हरिप्रसाद प्रधान
Former सम्माननीय हरिप्रसाद प्रधान | |
---|---|
पहिलो प्रधानन्यायाधीश | |
कार्यकाल २००८/०४/२६ देखि – २०१३/०२/०७ | |
नियुक्ति कर्ता | त्रिभुवन शाह |
पूर्वाधिकारी | पहिलो |
उतराधिकारी | अनिरुद्रप्रसाद सिंह |
तेस्रो प्रधानन्यायाधीश | |
कार्यकाल २०१८/०८/२९ देखि – २०२०/०८/२९ | |
नियुक्ति कर्ता | राजा महेन्द्र वीर विक्रम शाह |
पूर्वाधिकारी | अनिरुद्रप्रसाद सिंह |
उतराधिकारी | भगवतिप्रसाद सिंह |
व्यक्तिगत विवरण | |
राष्ट्रियता | नेपाल |
नेपालको पहिलो प्रधानन्यायधिश हरि प्रसाद प्रधान एक नेपाली न्यायाधीश थिए जसले २००८/०४/२६ देखि २०१३/०२/०७ [१] र २०१८/०८/२९ देखि २०२०/०८/२९ बीच नेपालको पहिलो र तेस्रो प्रधानन्यायाधीश रूपमा काम गरे। [१] [२] भक्तपुरका बासिन्दा रहेका हरिप्रसाद प्रधान नेपालका प्रथम प्रधान न्यायाधीश हुन्।
गृहमन्त्री वीपी कोइरालाको अनुरोधमा उनलाई नेपाल बोलाएर प्रधान न्यायाधीश बनाइएको थियो।[३] उनले २००८ साल साउन २६ गते शपथ ग्रहण गरे। उनी नेपालका पहिलो प्रधानन्यायाधीश थिए जसले दुई कार्यकालका लागि पद ओगटेका एकमात्र न्यायाधीश थिए। [४]
नले नेपालमा वकालती प्रणाली सुरु गरेका थिए । त्यस समयमा वकालत सम्बन्धी कुनै कानुन थिएन । अदालतको १६ नम्बर अनुसार मान्छेहरु बहस वकालत गदर्थे । तर हरि प्रसाद प्रधानले आफ्नो पालादेखि नै वकालतीलाई एउटा प्रतिष्ठित पेशा र व्यसायका रूपमा अघि बढाएका थिए ।[५] उनी देशका महिला वकिलहरूलाई अनुमति दिने प्रधानन्यायाधीश थिए। [६]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ "सर्वोच्च अदालत नेपाल", www.supremecourt.gov.np, अन्तिम पहुँच २०१९-०९-१३।
- ↑ Shrestha, Kalyan, "Nepali Judiciary: Achievements and Challenges", NKCS। वेब्याक मेसिन अभिलेखिकरण २०२३-०३-०९ मिति
- ↑ नेपालको पहिलो प्रधान न्यायाधीश भारतीय नागरिक
- ↑ Magazine, New Spolight, "Supreme Court Self-Strangulates (Itself and Loktantra)", SpotlightNepal (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०९-२४।
- ↑ कानुनी व्यवसायको जग बसाउन स्थापित नेपालको पहिलो ल फर्म वेब्याक मेसिन अभिलेखिकरण २०१९-०९-२९ मिति
- ↑ "Women representation in judicial sector appalling", The Himalayan Times (en-USमा), २००९-११-१७, अन्तिम पहुँच २०१९-०९-२४।