सामग्रीमा जानुहोस्

संयुक्त राष्ट्र सङ्घ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(संयुक्त राष्ट्रसङ्घबाट अनुप्रेषित)
संयुक्त राष्ट्रसङ्घ
  • Arabic:منظمة الأمم المتحدة
    Chinese:联合国组织
    French:Organisation des Nations unies
    Russian:Организация Объединённых Наций
    Spanish:Organización de las Naciones Unidas
केन्द्रिय कार्यालयन्यु योर्क सहर (अन्तर्राष्ट्रिय भूभाग)
आधिकारिक भाषाहरू
किसिमअन्तर्राष्ट्रिय सरकारी सङ्गठन
सदस्यता१९३ सदस्य राष्ट्र
२ पर्यवेक्षक राष्ट्रहरू
नेताहरू
एन्टोनियो गुटेरेस
अमिना जे मोहम्मद
तिजानी मुहम्मद-बन्दे
मोना जुल
केली क्राफ्ट
स्थापना
 वडापत्र हस्ताक्षर
२६ जुन १९४५ (८० वर्ष पहिले) (१९४५-०६-26)
 वडापत्र मञ्जुर
२४ अक्टोबर १९४५ (८० वर्ष पहिले) (१९४५-१०-24)
वेबसाइट
UN.org
UN.int

संयुक्त राष्ट्र सङ्घ एक अन्तराष्ट्रिय संस्था हो। यसको स्थापना २४ अक्टोबर १९४५ मा भएको हो। यसमा हाल १९३ राष्ट्रहरू सदस्य छन्, जसमा संसारका सबैजसो देशहरू पर्छ। सबै सदस्य राष्ट्रहरूलाई अन्तर्राष्ट्रिय कानुन, अन्तर्राष्ट्रिय सुरक्षा, आर्थिक विकास र सामाजिक निष्पक्षतामा आपसी सहयोग मिलोस भन्ने उद्देश्य साथ संयुक्त राष्ट्र सङ्घको स्थापना भएको हो। मुलत: अन्तर्राष्ट्रिय सङ्घर्षमा हस्तक्षेप गर्ने सहज होस भनि दोस्रो विश्वयु्द्धको विजयी राष्ट्रहरू मिलेर यसको स्थापना भएको हो। तिनको सोचाईमा दोस्रो विश्वयु्द्धमा भोगिएको विध्वसं संसारले फेरी भोग्नु नपरोस भन्ने थियो।

संयुक्त राष्ट्र सङ्घको औपचारिक कामकाजमा अङ्ग्रेजी, चिनियाँ, फ्रान्सेली, रुसी, स्पेनी(स्पेनिश) र अरबी भाषाको प्रयोग हुन्छ।

संयुक्त राष्ट्रका सदस्य राष्ट्रहरू

संयुक्त राष्ट्रमा ६ प्रमुख अङ्गहरू छन्। ती हुन् -

उद्देश्यहरू

[सम्पादन गर्नुहोस्]
  • अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम राख्ने।
  • जनताको समान अधिकार र आत्मनिर्णयको सिद्धान्तको सम्मानको आधारमा राष्ट्रहरूबीच मैत्रीपूर्ण सम्बन्धको विकास गर्ने।
  • आर्थिक, सामाजिक, सांस्कृतिक वा विश्वकल्याणकारी प्रकृतिका अन्तराष्ट्रिय समस्याहरूको समाधान गर्नमा तथा जाति, लिङ्ग, भाषा वा धर्मसम्बन्धी भेदभाव नराखी सबैका लागि मानवअधिकारहरू एवं मौलिक स्वतन्त्रताहरूप्रतिको सम्मानलाई बढावा दिनमा र प्रोत्साहित पार्नमा सहयोग प्राप्त गर्ने।
  • यी उद्देश्यहरू प्राप्त गर्न सदस्य राष्ट्रहरूको काम कार्यबाहीमा सामञ्जस्यता ल्याउन संयुक्त राष्ट्रसङ्घलाई केन्द्र बनाउने।

