शङ्करदेव क्याम्पस
स्वरूप
उपनाम | शंकरदेव |
---|---|
पूर्व नाम | नेपाल नेसनल कलेज |
प्रकार | व्यवस्थापन कलेज |
स्थापना | वि.सं. २००८ १९५२ |
संस्थापक | शंकरदेव पन्त |
सम्बन्धन | त्रिभुवन विश्वविद्यालय[१] |
क्याम्पस प्रमुख | Asso. Prof. कृष्ण प्रसाद आचार्य |
प्रशासनिक कर्मचारी | ७५ |
स्थान | , , |
वेबसाइट | आधिकारिक वेबसाइट |
शंकरदेव क्याम्पसको स्थापना वि.सं. २००८ मा भएको हो । सुरुवातमा यस क्याम्पसको नाम नेपाल नेसनल कलेज थियो। त्यसबेला यो कलेज अस्थायी रूपमा दरबार हाई स्कुलमा र त्यसपछि त्रिचन्द्र कलेजमा चलाइएको थियो। वि.सं. २०३० साल साउन १ मा नेपाल नेशनल कलेजको नाम परिवर्तन भएर शंकरदेव क्याम्पस बनाइयो । यस क्याम्पसका लागि शिक्षा क्षेत्रका दधिची शिक्षाविद् शंकरदेव पन्तको योगदान उल्लेखनीय छ। यस कलेजलाई सार्न जग्गा र दुई वटा पुरानो भवन उनले नै बनाइदिएका थिए । त्यसैले यस क्याम्पसको नाम शंकरदेव क्याम्पस रहन गएको हो।
सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ "Constituent Campuses", Tribhuvan University, अन्तिम पहुँच फेब्रुअरी ९, २०१९। वेब्याक मेसिन अभिलेखिकरण जुन ६, २०१९ मिति