स्वर्णोदर हरितचरी
स्वरूप
स्वर्णोदर हरितचरी | |
---|---|
भाले | |
पोथी | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | जनावर |
Phylum: | रज्जुकी |
वर्ग: | चरा |
गण: | Passerine |
परिवार: | Leafbird |
वंश: | Leafbird Jardine & Selby, 1830 |
प्रजाति: | C. hardwickii
|
वैज्ञानिक नाम | |
Chloropsis hardwickii Jardine & Selby, 1830 |
स्वर्णोदर हरितचरी (वैज्ञानिक नाम: Chloropsis aurifrons)[२][३] (Chloropsis hardwickii) मध्य र पूर्वी हिमाली क्षेत्र, युनान र दक्षिणपूर्व एसियाको उत्तरी भागहरूमा पाइने चराको प्रजाती हो। यसको वैज्ञानिक नाम अङ्ग्रेजी प्रकृतिविद थोमस हार्डविकको सम्झनामा राखिएको हो।
वितरण तथा वासस्थान
[सम्पादन गर्नुहोस्]यो चरा नेपाल, उत्तरी भारत, चीनको युनान तथा दक्षिणपूर्व एसियाको उत्तरी भागहरूमा पाइन्छ। यसले रूखको हाँगाको काप वा छेउमा रूखका जराहरू तथा रेसाहरू प्रयोग गरेर गुँड बनाउँछन्। यो चराहरू बसाइँ सर्दैनन्।
विवरण
[सम्पादन गर्नुहोस्]यो चरा सुन्तला रङ्गको पेट, हरियो रङ्गको ढाड, नीलो रङ्गको पुच्छर भएको हुन्छ। यसको घाँटी र छातीमा कालो र नीलो टाटाको सहितको चम्किलो रङ्गको हुन्छ। यसको चुच्चो लामो, घुमाउरो हुन्छ। यसले कीरा, माकुरा र फूलको रस खान्छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ BirdLife International (२०१६), "Chloropsis hardwickii", आइयुसिएनको रातो सूची अनुसार सङ्कटापन्न प्रजातिहरू 2016: e.T१०३७७५२६६A९३९९२९२०, डिओआई:10.2305/IUCN.UK.2016-3.RLTS.T103775266A93992920.en, अन्तिम पहुँच १२ नोभेम्बर २०२१।
- ↑ (1998) , website, Zoonomen - Zoological Nomenclature Resource
- ↑ Gill, Frank, and Minturn Wright (2006) , Birds of the World: Recommended English Names