आधारभूत सिद्धान्तहरू

[सम्पादन गर्नुहोस्]
  • सबै सदस्य राष्ट्रहरू सार्वभौमिक सत्तासम्पन्न र समान हुन्।
  • बडापत्रअन्तर्गत आफ्ना दायित्वहरू पालन गर्न सबै प्रणबद्ध छन्।
  • आफ्ना अन्तराष्ट्रिय कलहहरू शान्तिपूर्ण साधनहरूद्वारा र अन्तराष्ट्रिय शान्तिसुरक्षा एवं न्यायनिसाफ खतरामा नपर्ने तरवले तय गर्ने प्रणबद्ध छन्।
  • अन्तराष्ट्रिय सम्बन्धहरूको सन्दर्भमा कुनै पनि सदस्य राष्ट्रले अरू राष्ट्रको प्रदेश तथा राजनीतिक स्वतन्त्रताको विरूद्ध शक्तिको प्रयोग वा धम्की दिने छैन।
  • बडापत्र अनुसार संयुक्त राष्ट्रसङ्घले कुनै कारबाही गरेको बखत यसलाई हरसंभव साहयता दिन र शान्तिको संरक्षण वा पुनर्स्थापना गर्न संयुक्त राष्ट्रसङ्घले कुनै राष्ट्रको विरुद्ध कारबाही गरिरहँदा त्यस राष्ट्रको सहायता नगर्न पनि सबै प्रणबद्ध छन्।
  • जहाँसम्म शान्ति र सुरक्षा बनाइराख्नको निमित्त आवश्यक छ सदस्य नभएका मुलुकहरूले पनि बडापत्रका सिद्धान्त अनुरूप व्यवहार गर्ने छन् भन्ने सुनिश्चित बनाउन सङ्घले प्रबन्ध गर्नेछ।

स्थायी सदस्य राष्ट्रहरू

[सम्पादन गर्नुहोस्]

संयुक्त राष्ट्रसङ्घका महासचिवहरू

[सम्पादन गर्नुहोस्]
संयुक्त राष्ट्रसङ्घका महासचिवहरू[]
No.नामदेशपद सम्भालेको मितिपद छोडेको मितिटिप्पणी
1ट्रिग्भे ली नर्वे२ फेब्रुअरी १९४६१० नोभेम्बर १९५२राजिनामा; पहिलो महासचिव स्केन्डिनेभिया
2ड्याग ह्यामरसोल्ड स्विडेन१० अप्रेल १९५३१८ सेप्टेम्बर १९६१मृत्यु (पदमा रहँदा)
3यु थाँट बर्मा३० नोभेम्बर १९६११ जनवरी १९७२एसियाबाट प्रथम महासचिव
4कर्ट वॉल्डहाइम अस्ट्रिया१ जनवरी १९७२१ जनवरी १९८२
5जेवियर पेरिज डी कुईलर पेरु१ जनवरी १९८२१ जनवरी १९९२अमेरिकाबाट प्रथम महासचिव
6बुत्रोस बुत्रोस-घाली मिश्र१ जनवरी १९९२१ जनवरी १९९७अफ्रिकाबाट प्रथम महासचिव
7 कोफी अन्नान घाना१ जनवरी १९९७१ जनवरी २००७
8वान कि मुन दक्षिण कोरिया१ जनवरी २००७२०१६ डिसेम्बर ३१
9. एन्टोनियो गुट्रेस  पोर्चुगल १ जनवरी २०१७ बहालवाला

सङ्घका स्वतन्त्र संस्थाहरू

[सम्पादन गर्नुहोस्]

संयुक्त राष्ट्र सङ्घका धेरै कार्यक्रम र एजेन्सीहरूको अतिरिक्त १४ स्वतन्त्र संस्थाहरूसित यसको व्यवस्था गठित हुन्छ। स्वतन्त्र संस्थाहरूमा विश्व बैङ्क, अन्तराष्ट्रिय मुद्रा कोषविश्व स्वास्थ्य सङ्गठन शामिल छन्। यी संस्थाहरूको संयुक्त राष्ट्र सङ्घसित साथ सहयोग समझौता छ। संयुक्त राष्ट्र सङ्घका आफ्ना केही प्रमुख संस्थाहरू र कार्यक्रम छन्। [] यो यसप्रकार छ:

