सातखीरा सदर उपजिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
सातखीरा सदर
সাতক্ষীরা সদর
—  उपजिल्ला  —
सातखीरा सदरको स्थान-बङ्गलादेशको नक्सामा
सातखीरा सदर
सातखीरा सदर
बाङ्लादेशको नक्शामा सातखीरा सदर उपजिल्लाको अवस्थिति
देश Flag of Bangladesh.svg बङ्गलादेश
विभाग खुलना विभाग
जिल्ला सातखीरा जिल्ला
क्षेत्रफल
 - जम्मा ४००.८२ किमी (१५४.८ वर्ग मी)
जनसङ्ख्या (सन् २०११)
 - जम्मा ४६०.८९२ [१][१]
समय क्षेत्र बङ्गलादेशी मानक समय (युटिसी+६)
वेबसाइट सातखीरा सदर उपजिल्लाको आधिकारिक नक्शा

सातखीरा सदर (बाङ्ला: সাতক্ষীরা সদর) बङ्गलादेशको सातखीरा जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला सिलेट विभाग अन्तर्गत पर्दछ।[२]

भूगोल[सम्पादन गर्ने]

सातखीरा सदर उपजिल्ला बङ्गलादेशको दक्षिण पूर्व भागमा पर्छ भने यो उपजिल्ला २२°३७' देखि २२°५०' उत्तर अक्षांश र ८८°५५' देखि ८९°१०' पूर्वी देशान्तरणमा अवस्थित छ। सातखीरा सदर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ४००.८२ वर्ग किलोमिटर अोगटेको छ। यस उपजिल्लालाई काहारोल उपजिल्लाले दक्षिण, देवहाटाआशाशुनी उपजिल्लाले दक्षिण, ताला उपजिल्लाले पूर्व र भारतको पश्चिम बङ्गाल राज्यले उपजिल्लाले पश्चिमबाट घेरेको छ। बेतना, इछामति, खोलपेटुया, नाअोखाली खाल, लावण्यबती आदि यस उपजिल्लाका नदी तथा नहरहरू हुन्।[३]

इतिहास[सम्पादन गर्ने]

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रुपमा शुरू भएको थियो भने २६ मार्च १९७१ का दिन स्वाधीन बाङ्ला छात्र सङ्ग्राम परिषद्ले पाकिस्तानी सेना विरुद्ध आवाज उठाउन शुरू गरेको थियो। १८ अप्रिका दिन बङ्गलादेशक‍ मुक्तिका लागि लडिरहेका लडाकुले पाकिस्तानी बैंक चोरी गर्दा बङ्गलादेश सरकारको लागि रिजर्भ बैंक अफ इण्डियामा जम्मा गरेका थिए। २० अप्रिलमा पाकिस्तानी सेनाले झउडाङ्गा देखि सातखीरा प्रवेश गर्दै सर्वसाधारणहरूको सामूहिक हत्या गरेका थिए। २१ अप्रिलमा पाकिस्तानी सेनाले सातखीरा सरकारी उच्च विद्यालयको आप्रवासको किल्ला र वरपरका क्षेत्रहरूका लगभग २०० भन्दा बढी सर्वसाधारणहरूको हत्या गरेका थिए। २९ अप्रिल १९७१ का दिन पाकिस्तानी सेना र बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकु बीच भोमराय भन्ने ठाउँमा प्रत्यक्ष गोली हानाहान भएको थियो जहाँ चार बङ्गलादेशी लडाकु सहित दर्जनौँ पाकिस्तानी सेनाको मृत्यु भएको थियो। १७ जुलाईमा बङ्गलादेशी लडाकुले बैकारीमा रहेको एक पाकिस्तानी सेनाक‍ किल्लामा आक्रमण गरि ७ पाकिस्तानी सेनाको हत्या गरेका थिए।

जनशाङ्खिकि[सम्पादन गर्ने]

जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या ४१०३५५ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या २११९८६ छ भने महिलाको जनसङ्ख्या १९८३६९ रहेको छ। धर्मका अाधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या ३५१३०३ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ५७३४०, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या ८५४, इसाई धर्मवलम्बीको जनसङ्ख्या ३९ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ८१९ रहेको छ। यस उपजिल्लामा ३९६ मस्जिद, १७ मन्दिर, २ गिर्जाघर र ३ चिहानहरू रहेका छन्।[४] सुल्तानपुर शाही मस्जिद, माइचाम्पाको चिहान, प्राचीन सातखीरा काली मन्दिर, ब्रह्म राजपुरमा रहेको काल भैरव मन्दिर यस उपजिल्लाका केही लोकप्रिय धार्मिक स्थलहरू हुन्। यस उपजिल्लाका ८८.३५% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ०.२६% ले पोखरी, ८.४४% ले टुटी र २.९५% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लाको कुल घरहरू मध्ये २३.११% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन।[५] यस उपजिल्लामा २ उपजिल्ला स्वस्थ्य संस्था, १४ परिवार नियोजन केन्द्र, १ मातृ तथा शिशु हेरचाह केन्द्र र २५ स्थानीय स्वस्थ्य संस्थाहरू रहेका छन्।

