शिरबन्दी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

शिरबन्दी नेपाली गहना हो । यो सौभाग्यवती नारीले सिउँदोबाट लर्के गरी शिरमा लगाउने, सुनको फित्ता जस्तो, तीन लहरा परेको र टुप्पोमा झुप्पो भएको गहना हो । यो निकै आकर्षक हुन्छ । यो गहना राम्रो साइतको कार्यहरूमा लगाउने गरिन्छ । बाहुन, क्षेत्री, मगर, गुरुङ, नेवार, राई, लिम्बू आदि जातिमा शिरबन्दी गहना प्रचलित छ ।

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]