शेख अबुलकलाम आजाद

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शेख अबुलकलाम आजाद
प्रदेश सभाको सदस्य
पद बहाली
१० डिसेम्बर २०१७
गाविस अध्यक्ष गम्हरिया, रौतहट
कार्यकाल
१९९७–२०१७
पूर्वाधिकारीशेख तबारक
व्यक्तिगत विवरण
जन्मगम्हरिया, रौतहट, नेपाल
राजनीतिक दलस्वतन्त्र राजनीतिज्ञ

शेख अबुलकलाम आजाद (प्रसिद्ध नाम: फूल बाबु) नेपाली राजनीतिज्ञ, समाज सेवी, रौतहट प्रदेश सभा निर्वाचन क्षेत्र ४ (ख) को सदस्य[१] तथा पूर्व गाविस अध्यक्ष हुन् ।

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

शेख अबुलकलाम आजादको जन्म रौतहटको गम्हरियामा भएको हो ।

स्थानीय निर्वाचन, २०५४[सम्पादन गर्नुहोस्]

शेख अबुलकलाम आजादले वि.स. २०५४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा[२] रौतहट गाविस गम्हरियाबाट अध्यक्ष पद मा चुनाव जितेका थिए । उनले नेकपा एमालेका शेख दाउदलाई हराएका थिए ।

स्थानीय तह निर्वाचन, २०७४[सम्पादन गर्नुहोस्]

शेख अबुलकलाम आजादले वि.स. २०७४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा रौतहट गढीमाई नगरपालिकाबाट मेयर पद मा नेपाली कांग्रेसका श्याम यादव सँग झिनो मत ले पराजित भएका थिए । [३]

प्रदेशसभा निर्वाचन, २०७४[सम्पादन गर्नुहोस्]

शेख अबुलकलाम आजादले वि.स. २०७४ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा रौतहट प्रदेशसभा निर्वाचन क्षेत्र ४ (ख)बाट स्वतन्त्र राजनीतिज्ञको रूपमा चुनाव जितेका छन् । उनले नेकपा एमालेका नागेन्द्र यादवलाई ४,३५६ मतअन्तरले हराएका थिए ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]