सत्यराज आचार्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सत्यराज आचार्य
सत्यराज आचार्य २०१३ डिसेम्बर
व्यक्तिगत विवरण
विधाआधुनिक, पप, प्लेब्याक
पेशागायक, अभिनेता
वाद्ययन्त्रनेपाली तथा पश्चिमी

सत्यराज आचार्य नेपाली गायक हुन् । उनका बुबा भक्तराज र भाइ स्वरूपराज पनि गायक हुन् । गीतकार तथा संगीतकार भक्तराज आचार्यका जेठा छोरा उनी नेपाली गीतसंगीतको दुनियामा सदा चर्चा बटुल्न सफल गायक समेत भएका छन्। दर्जनौ आधुनिक, पप, गजल तथा राष्ट्रिय गीत समेतमा उनले आफ्नो गायन प्रतिभा प्रस्तुत गरीसकेका छन्। नेपाली गीतसंगीत बाहेक उनले नेपाली चलचित्रमा पनि आफ्नो अभिनय प्रतिभा प्रस्तुत गरीसकेका छन्। आचार्य नामको चलचित्रवाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका उनले कर्कस नामको चलचित्रबाट उनले नेपाली चलचित्रमा दोस्रो पटक अभिनय गरेका हुन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]