संयुक्त राष्ट्र सङ्घको प्रधान अङ्गहरू []
संयुक्त राष्ट्र महासभा
  सम्पूर्ण राष्ट्र सङ्घ सदस्यको बिचार संसद  
सचिवालय
 संयुक्त राष्ट्रको प्रशासनिक अङ्ग 
अन्तर्राष्ट्रिय न्यायालय
 अन्तर्राष्ट्रिय कानुनको सर्वव्यापी न्यायलय 
UN General Assembly hall
Headquarters of the UN in New York City
International Court of Justice
  • राज्यको गैर अनिवार्य सिफारिस समाधान गर्नुका साथै सुरक्षा परिषदलाई सल्लाह सुझाव दिन सक्दछ;
  • सुरक्षा परिषदद्वारा सङ्घमा नयाँ राष्ट्रको प्रवेश सिफारिसलाई फैसला गर्न सक्दछ;
  • बजेट माथि छलफल गर्न;
  • सुरक्षा परिषदको अस्थाई सदस्य छान्न ।
  • संयुक्त राष्ट्र सङ्घको बर्तमान ढाँचालाई सहयोग गर्नु;
  • सङ्घको अध्यक्ष राष्ट्र सङ्घको महासचिव – महासभाबाट ५ बर्षको लागि छानिएको हुन्छ जुन यस सङ्गठनको प्रमुख व्यक्ति हुन्छ.
  • आफ्नो अधिकार क्षेत्र भित्र रहेर राज्य बीचको बिबाद समाधान गर्न;
  • उचित कानूनी सल्लाह दिनु;
  • बहुमतको आधारमा फैसला गरिन्छ. यहाँ रहने १५ जना न्यायधीश महासभाबाट छानिएर आएको हुन्छ जसको कार्यकाल ९ बर्षको हुन्छ ।
सुरक्षा परिषद
 अन्तर्राष्ट्रिय सुरक्षा मुद्दा व्यवस्थापनको लागि 
आर्थिक तथा सामाजिक परिषद्
 विश्व आर्थिक तथा सामाजिक मुद्दा हेर्नका लागि 
जिम्मा जमानी परिषद
 आधिकारिक क्षेत्र हेर्नका लागि (हाल निस्क्रिय) 
UN security council
UN Economic and Social Council
UN Trusteeship Council
  • अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षा सम्बन्धि मुद्दाको हल निकाल्न;
  • सुरक्षा परिषदको अनिवार्य प्रस्तावलाई मन्जुरी दिन सक्छ;
  • १५ सदस्य राष्ट्र रहने ब्यबस्था छ जस मध्ये ५ स्थायी सदस्य राष्ट्र (भेटो शक्ति प्रयोग गर्न सक्ने) तथा १० निर्वाचित सदस्य रहने ब्यबस्था रहेको छ ।
  • आर्थिक तथा सामाजिक मामिलामा राज्यलाई सहयोग गर्नु मुख्य काम हो;
  • ३ बर्षको लागि महासभाद्वारा ५४ सदस्यलाई यस परिषदमा काम गर्नका लागि पठाएको हुन्छ.
  • लिग अफ नेसनले गरेको जानदेशको आधारमा यो परिषदको मुख्य उद्देश्य उपनिवेशहरूको सिमा तथा सम्पति प्रबन्धन गर्नु रहेको थियो ;
  • सन् १९९४ देखि निस्क्रिय रहेको छ, जब पलाउले स्वतन्त्रता प्राप्त गर्यो ।

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. Official Languages अभिलेखिकरण १२ जुलाई २०१५ वेब्याक मेसिन, www.un.org. Retrieved 22 May 2015.
  2. Former Secretaries-General–United Nations.
  3. संयुक्त राष्ट्र - एक परिचय।बीबीसी-हिन्दी
  4. "UN Charter: Chapter III", United Nations, अन्तिम पहुँच २४ मार्च २००८

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

आधिकारिक वेबसाइट

अन्य