सैयदपुर उपजिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
सैयदपुर

সৈয়দপুর
Lua error in मोड्युल:Location_map at line 552: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/Bangladesh" उपलब्ध छैन्.
निर्देशाङ्क: Lua error in package.lua at line 80: module 'Module:ISO 3166/data/BD' not found.
देशFlag of Bangladesh.svg बङ्गलादेश
विभागरङ्पुर विभाग
जिल्लानीलफामारी जिल्ला
क्षेत्रफल
 • जम्मा१२१.६८ किमी (४६.९८ वर्ग माइल)
जनसङ्ख्या
 (सन् १९९१[१])
 • जम्मा१९९,४२२
 • घनत्व१,६००/किमी (४,२००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
वेबसाइटसैयदपुर उपजिल्लाको आधिकारिक नक्शा

सैयदपुर (बङ्गाली: সৈয়দপুর) बङ्गलादेशको लालमनिरहाट जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला रङ्पुर विभाग अन्तर्गत पर्दछ।[२]

भूगोल[सम्पादन गर्ने]

सैयदपुर उपजिल्ला बङ्गलादेशको पूर्वी मध्ये भागमा पर्छ भने यो उपजिल्ला २५°४४' देखि २५°५२' उत्तर अक्षांश र ८८°५१' देखि ८९°०१' पूर्वी देशान्तरणमा अवस्थित छ। सैयदपुर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १२१.६८ वर्ग किलोमिटर अोगटेको छ। यस उपजिल्लालाई नीलफामारी सदरकिशोरगञ्ज उपजिल्लाले उत्तर,बादारगञ्जपार्वतीपुर उपजिल्लाले दक्षिण, तारागञ्ज उपजिल्लाले पूर्व, चिरिरबन्दारखानसामा उपजिल्लाले पश्चिमबाट घेरेको छ। खरखडिया र चाकारी यस जिल्लाका प्रमुख नदीहरू हुन्।

इतिहास[सम्पादन गर्ने]

प्राचीन कालमा सैयदपुर कामारुपा राज्यको एक भाग थियो। गैरका सल्तान अलादिन हुसैन शाहले सैयदपुर नजिक केलाबाडी हाटमा एक सैनिक किल्लाको स्थापना गरेका थिए भने उक्त सैनिक किल्लाबाट उनले कामारुपा राज्य विरुद्ध आक्रमण गर्ने गरेका थिए।


२३ मार्च १९७१ का दिन उर्दु भाषा बोल्ने गैर बङ्गालीले (राजाकार) यस उपजिल्लाका थुप्रै सर्वसाधारणहरूको सामूहिक हत्या गरेका थिए। ७ अप्रिल १९७१ का दिन पाकिस्तानी सेनाले र स्थानीय राजाकारको समूहले यस उपजिल्लाका सर्वसाधारणहरूको सामूहिक हत्या र घरटहराहरूमा आगजनी गरि आतङ्क मच्चाएका थिए। २३ जुन १९७१ का दिन पाकिस्तानी सेनाले यस उपजिल्लाको गोलाहाट भन्ने स्थाामा ३५० बङ्गाली नागरिकको गोली हानी हत्या गरेका थिए।

जनशाङ्खिकि[सम्पादन गर्ने]

जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या २३२२०९ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १२१६२८ छ भने महिलाको जनसङ्ख्या ११०५८१ रहेको छ। धर्मका अाधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या २१५०६१ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या १६६६९ छ। त्यस्तै गरि बुद्ध धर्मवलम्बीको जनसङ्ख्या ३९४, इसाई धर्मवलम्बीको जनसङ्ख्या १४ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ७१ रहेको छ।[३] यस जिल्लामा २४० मस्जिद, ३७ हिन्दु मन्दिर र २ गिर्जाघरहरू रहेका छन्। इसलामबाघमा रहेको चिनी मस्जिद, सैयदपुर केन्द्रिय जामे मस्जिद, मिस्त्रिपाडा शिव मन्दिर, काली मन्दिर, बाङ्लादेश इसाई गिर्जाघर आदि यस उपजिल्लाका लोकप्रिय धार्मिक स्थलहरू हुन्। यस उपजिल्लाका ९०.९९% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने २.१८% ले पोखरी, ०.३१% ले टुटी र ६.५२% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लाका धाराका पानीहरूमा आर्सनिकको कमी रहेको पाइएको थियो। यस उपजिल्लाको कुल घरहरू मध्ये ४२.७९% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन।

