमा [[आर्कटिक महासागर]]ले घेरिएको छ । विश्वमा यो मात्र एउटा महासागर हो जसको नाम कुनै देशको नाम अथवा, हिन्दुस्तान ([[भारत]])को नाममा रहेको छ ।
 
[[संस्कृत]]मा यसलाई ''रत्नाकर'' अथवा रत्न उत्पन्न कर्ता भन्दछन्, जबकि प्राचिन हिन्दू ग्रन्थहरुमा यसलाई ''हिन्दू महासागर'' भनिएको छ । वैश्विक रुपले परस्पर जोड़िएका समुद्रहरुका एक घटक हिन्द महासागर को, [[एटलान्टिक महासागर|आन्ध्र महासागर]] देखि २०° पूर्वी देशान्तर जो [[एगुलस अन्तरीप|केप एगुलस]] देखि गुज्रिन्छ, र [[प्रशान्त महासागर]]देखि १४६°५५' पूर्वी देशान्तर पृथक गर्दछ । हिन्द महासागरको उत्तरी सीमाको निर्धारण फारसको खाड़ीमा ३०° उत्तर अक्षांश द्वारा हुन्छ ।
 
अफ्रिका र अस्ट्रेलियाका दक्षिणी बिन्दुहरुमा यस महासागरको चौड़ाई करिब १०,००० किलोमिटर (६२०० माईल) छ र यसको क्षेत्रफल ७,३५,५६,००० वर्ग किलोमिटर (२,८४,००,००० वर्ग माईल) छ जसमा लाल सागर र फारसको खाड़ी समेत रहेको छ । सागरमा जलको कुल मात्रा २९,२१,३१,००० घन किलोमिटर (७,००,८६,००० घन माईल) हुने अनुमान छ । मेडागास्कर जो विश्वको चौथो सबैभन्दा ठूलो द्वीप हो यो यसै हिन्द महासागरमा स्थित रहेको छ । [[कोमोरोस]], [[सिचेल्स]], [[माल्दिभ्स]], [[मौरिसस|मरिशस]], [[श्रीलंका]] र [[इण्डोनेशिया]]को द्वीपसमूह जसले यस महासागरको पूर्वी सीमाको निर्धारण गर्दछन् यो यसै महासागरको क्षेत्र भित्र पर्दछन ।
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/385099" बाट अनुप्रेषित

पथप्रदर्शन विकल्प