श्रेणी:बैतडी जिल्लाका धार्मिक स्थलहरू
शिवनाथ मन्दिर - दासी भट्ट भारतको पिथौडागड जिल्लामा अवस्थित विसाड गाँउका विश्वामित्र गोत्र भृगु वंशिय तथा शुक्ल यजुरवेदी हुन । दासी भट्ट इष्ट इन्डिया कम्पनि र ब्रिटेनको विच युद्ध भएका वेला भारतको अलमोडा राज्यमा त्यँहाका शाशकका प्रमुख मन्त्री थिए । युद्धका बेला अङ्ग्रेजहरु सङ्ग पराजय भोगेपछि शासक सहित दासी भट्टले अलमोडा छोड्नु पर्यो। अलमोडाबाट दासी भट्ट भागेर कुमाउ पुगे। कुमाउमा जब राति भयो उँहा त्यहि बाँस बस्नु भयो। उँहालाई राति एक अनौठो सपनामा भयो। सपनामा उँहाले नेपाल कालिवार एक डाँडामा दुइ वटा सुर्य उदाएको दृश्य देख्यो। आफुलाई खतरा भएकोले उँहा कालि नदि तरेर नेपाल प्रवेश गर्नु भयो। नेपालको जुन ठाँउमा कुमाउँबाट सपना भएको देखिएको थियो सोहि ठाँउमा पुगेर बाँस बसे। विहानको मसिनो मिठो घाँम सङ्गै उहाँलाई जुन सपना भारतको कुमाउँमा भएको थियो सोहि सपना भयो। सपनाबाट विउँझिदा साक्षात दुइ वटा सुर्य उदाएको भटियो। दासी भट्ट साचै अचम्मित हुन पुगे। सोहि दिन केहि समय पछि भरौटा क्षेत्रमा धनाडिकी धर्मपत्नि घाँस काट्न आउँदा शिव लिङ्ग भेटाउनु भयो। जव ति धनाडिकी धर्मपत्निको दासी भट्ट सित भेट भयो सो कुरा उनले दासी भट्टलाई भन्नु भयो। त्यसपछि दासी भट्ट धनाडी गाउँमा गइ त्यहाँबाट धनजन बोकि भरोटामा मन्दिर बनाउन प्रस्ताव गरे। शिवलिङ्ग छोपछाप गरेर मन्दिर बनाउने तयारीमा लागे। दासी भट्टले मन्दिर बनाउन कालिगण पनि अलमोडा बाट झिकाए। मन्दिरमा मासको गारो प्रयोग गरियो तर पछि कालिगणहरु मासको गारोलाई आगोमा पोलेर खान थालेपछि मासको गारोमा रिठा मिसाउन थालियो। कालिगणहरुले मासको गारो खादा विस मिसाएको अनुभुति भयो तब डरले रातोरात मन्दिर निर्माणको काम छोडेर त्यहाँ बाट भागे। राति त्यहाँ बाट भाग्दा सैलोडामा गोबजोसी मन्दिर रहेको क्षेत्रमा रातभर सबै कामदार मिलि न्वालो निर्माण गरे । हाल पनि सो न्वोलो त्यहि ठाँउमा अवस्थित छ।
"बैतडी जिल्लाका धार्मिक स्थलहरू" श्रेणीमा रहेका पृष्ठहरू
जम्मा २ मध्ये यस श्रेणीमा निम्न २ पृष्ठहरू छन्। यस सूचीमा भर्खरका परिवर्तनहरू प्रतिबिम्बित नहुन सक्छन्।