वेदान्तु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
वेदान्तु
व्यवसाय प्रकार
निजी
उद्योगअनलाइन शिक्षा
स्थापित२०११; १३ वर्ष अघि (२०११)
स्थापनाकर्ताहरूवम्सी कृष्ण, पुलकित जंन, सौरभ सक्सिना र आनन्द प्रकाश
केन्द्रीय कार्यालय
बेङ्गलोर, कर्नाटका
,
भारत
सेवा क्षेत्र
 भारत
वेबसाइटVedantu.com

वेदान्तु एक अन्तर्क्रियात्मक अनलाइन शिक्षण मञ्च हो जहाँ शिक्षकहरूले विद्यार्थीहरूलाई इन्टरनेट मार्फत विद्यालयका शिक्षण सम्बन्धित सामग्रीहरूको प्रदान गर्दछन् जसले वास्तविक समयमा आभासी शिक्षा वातावरणको प्रयोग गरी सेतोपाटी श्रव्य/श्रव्य दृश्य वातावरण, घरभित्र निर्मित प्रविधिको उपयोग गर्दछ। वेदान्तु शिक्षकहरूको लागि बजार नमूनामा सञ्चालित छ जहाँ विद्यार्थीहरू खोल्न गर्न, पत्ता लगाउन र उनीहरूको मनपर्ने अनलाइन शिक्षक मार्फत सिक्नको लागि छनौट गर्न सक्दछन्।[१][२][३] यसले मुख्य रूपमा भारत र मध्य पूर्वमा माध्यमिक शिक्षाको भारतीय प्रमाणपत्र, केन्द्रिय माध्यमिक शिक्षा बोर्डको पाठ्यक्रमका लागि ४ देखि १२ कक्षा सम्मका विद्यार्थीहरूलाई यी सेवाहरूको प्रदान गर्दछ। हाल कम्पनीको प्राथमिक व्यवसाय, विज्ञान (भौतिक विज्ञान, रसायन विज्ञान, जीवविज्ञान), अङ्ग्रेजी, गणित, हिन्दी, संस्कृत, जर्मनेली, फ्रान्सेली, वातावरणीय विज्ञान, शुसाङ्ख्य विज्ञान र सामाजिक विज्ञानको प्रत्यक्ष अनलाइन पठनपाठनमा आधारित छ।[४] यसले भारतीय प्रविधिको संयुक्त प्रवेश परीक्षा, राष्ट्रिय प्रतिभा खोज परीक्षा र समस्या समाधान निर्धारणको लागि परीक्षणका तयारी पाठ्यक्रमहरू पनि प्रदान गरिरहेको दाबी गरेको थियो।[५] यसको अतिरिक्त, यसले अन्तर्राष्ट्रिय गणित ओलम्पियाड र राष्ट्रिय विज्ञान ओलम्पियाडको लागि पाठ्यक्रमहरू पनि प्रदान गर्दछ। कम्पनीको प्रधान कार्यालय कर्नाटकामा रहेको छ। [६]

इतिहास[सम्पादन गर्नुहोस्]

सन् २०११ मा यसलाई बेङ्गलोरमा आधारित वेदान्तु ईन्नोभेसन प्राइभेट लिमिटेडले एक अनलाइन शिक्षण मञ्चको रूपमा प्रक्षेपण गरेको थियो[७] जसलाई अक्टोबर २०१४ मा सार्वजनिक रूपमा सुरू गरिएको थियो। कम्पनीको नाम वेदान्तु संस्कृत शब्द वेद-ज्ञान र तन्तु-सञ्जालबाट लिइएको मानिएको छ।[८]

