सात गाउँले जात्रा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सात गाउँले जात्रा
वैकल्पिक नामबखुमल:
बखुमद:
अनुयायीनेवाः
प्रकारसांस्कृतिक
परिपालनरथयात्रा, परिक्रमा कार्यक्रम
मितिनेपाल सम्वत् थिंल्लाथ्व चौथी, मङ्सिर शुक्ल चतुर्थी

सात गाउँले जात्रा[१] काठमाडौँको दक्षिण पश्चिम क्षेत्रमा रहेको चन्द्रागिरी नगरपालिकाकीर्तिपुर नगरपालिका क्षेत्र भित्र रहेका केही गाउँहरूमा प्रत्येक वर्ष मनाइन्छ।[२] यो जात्राको पुरानो नाम 'बखुमल:' तथा 'बखुमद:' भएता पनि पछिल्लो समयमा यस जात्रालाई नेपाली नामाकरण गरि 'सात गाउँले जात्रा' भन्ने गरेको छ।[३] 'सात गाउँ' नेपाल भाषा शब्द 'न्हय्‌गां' बाट आएको हो जसको अर्थ सात गाउँ हुन्छ।[४] एकै समय, एउटै जात्रा सात गाउँमा मनाइने भएकाले यसलाई न्हय्‌गां जात्रा भन्ने गरिन्छ।[५] काठमाडौंको दक्षिण पश्चिममा कीर्तिपुर, पाँगा, नगाउँ, ल्होँखा: (ल्ह्वःकोट), बोसीगाउँ, सतुङ्गल र मच्छेगाउँमा बस्नेहरूलाई सात गाउँले भन्ने गरिएको छ। यो जात्रा नगरपालिका क्षेत्रका सात स्थानमा पटकपटक गरेर मनाइन्छ। पछिल्लो ३ दशक यता नैकाप समेत यस जात्रामा सहभागी भएको छ। बखु (विष्णुदेवी मन्दिर परिसर)मा सबै गाउँको देवी देवता ल्याई हर्षोल्लासका साथ यो जात्रा मनाइन्छ। बखुको विष्णु देवीलाई आमा मानिन्छ भने त्यहाँ ल्याइने बोसीगाउँ, ल्होँखा:, सतुङ्गल र मच्छेगाउँको देवी देवतालाई उस्को सन्तानको रूपमा लिइन्छ।[६]

इतिहास[सम्पादन गर्नुहोस्]

मल्ल कालदेखि नै नगरक्षेत्रमा सात गाउँले जात्रा 'लाखेपा' मनाउने गरिन्छ। मल्लकालमा एक राजकुमार कीर्तिपुरमा बास बस्न आउँदा लाखेपा नामको दैत्यसँग झगडा गरि राजकुमारले उक्त क्षेत्रबाट हटाएपछि स्थानीय जनताले खुसियाली मनाएको किम्वदन्ती छ।[७] मङ्सिर शुक्ल चतुर्थीका दिनदेखि लाग्ने यो जात्रा कीर्तिपुर र यस आसपासका सात गाउँमा सात दिन सम्म लाग्छ।

जात्रा[सम्पादन गर्नुहोस्]

  • पाँगा - वैष्णवीदेवीको जात्रा[८]
  • कीर्तिपुर- इन्द्रायणी जात्रा - इन्द्रायणी पीठमा विशेष पूजाआजाका साथ सुरु हुने इन्द्रायणीदेवीको खटयात्रा देवढोकाबाट सुरु भई समल, लायकु, इटाछें, तननी, सिंहदुबालहुँदै बाघभैरवमा आएर सम्पन्न हुन्छ।[९]
  • नँगाउँ
  • सतुङ्गल - विष्णु देवीको मुख्य जात्रा गरिन्छ। जेठी छोरीको रूपमा लिइन्छ।[१०]
  • ल्ह्वःकोट - भैरवको मुख्य जात्रा गरिन्छ। कान्छो छोरा।
  • बोसीगाउँ - न्हय्‌गां (सात गाउँ) जात्रा अन्तर्गत बोसीगाउँमा भैरव देवताको मुख्य जात्रा गरिन्छ। यसलाई भेलु क्वोँ द्य: पनि भन्ने गरिन् । यसको रथको संरचना अन्य रथ वा खट भन्दा अलि भिन्न हुन्छ, अन्य रथमा दुईवटा न्व: (रथ बोक्न प्रयोग गरिने बाँस) हुन्छ भने बोसीगाउँको भैरब रथमा एउटा मात्र न्व: प्रयोग गरिन्छ। बोसीगाउँको भैरबलाई जेठो भैरब भन्ने गरिन्छ भने ल्होँखा: (ल्ह्व:कोट)को भैरवलाई कान्छो भैरब मानिन्छ।
  • मच्छेगाउँ - विष्णु देवीको मुख्य जात्रा गरिन्छ। कान्छी छोरीको रूपमा लिइन्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "चन्द्रागिरि नगरपालिकाको जात्रा मनाउने सम्बन्धी सूचना", चन्द्रागिरि नगरपालिका (नेपालीमा), २०२०-१२-०१, अन्तिम पहुँच २०२१-१०-२२ 
  2. "कीर्तिपुरमा सात गाउँले जात्रा धुमधामका साथ मनाइयो", न्युज २४ (नेपालीमा), २०१६-१२-०८, अन्तिम पहुँच २०२१-१०-२२  वेब्याक मेसिन अभिलेखिकरण २०२१-१०-२२ मिति
  3. "पाँगामा सुरक्षित रूपमा सात गाउँले जात्रा सम्पन्न", Nepal Reports (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-१०-२२  वेब्याक मेसिन अभिलेखिकरण २०२१-१०-२६ मिति
  4. "सात गाउँमा बखुं मन्त जात्रा", राजधानी राष्ट्रिय दैनिक (नेपालीमा), २०२०-१२-२६, अन्तिम पहुँच २०२१-१०-२२ 
  5. "सात गाउँ जात्रा", चन्द्रागिरि न्युज (नेपालीमा), २०२०-१२-२६, अन्तिम पहुँच २०२१-१०-२२ 
  6. "कीर्तिपुरमा सातगाउँले जात्रा सुरु", कान्तिपुर समाचार (नेपालीमा), अन्तिम पहुँच २०२१-१०-२२ 
  7. "'सात गाउँले जात्रा'मा नविन के भट्टराईको सांगीतिक प्रस्तुति", पहिलो पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२१-१०-२२ 
  8. "सातगाउँले जात्रामा स्वर्णको रौनक", घामछायाँ (नेपालीमा), २०१९-१२-०५, अन्तिम पहुँच २०२१-१०-२२  वेब्याक मेसिन अभिलेखिकरण २०२१-१०-२२ मिति
  9. "चिसो मौसमसँगै मनाइने कीर्तिपुर जात्रा, विविधताको परिचायक", न्युज अभियान (नेपालीमा), अन्तिम पहुँच २०२१-१०-२२ 
  10. "सात गाउँले जात्रामा सविन", साप्ताहिक अनलाइन (नेपालीमा), अन्तिम पहुँच २०२१-१०-२२