अर्थतन्त्र[सम्पादन गर्ने]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, गहुँ, मकै, आलु, प्याज, खैनी तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, मेवा, खरबुजा, अङ्गुर, अम्बा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, बरफ कारखाना, फलाम तथा वेल्डिङ उद्योग, पाउरोटी उद्योग, बिँडी उद्योग, बाँसका सामाग्री उत्पादन केन्द्र, काठका सामग्री उत्पादन केन्द्र तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले मुख्यतया धान, जुट, बिस्कुट, मकै लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेको आलसको तिल र तोरी पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा २२ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान अोसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा ३२ माछापालन केन्द्र, १८ दुग्ध सङ्कलन केन्द्र तथा १४७ कुखुरापालन केन्द्रहरू रहेका छन्।

यस जिल्लाको मुख्य अाय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ३५.३९% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै ५.२०% मजदुरीमा, वाणिज्यमा १८.७७%, सञ्चार र यातायातमा ६.३९%, निर्माण क्षेत्रमा २.३४%, सुविधामा १७.७०%, धार्मिक सेवामा ०.२६%, वैदेशिक रोजगारी तथा भाडामा ०.६२% र अन्यमा १३.३३% रहेका छन्।

प्रशासन[सम्पादन गर्ने]

प्रशासकीय सैयदपुर थानाको स्थापना सन् १९१५ मा भएको थियो। यस उपजिल्लामा हाल ६ सङ्घ, १५ वडा, ७२ मौजा र ४० गाउँहरू रहेका छन्।[४]

शिक्षा[सम्पादन गर्ने]

यस जिल्लाको कुल साक्षरता दर ४८.५% रहेको छ जसमध्ये पुरुषको साक्षरता ५४.१% छ भने महिलाको साक्षरता दर ४२.४% रहेको छ। यस उपजिल्लामा ५ क्याम्पस, १ आयुर्वेदिक क्याम्पस, १ प्राविधिक शिक्षण संस्था, ३५ माध्यमिक विद्यालय, ७८ प्राथमिक विद्यालय, ५ बाल उद्धान केन्द्र, २० मदरसा र ६ अनाथ आश्रमहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; सैयदपुर क्याम्पस (सन् १९५३), सैयदपुर महिला डिग्री क्याम्पस (सन् १९८१), कामारपुकार डिग्री क्याम्पस (सन् १९९५), सैयदपुर सरकारी प्राविधिक शिक्षण संस्था (सन् १९६७), आयुर्वेदिक क्याम्पस (सन् १९७३), सैयदपुर सैनिक सामुदायिक विद्यालय तथा क्याम्पस, सैयदपुर नमुना कन्या विद्यालय तथा क्याम्पस, सैयदपुर पाइलट उच्च विद्यालय (सन् १९०६), तुलसीराम कन्या उच्च विद्यालय (सन् १९१४), सोनाखुली कामिल मदरसा (सन् १९३५), आल जामियातुल दारुल उलम मदरसा (सन् १९४५) आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (৩১ ডিসেম্বর ২০১৪), "এক নজরে সৈয়দপুর", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার। 
  2. সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, सम्पादक (सन् २०१२), "सैयदपुर उपजिल्ला", বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  3. "জনসংখ্যার আদমশুমারি শাখা, বিবিএস।", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६ 
  4. "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য। 


बाह्य सूत्रहरू[सम्पादन गर्ने]