यसलाई भारतीय प्रविधि संस्थानका चार साथीहरू वंशी कृष्ण (सह-संस्थापक, प्रमुख कार्यकारी अधिकृत), पुलकित जैन (सह-संस्थापक, प्रमुख उत्पादन), सौरभ सक्सेना (सह संस्थापक, प्रमुख शिक्षाविद्) र आनन्द प्रकाश (सह-संस्थापक) द्वारा सञ्चालन गरिएको थियो। [९][१०][११] लक्ष्य, एक परीक्षण तयारी शिक्षण कम्पनी पछिको यो तिनीहरूको दोस्रो उद्यम हो। लक्ष्यलाई सन् २०१२ मा एक सार्वजनिक सूचीबद्ध कम्पनी, एमटी एडुकेयरद्वारा सन् २०१२ मा अधिग्रहण गरिएको थियो।[१२][१३] सेप्टेम्बर २०१७, वेदान्तुले अन्तर्राष्ट्रिय छात्र लिगको दोस्रो संस्करणको आयोजना गर्ने घोषण गरिएको थियो। [१४]

कोष सङ्कलन/लगानी[सम्पादन गर्नुहोस्]

कम्पनीले ६ महिनाको वर्तमान परिचालन ढाँचा पछि आफ्नो पहिलो चरणको कोष उठाउन सफल भएको थियो। कम्पनीले कोष सङ्कलनको पहिलो चरणमा एक्सेल पार्टनर र टाइगर ग्लोबल म्यानेजमेण्टबाट ५० लाख अमेरिकी डलर सङ्कलन गरेको थियो।[१५][१६]

वेदान्तुले ट्याबलेट र मोबाइलका लागि विस्तार गर्न सकिने प्रविधिको साथ समाधान विकास गर्न कोषको उपयोग गर्ने योजना बनाएको थियो जसले सयौं प्रत्यक्ष सिक्ने सत्र एक साथ चलाउन सक्दछ।[१७]

सिलिकन उपत्यकाको लगानीकर्ता ओमिड्यार सञ्जालको नेतृत्वमा रहेको कोष सङ्कलनको दोस्रो चरणमा वेदन्तुले १ करोड १० लाख अमेरिकी डलर उठाएको थियो जसमा यसका विद्यमान लगानीकर्ता एक्सेल पार्टनर्सले पनि योगदान पुर्‍याएका थिए। [१८]

२९ अगष्ट, २०१९ मा, वेदान्तुले देशव्यापी रूपमा आफ्नो प्रभाव विस्तार गर्न कोष सङ्लनको तेस्रो चरणमा ४ करोड २० लाख अमेरिकी डलर उठाउन सफल भएको थियो। [१९]

पुरस्कार तथा मान्यताहरू[सम्पादन गर्नुहोस्]

१) फेब्रुअरी २०१६ मा, वेदान्तुलाई "शिक्षाको लागि प्रविधि विकास गर्ने सर्वश्रेष्ठ सङ्गठन" को लागि डिएनए अभिनव शिक्षा पुरस्कारको एक विजेताका रूपमा नामकरण गरिएको थियो। [२०] २) सन् २०१६ मा, वेदान्तुलाई एडु पुरस्कारको विजेता मध्ये एकको रूपमा नामित गरिको थियो।[२१]

२) सन् २०१६ मा सुत्र एचआरद्वारा हेर्नका लागि वेदान्तुलाई १०० सुरुवाती कम्पनीको रूपमा पुरस्कार प्रदान गरिएको थियो।

३) वेदान्तुलाई सन् २०१५ मा एलिट्स विश्व शिक्षा शिखर सम्मेलनद्वारा अनलाइन शिक्षा सुरुवाती वर्षको रूपमा पनि पुरस्कृत गरिएको थियो।[२२][२२]

