होलिडे आइक्यु डटकम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
होलिडे आइक्यु डटकम
व्यवसाय प्रकार
सार्वजनिक
उद्योगयात्रा
स्थापितसन् २००४
स्थापनाकर्ताहरि नायर
केन्द्रीय कार्यालयबेङ्गलोर,
भारत
मुख्य व्यक्ति
विष्णु कतरा (सञ्चालन अधिकारी)
मूल सङ्गठनलिजर एण्ड लाइभष्टाइल इन्फर्मेसन सर्भिसेस निजी लिमिटेड
वेबसाइटhttp://www.holidayiq.com/

होलिडे आइक्यु डटकम भारतको पहिलो र सबैभन्दा ठूलो एक अनलाइन यात्रा समुदाय र जानकारी वेबसाइट हो जुन प्रयोगकर्ताहरूद्वारा उत्पन्न गरिएका सामग्रीहरूद्वारा सञ्चालित छ। यात्रा जानकारीहरू समीक्षा, तस्वीर, श्रव्य दृश्यहरू र अन्तर्क्रियात्मक यात्रा मञ्चहरू सहित सामग्रीको विविध प्रकारका माध्यमबाट उत्पन्न हुन्छ। सीधा कुनै अग्रिम भुक्तानको समर्थन नगर्ने यो यात्रा आयोग होइन। यो यात्रा भण्डार हो जसले यात्रुहरूलाई होटल सञ्चालक, यात्रा सञ्चालक र अनलाइन यात्रा आयोगहरूलाई जोड्दछ। यस कम्पनीको प्रधान कार्यालय भारतको एक प्रमुख व्यापारीक केन्द्र बेङ्गलोरमा रहेको छ।[१][२]

विवरण[सम्पादन गर्नुहोस्]

होलिडे आइक्यु डटकम लिजर एण्ड लाइफ ष्टाइल इन्फरमेसन सर्भिसेस प्राइभेट लिमिटेडको स्वामित्वमा रहेको छ। यात्रा जानकारी पोर्टल हुनुको साथ साथै कम्पनीले भारतमा होटल सञ्चालक र यात्रन आयोगहरूका लागि पनि उत्पादनहरू सृजना गर्दछ।[३][४]

यात्री अन्तर्दृष्टिको आधारमा, वेबसाइटले वेबसाइटमा आगन्तुकहरूलाई जानकारी प्रदान गर्दछ। बेङ्गलोरमा प्रधान कार्यालय रहेको, हलिडेआईक्यु डटकमका कार्यालयहरू दिल्ली, मुम्बईकलकत्तामा पनि रहेका छन्। [५] होलिडेआइक्यु डटकमले उपभोक्ताहरूसँग कुनै लेनदेन राख्दैन। यसले यात्रीहरूलाई यसको यात्रा साझेदारहरूका माझ जोड्दछ र राजस्व कमाउनको लागि 'प्रति खोज लागत' व्यवसाय नमूनामा कार्य सञ्चालन गर्दछ। कम्पनीका प्रमुख वित्तीय अधिकारी विष्णु कतरा हुन्। हलिडेआईक्यु डटकमले ६०,००० भन्दा बढी भारतीय होटल र २५,००० भारतीय गन्तव्यहरूको बारेमा जानकारी प्रदान गर्दछ।

इतिहास[सम्पादन गर्नुहोस्]

सन् २००४ मा, हलिडेआईक्यु डटकमका संस्थापक र प्रमुख कार्यकारी अधिकृत हरि नायरले यस संस्थाको स्थापना गरेका थिए। सन् २००४ देखि, कम्पनीले टाइगर ग्लोबल म्यानेजमेण्ट र एक्सेल पार्टनर्सबाट कोषको रूपमा रकम प्राप्त गरेको थियो।[६]

होलिडेआइक्यु डटकम, सिङ्गापुरमा आधारित यात्राका लागि खोजी कम्पनी विगोसँग समायोजित भएको थियो। तथापि सन् २०१३ मा, यी दुई कम्पनीहरू छुट्टिएका थिए।[७]

लोकप्रियता[सम्पादन गर्नुहोस्]

सिमिलर वेब[सम्पादन गर्नुहोस्]

नोभेम्बर २०१९ सम्म, सिमिलर वेबको तथ्याङ्कका अनुसार, यो विश्वव्यापी सर्वाधिक लोकप्रिय वेबसाइटहरूको सूचीमा ३,००९अौँ स्थानमा रहेको छ भने भारत यसको क्रम ८६ र जसमा यसको उछाल दर २८.६७% रहेको छ।[८]

अलेक्सा इन्टरनेट[सम्पादन गर्नुहोस्]

नोभेम्बर २०१९ सम्म, अलेक्सा इण्टरनेटको तथ्याङ्कका अनुसार, यो विश्वव्यापी सर्वाधिक लोकप्रिय वेबसाइटहरूको सूचीमा २,४५१अौँ स्थानमा रहेको छ भने भारत यसको क्रम १२९अौँ रहेको छ।[९]

पुरस्कारहरू[सम्पादन गर्नुहोस्]

सन् २०१४, रेड हिएरिङ एसिया:उत्कृष्ट १०० विजेताहरू [१०]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. HolidayIQ CEO on the firm's merger and demerger with Wego, latest round of funding and future plans - Techcircle.in - India startup news, internet, mobile, e-commerce, software, online businesses, technology news, funding. भिसि सर्कल, अन्तिम पहुँच मिति: २९ अक्टोबर २०१४
  2. Tiger Global, Accel invest in HolidayIQ द इकोनोमिक टाइम्स, अन्तिम पहुँच मिति २९ अक्टोबर २०१४
  3. Self catering one's holidays वेब्याक मेसिन अभिलेखिकरण २०१५-१०-२६ मिति. selfcatering-scotland.net, अन्तिम पहुँच मिति:२९ अक्टोबर २०१४
  4. Tiger Global, Accel invest in HolidayIQ, द इकोनोमिक टाइम्स, अन्तिम पहुँच मिति: २९ अक्टोबर २०१४
  5. [url=/2012-11-01/goa/34856235_1_hotel-reviews-goa-remo-fernandes HolidayIQ to launch 'hiq!PAD' for tourism in Goa] द टाइम्स अफ इण्डिया, अन्तिम पहुँच मिति: २९ अक्टोबर २०१४
  6. Tiger Global, Accel invest in HolidayIQ. द इकोनोमिक टाइम्स, अन्तिम पहुँच मिति: २९ अक्टोबर २०१४
  7. HolidayIQ De-Merges From Wego, Raises Money; What It Needs To Do. मिडिया नामा, अन्तिम पहुँच मिति: २९ अक्टोबर २०१४
  8. सिमिलर वेब, "होलिडे आइक्यु डटकमको विश्लेषण तथा विवरणहरू", अन्तिम पहुँच २९ कात्तिक २०७६ 
  9. अलेक्सा इण्टरनेट, "होलिडे आइक्यु डटकमको विवरण, प्रतिस्पर्धी तथा विश्लेषण", अन्तिम पहुँच २९ कात्तिक २०७६  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०७-२८ मिति
  10. "सन् २०१४ रेड हियरिङ एसिया: शीर्ष १०० विजेताहरू", रेड हियरिङ, अन्तिम पहुँच २९ अक्टोबर २०१४