स्काइरक डटकम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
स्काइरक
साइटको प्रकार
सामाजिक सञ्जाल सेवा
उपलब्ध भाषाफ्रान्सेली, अङ्ग्रेजी, जर्मनेली, डच, इटालीयाली, स्पेनी, पोर्चुगाली
मालिकटेलिफन
युआरएलskyrock.com
अलेक्सा क्रमNegative increase ६५७ (सेप्टेम्बर २०१३)[१]
व्यवसायिकहो
दर्ताचाहिदैन

स्काइरक डटकम फ्रान्समा आधारित एक सामाजिक सञ्जाल सेवा तथा वेबसाइट हो जसले यसमा दर्ता भएका प्रयोगकर्ताहरूलाई नि: शुल्कको लागि निजीकृत वेब ठाउँ प्रदान गर्दछ।[२] यो ब्लग बनाउन, प्रोफाइल थप्न र अन्य दर्ता भएका व्यक्तिसँग सन्देशहरू साटासाट गर्न यसले सक्षम बनाएको छ। साइटले सदस्यहरूको सङ्गीत रचनाहरूमा समर्पित ब्लगहरू सृजना गर्न पनि सम्भव बनाउँदछ। यो हाल ७ वटा भाषामा उपलब्ध छ जसमा फ्रान्सेली, अङ्ग्रेजी, जर्मनेली, पोर्चुगाली, डच, इटालीयाली, स्पेनी लगायतका भाषाहरू समावेश छन्। कम्पनीको प्रधान कार्यालय फ्रान्सको राजधानी पेरिसमा अवस्थित छ।

यसको संस्थापक, पियरे बेल्लङ्गरले यसलाई फ्रान्सेली स्काइरक रेडियोसँग जोडेका कारण, स्काई रक डटकमको वेबसाइट अन्तर्राष्ट्रिय रूपमा पहुँच योग्य छ। एक मापक आयोग कमस्कोरका अनुसार, पछिल्ला १४ संस्करणहरू मार्फत यो विश्वव्यापी रूपमा पहुँच योग्य बनेको हो। [३]

पछिल्ला संस्करणहरू कम अद्यावधिक भएकाले कम्पनीले २६ अगष्ट २०१० मा, यसलाई नयाँ संस्करणका साथ सुरू गरेको थियो।

जुन 16, 2023 मा, Skyrock टोलीले आफ्नो आधिकारिक ब्लगमा प्रकाशित लेख मार्फत, व्यक्तिगत डेटा कानूनको पालना गर्न, सामाजिक सञ्जाल स्थायी रूपमा बन्द गर्ने घोषणा गर्‍यो।[१]

पृष्ठभूमि र विवरण[सम्पादन गर्नुहोस्]

यसको आधिकारिक ब्लग डिसेम्बर २००२ मा, यसका संस्थापक पियरे बेलाङ्गरद्वारा स्थापनम गरिएको थियो। मे २००७ मा, स्काई ब्लग ब्राण्डको विच्छेदन पछि स्काइ रक डटकम एक वास्तविक सामाजिक सञ्जाल सेवाको रूपमा सुरू भएको थियो। यसमा ब्लग सृजना विकल्पमा साथीहरू, सन्देश, वार्ता र प्रोफाइलहरू जस्ता सञ्जाल सुविधाहरू थपिएका थिए।[४]

सन् २००८ मा स्काइ रक डटकम विश्वमा सातौँ ठूलो सामाजिक सञ्जाल थियो जसमा २१ मिलियन भन्दा बढी आगन्तुक समावेश थिए।[५][६]

आलोचनाहरू[सम्पादन गर्नुहोस्]

फ्रान्समा स्काई रकको प्रवेश दर उच्च छ। धेरै फ्रान्सेली मध्य विद्यालयहरूमा, विद्यार्थीहरूले उनीहरूको बहिष्कारको परिणामस्वरूप विद्यालय कर्मचारीलाई दुर्व्यवहार गर्न यस मञ्चको प्रयोग गरेका थिए र उक्त विद्यालयहरूद्वारा सतर्कता जारी गर्दै उनीहरूले यस्तो व्यवहारको बारेमा अभिभावक र विद्यार्थीहरूलाई चेतावनी दिएका थिए।[७]

यसबाहेक, केही अमेरिकी पत्रिकाहरूले सन् २००५ को फ्रान्समा भएको नागरिक अशान्तिको विरोधि आन्दोलनमा स्काइ ब्लगका प्रयोगकर्ताहरूलाई जोड्नको लागि प्रयास गरेका थिए।[८] तथापि, फ्रान्सेली राज्यका संस्थानहरूले स्काइ रक ब्लगको प्रयोगलाई सूचित गर्दै कुनै औपचारिक गुनासो पेश गरेका थिएनन्।

केही प्रख्यात फ्रान्सेली संस्थाहरूले सन्देशहरू संप्रेषण गर्न स्काइ रक ब्लगलाई मनपर्ने उपकरणको रूपमा सृजना गरेका थिए जुन चाहीँ फ्रान्सेली समान अवसर र भेदभाव विरोधी आयोगको एक उदाहरण हो।

लोकप्रियता[सम्पादन गर्नुहोस्]

सिमिलर वेब[सम्पादन गर्नुहोस्]

नोभेम्बर २०१९ सम्म, सिमिलर वेबको तथ्याङ्कका अनुसार, यो विश्वव्यापी सर्वाधिक लोकप्रिय वेबसाइटहरूको सूचीमा ६,७०८अौँ स्थानमा रहेको छ भने चीनमा यसको क्रम ३१५ रहेको छ जसमा यसको उछाल दर ५१.०३% रहेको छ।[९]

अलेक्सा इन्टरनेट[सम्पादन गर्नुहोस्]

नोभेम्बर २०१९ सम्म, अलेक्सा इण्टरनेटको तथ्याङ्कका अनुसार, यो विश्वव्यापी सर्वाधिक लोकप्रिय वेबसाइटहरूको सूचीमा ५,५०४अौँ स्थानमा रहेको छ भने भारतमा यसको क्रम २७९ रहेको छ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "स्काइरक डटकम साइटको जानकारी", अलेक्सा इण्टरनेट, अन्तिम पहुँच २०१३-०९-०१  वेब्याक मेसिन अभिलेखिकरण २०१३-१२-२९ मिति
  2. "स्काइरक", क्राञ्चबेस, अन्तिम पहुँच २३ जनवरी २०१३ 
  3. "Liste des versions de Skyrock.com au ९ अक्टोबर २००९ 2008" [dead link]
  4. "Archived copy", मूलबाट २०१२-०५-३०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१२-०५-३०  = Archive.today अभिलेखिकरण २०१२-०५-३० मिति
  5. "Classement des réseaux sociaux dans le monde en juin 2008 selon Comscore" 
  6. http://www.comscore.com/press/release.asp?press=2396
  7. "स्काइरक", मूलबाट अक्टोबर १३, २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर २४, २००८ 
  8. http://www.iht.com/articles/2005/11/08/news/blogs.php
  9. सिमिलर वेब, "सिमिलर वेबको विश्लेषण", अन्तिम पहुँच असोज २०७६ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]