संयुक्त राष्ट्र विकास कार्यक्रम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
संयुक्त राष्ट्र विकास कार्यक्रम
सङ्क्षिप्त नामयुएनडिपी
गठन२२ नोभेम्बर १९६५
प्रकारकार्यक्रम
कानुनी वैद्यतासक्रिय
प्रधान कार्यालयन्युयोर्क सहर
प्रमुख
आचिम स्टिनर[१]
मूल सङ्गठनहरू
संयुक्त राष्ट्र आर्थिक एवम् सामाजिक परिषद्[२]
वेबसाइटUNDP.org

संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडिपी),[note १] संयुक्त राष्ट्रसङ्घको एक निकाय हो जसले देशहरूलाई गरिबी उन्मूलन गर्न र दिगो आर्थिक वृद्धि र मानव विकास हासिल गर्न मद्दत गर्ने काम गर्दछ। संयुक्त राष्ट्र विकास कार्यक्रमले दीर्घकालीन आत्मनिर्भरता र समृद्धिका लागि स्थानीय क्षमताको विकासमा जोड दिएको छ।[३]

न्युयोर्क सहरमा संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आधारित, यो संयुक्त राष्ट्र सङ्घको सबैभन्दा ठूलो विकास सहायता निकाय हो, जसको कार्यालयहरू १७७ देशहरूमा छन्।[३][४][५] यसलाई संयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूको स्वैच्छिक योगदानद्वारा पूर्ण रूपमा वित्तपोषित गरिन्छ।[५]

स्थापना[सम्पादन गर्नुहोस्]

सन् १९५८ नोभेम्बर २२ मा विस्तारित प्राविधिक सहायता कार्यक्रम (इपिटिए) र विशेष कोषलाई गाभेर यसको स्थापना गरिएको थियो।[६] यसको कारण तिनीहरूका गतिविधिहरूको नक्कलबाट बच्नु थियो। सन् १९४९ मा अल्पविकसित मुलुकहरूको आर्थिक र राजनीतिक पक्षलाई सहयोग पुर्‍याउने उद्देश्यले प्राविधिक सहायता कार्यक्रमको स्थापना गरिएको थियो भने विशेष कोषको स्थापना संयुक्त राष्ट्रसङ्घको प्राविधिक सहयोगको दायरा बढाउनका लागि गरिएको थियो। आर्थिक विकासका लागि विशेष संयुक्त राष्ट्रसङ्घीय कोष (सनफेड) (जसलाई सुरुमा संयुक्त राष्ट्रसङ्घीय आर्थिक विकास कोष (युएनएफइडी) भनिन्थ्यो)को विचारबाट विशेष कोषको उत्पत्ति भएको थियो।[७]

नर्दिय देशहरू जस्ता देशहरू संयुक्त राष्ट्र सङ्घ नियन्त्रित कोषका समर्थकहरू थिए। तथापि, कोषको अन्य विकसित देशहरू, विशेष गरी संयुक्त राज्य अमेरिकाद्वारा विरोध गरिएको थियो, जसका कारण तेस्रो विश्वले यस्तो कोषमाथि प्रभुत्व जमाउने डर थियो र यसलाई विश्व बैंकको तत्वावधानमा राखिएको थियो। आर्थिक विकासका लागि संयुक्त राष्ट्रसङ्घको विशेष कोष (सनफेड)को अवधारणालाई हटाएर विशेष कोष बनाइएको थियो। यो विशेष कोष सनफेड अवधारणामा एक सम्झौता थियो। यसले लगानी पूँजी प्रदान नगरिकन, केवल निजी लगानीको लागि पूर्व-सर्तहरू ल्याउन मद्दत गरेको थियो।

अमेरिकाले विश्व बैंकको छत्रछायाँमा अन्तर्राष्ट्रिय विकास सङ्घको प्रस्ताव र स्थापना गरेपछि इपिटीए र विशेष कोषले पनि यस्तै काम गरिरहेको देखिन्छ। सन् १९६२ मा संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद्ले महासचिवलाई संयुक्त राष्ट्रसङ्घको प्राविधिक सहायता कार्यक्रमहरू गाभ्नुका फाइदा र बेफाइदाहरू बारे विचार गर्न आग्रह गरेको थियो र सन् १९६६ मा इपिटिए र विशेष कोषलाई गाभेर युएनडिपी गठन गरिएको थियो।[८][९][१०]

टिप्पणी[सम्पादन गर्नुहोस्]

  1. फ्रान्सेली: Programme des Nations unies pour le développement, PNUD

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "UNDP Executive Board welcomes appointment of Achim Steiner as new Administrator" (प्रेस विज्ञप्ति), १९ अप्रिल २०१७, मूलबाट २४ अप्रिल २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ अप्रिल २०१७  वेब्याक मेसिन अभिलेखिकरण २४ अप्रिल २०१७ मिति
  2. Background Guide;: Executive board of the United Nations Development Programme (UNDP), UN-USA, मूलबाट १४ जुन २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ डिसेम्बर २००७  वेब्याक मेसिन अभिलेखिकरण १४ जुन २००७ मिति (इन्टरनेट आर्काइभबाट)
  3. ३.० ३.१ "United Nations Development Programme | international program", Encyclopedia Britannica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-१०-०७ 
  4. "FAQs", United Nations Development Programme (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-१०-०७ 
  5. ५.० ५.१ "The Biography of Kemal Dervis", मूलबाट २४ सेप्टेम्बर २०११-मा सङ्ग्रहित। 
  6. Consolidation of the Special Fund and the Expanded Programme of Technical Assistance in a United Nations Development Programme GA Res 2029, XX (1965)
  7. Stokke, O., 2009, The UN and Development: From Aid to Cooperation, Bloomington and Indianapolis: Indiana University Press, especially Chapter 3
  8. Stokke, O., 2009, The UN and Development: From Aid to Cooperation, Bloomington and Indianapolis: Indiana University Press, p.82
  9. Murphy, C.N. 2006, The United Nations Development Programme: A Better Way? Cambridge: Cambridge University Press, pp.51–66
  10. Jolly, R., Emmerij. L. And Ghai, D., 2004, UN Contributions to Development Thinking and Practice, Bloomington and Indianapolis: Indiana University Press pp.73-84

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]