हच (श्रीलङ्का)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हचिसन दूरसञ्चार लङ्का (प्रा) लि
हच
मौलिक नाम
හචිසන් ටෙලිකොමියුනිකේෂන්ස් ලංකා (ප්‍රයිවට්) ලිමිටඩ්, ஹட்சிஷன் டெலிகொமினிகேஷன் லங்கா (பிரைவட்) லிமிடட்
व्यवसाय प्रकार
निजी
उद्योगदूरसञ्चार
स्थापित१९९१ (1991) कोलम्बो, श्रीलङ्का
केन्द्रीय कार्यालयकोलम्बो ०४, श्रीलङ्का
मुख्य व्यक्ति
थिरूकुमार नदरासा (कार्यकारी अधिकृत)
उत्पादनहरूटेलिफोन, मोबाईल ब्रोडब्यान्ड
मूल सङ्गठनहचिसन एसिया टेलिकम समूह
वेबसाइटहच.एलके

हच (सिन्हाला: හච් ; तमिल: ஹட்ச்) श्रीलङ्काको एक मोबाइल दूरसञ्चार कम्पनी हो जुन हचिसन एसिया टेलिकम समूहको स्वामित्वमा रहेको छ । यसले श्रीलङ्कामा जीएसएम र एचएसपीए सेवाको एक शृङ्खला प्रदान गर्दछ । प्रारम्भमा यसलाई "कललिङ्क" भनिन्थ्यो र श्रीलङ्कामा दोस्रो मोबाइल सेवा सञ्चालक थियो । हचिसनले सन् १९९८ मा श्रीलङ्कामा राष्ट्रव्यापी सञ्चालक उद्देश्यमा आफ्नो सेवाहरू सञ्चालन गरेको थियोे । अप्रिल २०१० को अनुसार, हचले सम्पूर्ण टापुको लगभग ७०% को क्षेत्रमा सेवा सञ्चालन गरेको छ । यसको मालिक कम्पनी (सिके हचिसन कम्पनी) ५० भन्दा बढी देशहरूमा आफ्नो सेवा सञ्चालन गरेको छ र बिश्वब्यापी रूपमा २,९०,००० भन्दा अधिक कर्मचारीहरू छन् । सीके हचिसननले पाँच वटा मुख्य व्यवसायहरू सञ्चालन गरेको छ जसमा बंदरगाहहरू र सम्बन्धित सेवाहरू, खुद्रा, पूर्वाधार, ऊर्जा र दूरसञ्चार सेवा सञ्चालन गरेको छ । कम्पनी १९९६ मा स्थापित गरिएको थियोे भने यसको मुख्यालय श्रीलङ्काको राजधानी कोलम्बोमा अवस्थित छ । कम्पनीका हालका कार्यकारी अधिकृत थिरूकुमार नदरासा हुन् । यो टेलिकम निजी कम्पनीको रूपमा स्थापित भएको थियोे ।

हचिसन दूरसञ्चार लङ्का, हचिसन एसिया दूरसञ्चार सदस्य हो जुन इन्डोनेशिया, भियतनाम र श्रीलङ्काका बजारहरूमा मोबाइल दूरसञ्चार सेवा सञ्चालनहरू गर्दछ । हचिसन एसिया दूरसञ्चार, सीके हचिसन होल्डिंग्सको एक प्रमुख भाग हो जसमा अस्ट्रिया, डेनमार्क, हङकङ, इन्डोनेशिया, आयरल्यान्ड, इटाली, मकाउ, स्विडेन र संयुक्त अधिराज्यमा गरी ३ समूह रहेका छन् जसले ३ जी सेवा सञ्चालन गरेका छन् ।

हचिसन दूरसञ्चार लङ्का (प्रा) लि (हचिसन टेलिकम लङ्का)ले सन् २००४ मा आफ्नो जीएसएम सेवा सुरू गरेको थियोे । यो एक देशव्यापी रूपमा मोबाइल दूरसञ्चार प्रदायक हो । यसले २०१२ मा ३ जी प्रविधि सुरु गरेको थियोे, जसका अनुसार हाल सबै २५ जिल्लामा ३ जी सेवा आइपुगेको छ ।

प्रतिस्पर्धा[सम्पादन गर्नुहोस्]

हच श्रीलङ्कामा एक प्रमुख दुरसञ्चार सेवा प्रदायक हो । यसका मुख्य प्रतिस्पर्धीहरू: डायलग, मोबिटेल, एटिसलातएयरटेल हुन् ।

प्रविधि[सम्पादन गर्नुहोस्]

हच श्रीलङ्काले ९००/१८०० मेगाहर्जको प्रयोग गरेर जीएसएम / एज समर्थित नेटवर्क सञ्चालन गर्दछ । सन् २०१२ मा कम्पनीले २१०० मेगाहर्ज प्रयोग गरी एचएसपीए सेवाहरू सञ्चालन गरेको थियोे । कम्पनीले सन् २०१८बाट १८०० मेगाहर्ज बी ३ मार्फत ४ जी सेवा सुरू गरेको थियोे ।[१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "हचले ४ जी सेवा सुरू गरेको छ", रिडमी, अन्तिम पहुँच १६ नोभोम्बर २०१८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

आधिकारिक वेबसाइट