वुदुम चन्पो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
वुदुम चन्पो (लङ्दरमा)

འུ་དུམ་བཙན་པོ།
४३औं तिब्बती सम्राट
शासनकालसन् ८४१ -८४२ सम्म (१ वर्ष)[१]
राज्याभिषेकसन् ८४१ (छब्बीस वर्ष को उमेरमा)
पूर्वाधिकारीठ्री रल्पचन अथवा ठ्रीचुग देचन्
उत्तराधिकारीङदाग वोद्स्रुङ
ठ्रीदे युम्चन
जन्मसन् ८१५
वोनजङदो
मृत्युसन् ८४२ (सताइस वर्षको उमेरमा)
जीवनसाथीनानाम्जा
छेपोङ्जा
सन्तानङदाग वोद्स्रुङ
ठ्रीदे युम्चन
नाम
वुदुम चन्पो (लङ्दरमा)
दरबारपोटाला दरबार
वंशपुग्यल
बाबुठ्रीदे स्रोङचन
आमाड्रोजा ल्हाग्यल माङ्पोजे
धर्मबौद्ध धर्म, बोन धर्म

वुदुम चन्पो वा लङ्दरमा (तिब्बती: འུ་དུམ་བཙན་པོའམ། གླང་དར་མ།) तिब्बती साम्राज्यको सवै भन्दा अन्तिम सम्राट थिए। कयौं तिब्बती इतिहासकारहरूले आफ्नो लेखमा वुदुम चन्पोलाई बौद्ध विरोधी मानिंदै लाङ्दरमा (हिम्मतहिन गोरु) नामले निन्दनीयरूपमा उल्लेख गरिएको छन् जुन उपनाम सन् ११९२ भन्दा पहिले लेखेको प्राचीन तिब्बती इतिहासमा पईन्दैनन्। सम्राट वुदुम चन्पोको जन्म तिब्बती संवत् काठ-भेडा साल अथवा भौतिक सन् ८१५ मा चालीसौं तिब्बती सम्राट पिता ठ्रीदे स्रोङचन र माता ड्रोजा ल्हाग्यल माङ्पोजेको पुत्रमा तिब्बतको वोनजङदो भन्ने स्थानमा जन्म भएको थियो। वुदुम चन्पो सम्राट ठ्री रल्पचन अथवा ठ्रीचुग देचनको भाइ थिए, सन् ८४१ मा आफ्नो दाई ठ्री रल्पचनको हत्या पश्चात् राज्यारोहण गरिएको थियो जुन समयमा प्रधानमन्त्रीको पदमा ड्रोठ्री सुम्जे तागनाङ र गृहमन्त्री वस्ग्याल तागनाङ तोरेलाई राखिए[२], तर राज्यारोहणको एक साल पछि अर्थात् सन् ८४२ मा ल्हालुङ पल्ग्यी दोर्जेबाट वुदुम चन्पोको हत्या भएपछि राजकुमार ङदाग वोद्स्रुङठ्रीदे युम्चन नमिलेको कारण तिब्बती साम्राज्यलाई दुई भागमा विभाजन गरी शासन चलाएको थियो। त्यसपछि सक्याको शासनकाल सम्म तिब्बतले एक खण्डित राज्यको रूप लिए।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. तिब्बती सम्राटको इतिहास (बोद चन्पोयी ग्यल-रब) पृष्ठ नं. ५१३.४ | भाषा: तिब्बती | लेखक: ड्रीगुङ क्यब्गोन छेछङ रिन्पोछे
  2. तिब्बती सम्राटको इतिहास (बोद चन्पोयी ग्यल-रब) पृष्ठ नं. ५१३.६-९ | भाषा: तिब्बती | लेखक: ड्रीगुङ क्यब्गोन छेछङ रिन्पोछे

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

ञठ्री चन्पोस्रोङ्चन गम्पोठ्रीस्रोङ देउचनठ्री रल्पचन • वुदुम चन्पो • पद्मसम्भवशान्तरक्षितञिङमाबौद्धनाथ