शिव प्रकाश

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

शिव प्रकाश (२०२१-) नेपाली साहित्यकार हुन्। उनी अमेरिकाको म्यासेचुसेट्स राज्यको बोस्टनमा बस्छन्।

जीवनी[सम्पादन गर्नुहोस्]

उनको जन्म पिता हरिप्रसाद पौड्याल र माता चन्द्रमायादेवी पौड्यालका तेस्रा पुत्रका रूपमा मोरङ जिल्लाको हरैंचामा भएको हो। उनले हरैंचाको पचामस्थित जनता माद्यमिक विद्यालय पढेका हुन्। काठमाडौंको शंकरदेव कलेजका विद्यार्थी शिव विस्तारै पत्रकारिता र साहित्यमा लागेका हुन्। उनको जन्म २०२१ सालमा भएको हो। उनका दुर्इ दाजु, एक भाई, एक दिदी र दुर्इ बहिनी छन्। उनको विवाह २०४७ सालमा कल्पना (ज्योत्सना) मिश्रसँग भएको हो। छोराको नाउँ सौरभ पौड्याल हो।

स्नातक तह पूरा गरेका शिव मूलतः कथा, कविता, हास्यव्यङ्ग्य कविता, गीत, गजल लगायत विभिन्न पत्रपत्रिकामा समसामयिक विषयमा लेख लेख्छन्। उनका प्रकाशित कृतिहरू यसप्रकार छन्-
१. जय नेताजी (हास्यव्यङ्ग्य कविता-सङ्ग्रह)
२. गोलमाल (हास्यव्यङ्ग्य कविता-सङ्ग्रह)
३. खेलकूद ज्ञानमञ्च (जानकारीमूलक सङ्ग्रह/सहलेखन)
४. स्पन्दन (गीति-एलबम)
५. जैमली (कथा-सङ्ग्रह)
६. घागी (कथा-सङ्ग्रह)

श्री चन्द्र-हरि प्रतिष्ठान(हरिप्रसाद पौड्याल स्मृति प्रतिष्ठान)[सम्पादन गर्नुहोस्]

उनले २०६६ सालमा पिताका नाममा हरिप्रसाद पौड्याल स्मृति प्रतिष्ठान स्थापना गरेका छन्। वि. सं. २०६९ सालमा सो प्रतिष्ठानको पुनर्नामाकरण भयो र माता तथा पिताका नाउँमा श्री चन्द्र-हरि प्रतिष्ठान बनाइयो। प्रतिष्ठान स्थापना भएकै वर्ष दुई पुरस्कार स्थापना गरेको घोषणा कार्तिक १९मा गरे। उक्त प्रतिष्ठानले वर्षेनि जैमली साहित्य पुरस्कारजैमली डायस्पोरा साहित्य पुरस्कार प्रदान गर्छ। जैमली साहित्य पुरस्कार जुनसुकै क्षेत्रमा रहेर जुनसुकै विधामा लेखिएको एक कृतिलाई प्रदान गरिन्छ। जैमली डायस्पोरा साहित्य पुरस्कार डायस्पोरामा रहेर कृति प्रकाशित गर्ने नेपाली स्रष्टाका कृतिलाई प्रदान गरिन्छ।

हरिप्रसाद पौड्याल स्मृति प्रतिष्ठानका संस्थापक शिव प्रकाशले स्वर्गीय पिताका नाउँमा शिक्षा क्षेत्रमा पनि योगदान गरेका छन्। मोरङको हरैंचा पचाम स्थित श्री जनता उच्चमा विमा शिक्षा कोश स्थापना गरेका छन्। उक्त कोशले वार्षिक रूपमा कम्तिमा दुर्इ विद्यार्थीलाई (एक छात्रा, एक छात्रा) सन् २००८ देखि छात्रवृत्ती प्रदान गर्दै आएको छ।

संलग्नता[सम्पादन गर्नुहोस्]

१) अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, आजीवन सदस्य।

२) हिमालयन लायन्स क्लब अफ न्यु इङ्ल्यान्ड, पूर्व अध्यक्ष।

३) अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, अनेसास म्यासेचुसेट्स च्याप्टर, पूर्व महासचिव।

४) प्रथम अन्तर्राष्ट्रय नेपाली साहित्य सम्मेलन, २००८ न्यु योर्क, महासचिव।

५) ग्रेटर बोष्टन नेपाली समाज, केही समय सदस्य।

६) श्री रिद्दीसिद्दी सहकारी संस्था धुलाबारी झापा, आजीवन सदस्य।

७) नेपाली जनसम्पर्क समिति अमेरिका, पूर्व प्रवक्ता।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]