अर्थतन्त्र[सम्पादन गर्ने]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा मुख्यतया आलु, धान, उखु, तोरी, गहुँ लगायत अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया अाँप, कटहर, भुइँकटर, नरिवल, अम्बा, केरा, स्याउ, कागती, आलुबखडा, खरबुजा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, गहुँ पिसानी केन्द्र, काष्ठ सामग्री उत्पादन केन्द्र, बरफ उद्योग, बिस्कुट उद्योग, कपास तथा कपडा उद्योग तथा प्लाष्टिक सामग्री उत्पादन कारखाना रहेका छन्। यस उपजिल्लाले मुख्यतया धान, चामल, झिङे माछा, आलुबखडा लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेको बोरो धान र अस धान पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा ७२ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान अोसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा २० दुग्ध सङ्कलन केन्द्र, १५० कुखुरापालन केन्द्र र १०६८ माछापालन केन्द्रहरू रहेका छन्।

यस जिल्लाको मुख्य अाय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ५६.८९% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै मजदुरीमा ३.५५%, वाणिज्यमा १५.५७%, सञ्चार र यातायातमा ४.५६%, उद्योगमा १.०८% निर्माण क्षेत्रमा १.३९%, सुविधामा ७.८५%, धार्मिक सेवामा ०.२२%, वैदेशिक रोजगारी तथा भाडामा ०.४६% र अन्यमा ८.४३% रहेका छन्।

प्रशासन[सम्पादन गर्ने]

प्रशासकीय सातखीरा थानाको सन् १९८४ मा उपजिल्लामा परिणत भएको थियो भने सातखीरा नगरपालिकाको स्थापना सन् १८६९ मा गरिएको थियो। यस उपजिल्लाको प्रमुख व्यवसायीक केन्द्र सुल्तानपुर बाजार हो। हाल यस उपजिल्लामा १४ सङ्घ परिषद्, १५५ मौजा/महल्ला र २३५ गाउँहरू रहेका छन्। यस उपजिल्लाका सङ्घ परिषद्हरू प्रकार छन्; बाशदाह सङ्घ परिषद्, कुशखाली सङ्घ परिषद्, बैकारी सङ्घ परिषद्, घोना सङ्घ परिषद्, शिवपुर सङ्घ परिषद्, भोसरा सङ्घ परिषद्, आलीपुर सङ्घ परिषद्, धुलिहर सङ्घ परिषद्, ब्राह्मबाजार सङ्घ परिषद्, आगडदाडी सङ्घ परिषद्, झउडाङ्गा सङ्घ परिषद्, बल्ली सङ्घ परिषद्, लाबसा सङ्घ परिषद् र फिङ्डी सङ्घ परिषद्।

शिक्षा[सम्पादन गर्ने]

यस जिल्लाको कुल साक्षरता दर ५०.६७% रहेको छ जसमध्ये पुरुषको साक्षरता ५५.९०% छ भने महिलाको साक्षरता दर ४५.०९%रहेको छ। यस उपजिल्लामा ११ क्याम्पस, १ प्राथमिक शिक्षक शिक्षण संस्था, १ निजी प्राविधिक शिक्षण संस्था, १ कानून क्याम्पस, ७२ माध्यमिक विद्यालय, २८८ प्राथमिक विद्यालय, ११ बाल उद्धान केन्द्र र ४८ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; सातखीरा सरकारी क्याम्पस, सातखीरा सरकारी महिला क्याम्पस, सातखीरा रात्रि प्रभात क्याम्पस, सातखीरा सिटि क्याम्पस, पल्लीमङ्गल विद्यालय तथा क्याम्पस, सातखीरा प्राविधिक शिक्षण संस्था, सातखीरा प्राणनाथ माध्यमिक विद्यालय (सन् १८४६), सातखीरा सरकारी कन्या उच्च विद्यालय, नाबरुण कन्या उच्च विद्यालय (सन् १९६९), पालशपोल आदर्श उच्च विद्यालय, पिएसनपी सैनिक विद्यालय (सन् १८४६), जिएन सरकारी प्राथमिक विद्यालय (सन् १८१८) सातखीरा आलिया कामिल मदरसा (सन् १९२८), आहछानियम आलिम मदरसा, झाउडाङ्गा फाजिल मदरसा आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (২৫ ফেব্রুয়ারী ২০১৫), "এক নজরে সাতক্ষীরা সদর", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার, मूलबाट ১৮ এপ্রিল ২০১৪-मा सङ्ग्रहित। 
  2. "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য। 
  3. "सातखीरा सदर उपजिल्ला", बाङ्लापिडिया, अन्तिम पहुँच २२ मार्च २०१६ 
  4. "Bangladesh Population and Housing Census 2011: Zila Report – Satkhira", Table P01 : Household and Population by Sex and Residence, Table P05 : Population by Religion, Age group and Residence, Table P09 : Literacy of Population 7 Years & Above by Religion, Sex and Residence, Bangladesh Bureau of Statistics (BBS), Ministry of Planning, Government of the People’s Republic of Bangladesh, अन्तिम पहुँच १७ डिसेम्बर २०१८ 
  5. "জনসংখ্যার আদমশুমারি শাখা, বিবিএস", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६ 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]