सन्त बङ्का

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सन्त बङ्का (मराठी: संत बंका) वा सन्त वङ्का (मराठी: संत वंका) भारतको महाराष्ट्रमा चौधौँ शताब्दीमा जन्मेका कवि थिए ।[१][२] उनको विवाह चोखामेलाकी बहिनी सन्त निर्मलासँग भएको थियो । मेहेनपुरीमा जन्मेका बङ्का अछुत महार जातिका मानिस थिए ।[३] उनका अभङ्ग शैलीमा लेखिएका धेरैजसो कविताहरूमा उनले खुसी र शान्तिको भावनाका साथ विट्ठलको प्रशंसा गर्थे । विरलै उनी आफ्ना कवितामा आफ्नो जातिको कुरा निकाल्थे ।[४] यद्यपि, भक्ति कविका रूपमा उनले जाति तथा वर्ण व्यवस्थाको बारेमा लेखेका सबै कृति वर्तमान दलित साहित्यका लागि पनि अत्यन्तै महत्त्वपूर्ण मानिन्छ ।[२]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. जेलियट, एलेनोर (सन् १९७६), "A Historical Introduction to the Warakari Movement", in ह्यारिसन, टम, Living Through the Blitz, क्याम्ब्रिज विश्वविद्यालय प्रेस, पृ: ४०, आइएसबिएन 9780002160094 
  2. २.० २.१ घोकाले-टर्नर, जयश्री बी. (सन् १९८१), "Bakhti or Vidroha: Continuity and Change in Dalit Sahitya", in लेले, जयन्त, Tradition and modernity in Bhakti movements, लिडेन: ब्रिल, पृ: २९, आइएसबिएन 9004063706 
  3. जेलियट, एलेनोर (सन् २०००), "Sant Sahitya and its Effect on Dalit Movements", in कोसम्बी, मीरा, Intersections: Socio-cultural Trends in Maharashtra, नयाँ दिल्ली: ओरिएन्ट लङम्यान, पृ: १९०, आइएसबिएन 8125018786 
  4. जेलियट, एलेनर (सन् २००८), "Chokhamela, His Family and the Marathi Tradition", in एक्टर, मिकाएल; डेलिएज, रोबर्ट, From Stigma to Assertion: Untouchability, Identity and Politics in Early and Modern India, कोपनहेगन: म्युजियम टुसुलेनम प्रेस, पृ: ७६–८६, आइएसबिएन 978-8763507752