२०२० रुकुम हत्याकाण्ड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०२० रुकुम हत्याकाण्ड
को भाग
मिति२३ मे २०२० (2020-05-23)
स्थानसोती, रूकुम, नेपाल
मृत्यु
Arrest(s)३४
Convicted२६
Chargesहत्या, जातिय बिभेद

२७ मे २०२० मा पश्चिमी नेपालको रुकुम जिल्लामा जातीय हिंसामा छ जना युवाको मृत्यु भएको थियो। कर्णाली नदीको प्रमुख सहायक नदी भेरी नदीमा २७मेमा दुई दलित जवानको शव फेला परेको थियो । मृत्यु हुनेमा २१ वर्षीय नवराज विक र टीकाराम नेपाली रहेका थिए । त्यसपछि गणेश बुढा, लोकेन्द्र सुनार, सञ्जु विक र गोविन्द शाहीको थप चार शव फेला परेको थियो । घटनापछि प्रहरीले दुई वर्षसम्म विस्तृत अनुसन्धान गरेको थियो । नेपाल प्रहरीका अनुसार १८ जना चौरजहारी नगरपालिकाको सोती गाउँमा गएपछि गाउँलेले समूहलाई आक्रमण गरी खोलामा खेदेर हत्या गरेका थिए । प्रमाणका आधारमा २०२३ मा जिल्लाअदालतले २४ जना गाउँलेलाई जन्मकैद र दुई जनालाई दुई वर्ष कैदको सजाए दिएको थियो ।

घटना[सम्पादन गर्नुहोस्]

जाजरकोटका नवराज विक, १७ वर्षीया युवतीसँग विवाह गर्न १८जना साथी सहित रुकुम जिल्लाको सोती गाउँ गएका थिए । [१] गाउँमा पुगेपछि चौरजहारीका वडा अध्यक्ष डम्बरबहादुर मल्ल र बालिकाको परिवार सहितको गाँउवासीले कुटपिट गरेका थिए। [१] गाउँलेको समूहले उनीहरूलाई भेरी नदीमा खेदेको बखतमा ६ जनाले आफूलाई बचाउन नदीमा हाम फालेका थिए र उनीहरूको मृत्यु भएको थियो। [१] [२] बीके एक "तल्लो जात" को ले "उच्च जात" केटीसँग विवाह गर्न नमिल्ने निहुमा सो धटना भएको थिए। [१] बीके युवतीसँग तीन वर्षदेखि सम्बन्धमा थिए र उनीसँग विवाह गर्न चाहन्थे। [३]

प्रतिक्रिया[सम्पादन गर्नुहोस्]

नेपाल प्रहरीले चौरजहारीका वडाध्यक्ष डम्बरबहादुर मल्लसहित १५ जनालाई पक्राउ गरेको थियो । [१] नेपालस्थित संयुक्त राष्ट्रसंघीय नियोगले घटनाको निष्पक्ष छानबिन गर्न आग्रह गरेको थियो । [४] राष्ट्रिय मानवअधिकार आयोगले प्रेस विज्ञप्ति जारी गर्दै सोती घटना नेपालको संविधानले प्रत्याभूत गरेको सम्मानपूर्वक बाँच्न पाउने अधिकार, समानताको हक, जातीय भेदभाव तथा छुवाछुत (अपराध तथा सजाय) ऐन, २०६३ को प्रावधान विपरीत भएको लेखेको थियो । नेपालद्वारा हस्ताक्षरित सबै प्रकारका जातीय भेदभाव उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९६५। [५] संसदीय समितिले पनि घटना जातीय विभेदसँग सम्बन्धित रहेको निष्कर्ष निकालेको थियो । [६] घटनापछि नवराजका बुबाले हत्यामा संलग्न रहेको भन्दै ३४ जनाविरुद्ध प्रहरीमा मुद्दा दायर गरेका थिए । गत १४जुनमा सो मुद्दा रुकुमको जिल्ला कार्यालयमा औपचारिक रुपमा दर्ता भएको थियो । तीमध्ये २३ जनालाई पुर्पक्षका लागि थुनामा राखिएको छ भने एक जना धरौटीमा रिहा भएका थिए। [७]

सन् २०२३ को डिसेम्बरमा पश्चिम रुकुमको जिल्ला अदालतले फैसला सुनाएको थियो । अदालतले हत्या अभियोगमा २४ जनालाई जन्मकैद र अन्य दुई जनालाई दुई वर्ष कैद र जातीय विभेद गरेको अभियोगमा ५० हजार जरिवानाको फैसला सुनाएको थियो । [६]पक्राउ पर्नेमा तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्ल र बालिकाका बुबा पनि थिए । [७] [८]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ १.३ १.४ "Soti Incident: 15 including ward chair arrested in connection with Nawaraj BK's killing", The Himalayan Times, २६ मे २०२०, मूलबाट २८ मे २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ मे २०२० 
  2. "Bodies of two Dalit men recovered from Bheri River", kathmandupost.com, मूलबाट २८ मे २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ मे २०२० 
  3. "One more body recovered from the Bheri River on Monday", kathmandupost.com, मूलबाट २८ मे २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ मे २०२० 
  4. "UN calls for impartial investigation into Rukum (West) incident in which Dalit youths were killed", kathmandupost.com, मूलबाट २८ मे २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ मे २०२० 
  5. "NHRC calls for immediate legal action in Chaurjahari incident", The Himalayan Times, २६ मे २०२०, मूलबाट २८ मे २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ मे २०२० 
  6. ६.० ६.१ "Life sentences for 24 in 2020 murder of six Dalit youths", अन्तिम पहुँच २०२३-१२-०७ 
  7. ७.० ७.१ "Prevalence Of Justice", GorakhaPatra, अन्तिम पहुँच २०२३-१२-०७ 
  8. "24 slapped life imprisonment in Rukum West murder case", GorakhaPatra, अन्तिम पहुँच २०२३-१२-०७