सन्त निर्मला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सन्त निर्मला (मराठी: संत निर्मळा) भारतको महाराष्ट्रमा चौधौँ शताब्दीमा जन्मेकी कवयित्री थिइन् । चोखामेलाकी बहिनी भनी ख्याती प्राप्त गरेकी निर्मलालाई आफैँमा पनि अत्यन्तै कुशल लेखिका मानिन्थ्यो र सन्तको उपाधि दिइएको थियो ।[१] उनको विवाह अछुत महार जातिका सन्त बङ्कासँग भएको थियो ।[२] उनका अभङ्ग शैलीमा लेखिएका कृतिहरूमा उनले हिन्दु वर्ण व्यवस्थाको फलस्वरूप भोग्नुपरेका अन्याय तथा असमानताको वर्णन गरिएका छन् ।[३]

सांसारिक विवाह गरेको हुनाले पछुताएकी निर्मला पण्ढरपुरको मन्दिरमा ईश्वरको भक्तिमा रमाउँथिन् । उनका कवितामा उनको पति बङ्काको कुनै उल्लेख गरिएको छैन ।[४]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. खेर, बी.जी. (सन् १९७९), "Maharashtra Women Saints", in स्वामी गनानन्द; स्टुवर्ड-वलेस, जोन, Women Saints, East & West, हलिउड, क्यालिफोर्निया: वेदान्त, पृ: 61–62, आइएसबिएन 0874810361 
  2. जेलियट, एलेनोर (सन् २०००), "Sant Sahitya and its Effect on Dalit Movements", in कोसम्बी, मीरा, Intersections: Socio-cultural Trends in Maharashtra, नयाँ दिल्ली: ओरिएन्ट लङम्यान, पृ: १९०, आइएसबिएन 8125018786 
  3. घोकाले-टर्नर, जयश्री बी. (सन् १९८१), "Bakhti or Vidroha: Continuity and Change in Dalit Sahitya", in लेले, जयन्त, Tradition and modernity in Bhakti movements, लिडेन: ब्रिल, पृ: २९, आइएसबिएन 9004063706 
  4. जेलियट, एलेनोर (सन् २००८), "Chokhamela, His Family and the Marathi Tradition", in एक्टर, मिकाएल; डेलिएज, रोबर्ट, From Stigma to Assertion: Untouchability, Identity and Politics in Early and Modern India, कोपनहेगन: म्युजियम टुसुलेनम प्रेस, पृ: ७६–८६, आइएसबिएन 978-8763507752