४) सन् २०१५ मा, वेदान्तुलाई प्राक्सिस मिडियाले 'भारतमा, एकदमै होनहार र अभिनव प्रत्यक्ष अनलाइन शिक्षण मञ्चको पुरस्कार पनि प्रदान गरिएको थियो।[२३]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Jain, Samiksha (२०१५-०९-१०), "IIT alumni e-learning venture Vedantu eyes 300% growth in coming years" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-१०-०५ 
  2. बाबु, अनिता (७ मे २०१५), "Vedantu raises $5 mn from Accel Partners, Tiger Global", बिजनेस स्ट्यान्डर्ड भारत, अन्तिम पहुँच ५ अक्टोबर २०१७ – बिजनेस स्ट्यान्डर्डद्वारा। 
  3. "Why edtech startups will be the next to top the class - Gadgets Now", ग्याजेट नाउ, २०१५-०८-०७, अन्तिम पहुँच ५ अक्टोबर २०१७ 
  4. "List of tutors for different subjects at Vedantu" 
  5. www.ETtech.com, "Vedantu raises $5 million funding from Accel Partners & Tiger Global - ETtech", ETtech.com, अन्तिम पहुँच ५ अक्टोबर २०१७ 
  6. "List of Olympiad courses at Vedantu" 
  7. "Vedantu - crunchbase", क्रञ्च बेस, अन्तिम पहुँच ५ अक्टोबर २०१७ 
  8. नन्दी, कथाकाली (२०१५-०९-०६), "Choose your teacher on this online portal", द हिन्दु (भारतीय अङ्ग्रेजीमा), आइएसएसएन 0971-751X, अन्तिम पहुँच २०१७-१०-०५ 
  9. Poovanna, Sharan (२०१५-१०-१४), "An online platform that makes education more personalized", livemint.com/, अन्तिम पहुँच २०१७-१०-०५ 
  10. Babu, Anita (२०१५-०५-०७), "Vedantu raises $5 mn from Accel Partners, Tiger Global", Business Standard India, अन्तिम पहुँच २०१७-१०-०५ 
  11. "Tech in Asia - Connecting Asia's startup ecosystem", टेक इन एसिया, अन्तिम पहुँच ५ अक्टोबर २०१७ 
  12. "For IIT aspirants, coaching by IITians is at hand - Livemint", लाइभ मिन्ट, अन्तिम पहुँच ५ अक्टोबर २०१७ 
  13. "MT Educare Stock Price, Share Price, Live BSE/NSE, MT Educare Bids Offers. Buy/Sell MT Educare news & tips, & F&O Quotes", मनि कन्ट्रोल, अन्तिम पहुँच ५ अक्टोबर २०१७ 
  14. "Vedantu to host second edition of International Student League in November 2017", द ईएजुकेसन पोष्ट (अमेरिकी अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-१०-०५ 
  15. सु, क्याटरिन, "Indian Online Tutoring Platform Vedantu Nabs $5M From Accel And Tiger Global", टेक क्रञ्च (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-१०-०५ 
  16. "Micromax to invest $400 m to pick up stake in 20 start-ups", द हिन्दू, ८ मे २०१५, अन्तिम पहुँच ५ अक्टोबर २०१७ – द हिन्दुद्वारा। 
  17. एम्बर, आस्ना (७ मे २०१५), "Tiger Global enters invests in Vedantu", लाइभ मिन्ट, अन्तिम पहुँच ५ अक्टोबर २०१७ 
  18. "Omidyar leads $11 million funding in live tutoring platform Vedantu", लाइभ मिन्ट, अन्तिम पहुँच २८ डिसेम्बर २०१८ 
  19. "India’s Vedantu raises $42M to expand its live and interactive online tutoring platform", टेक क्रञ्च (अमेरिकी अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०८-२९ [dead link]
  20. ":: DNA INNOVATIV B-SCHOOL AWARDS", www.bschoolaffaire.com, अन्तिम पहुँच २०१६-१०-०७  वेब्याक मेसिन अभिलेखिकरण २०१६-१०-०९ मिति
  21. "This startup is an Ed-tech initiative facilitating live Online Tutoring- Vedantu - KnowStartup", नो स्टारअप (अङ्ग्रेजीमा), २०१६-०३-०२, अन्तिम पहुँच २०१६-१०-०७ 
  22. २२.० २२.१ "Vedantu Innovations - Vedantu Innovations Pvt. Ltd. - World Education Summit 2015", वर्ल्ड रएजुकेसन समिट २०१५ (अङ्ग्रेजीमा), २०१५-०८-०७, अन्तिम पहुँच २०१६-१०-०७ 
  23. "Praxis Media declares National Education Achievers, 2015", एजुकेसन वर्ल्ड डटइन, अन्तिम पहुँच २०१६-१०-०७  वेब्याक मेसिन अभिलेखिकरण २०१६-१०-०९ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]