कृष्ण सागर
कृष्ण सागर | |
---|---|
स्थान | युरोप र पश्चिमी एसिया |
निर्देशाङ्क | ४४°उ॰ ३५°पू॰ / ४४°N ३५°Eनिर्देशाङ्कहरू: ४४°उ॰ ३५°पू॰ / ४४°N ३५°E |
प्रकार | नदी |
प्राथमिक बहाव | डेन्युब, निपर, दोन, द्निस्तर, कुबान, बोस्पोरस |
प्राथमिक निकास | बोस्पोरस |
प्रवाहित राष्ट्रहरू | बुल्गेरिया, जर्जिया, रोमानिया, रुस, टर्की, युक्रेन जलाधारमा थुप्रै देशहरू समावेश गरिएका छन्। |
अधिकतम लम्बाइ | १,१७५ किमी (७३० माइल) |
सतहको क्षेत्रफल | ४,३६,४०२ किमी२ (१,६८,५०० वर्ग माइल)[१] |
औसत गहिराइ | १,२५३ मी (४,१११ फिट) |
अधिकतम गहिराइ | २,२१२ मी (७,२५७ फिट) |
पानीको आयतन | ५,४७,००० किमी3 (१,३१,२०० घन माइल) |
टापुहरू | १०+ |
कृष्ण सागर वा कालो सागर (अङ्ग्रेजी: Black Sea) आन्ध्र महासागरको एक सीमान्त भूमध्य सागर हो जुन युरोप र एसियाको बीचमा, बाल्कन प्रायद्वीपको पूर्वमा, पूर्वी युरोपेली मैदानको दक्षिण, काकेससको पश्चिममा र एनाटोलियाको उत्तरमा अवस्थित छ। यो बुल्गेरिया, जर्जिया, रोमानिया, रूस, टर्की र युक्रेनद्वारा घेरिएको छ। कृष्ण सागर प्रमुख नदीहरूद्वारा आपूर्ति गरिन्छ, मुख्यतया डेन्युब, निपर र दोन यसका स्रोतहरू हुन्। ६ देशहरूको समुद्रमा तटको रूपमा रहेको छ र यसको जलाधारले युरोपका २४ देशका भागहरूलाई समावेश गरेको छ।[२]
कृष्ण सागरले ४,३६,४०० किमी२ (१,६८,५०० वर्ग माइल) (अजोभको समुद्र सहित) ओगटेको छ[३], यसको अधिकतम गहिराइ ५,४७,००० किमी3 (१,३१,००० घन माइल)[४] रहेको छ भने यसको आयतन ५,४७,००० किमी3 (१,३१,००० घन माइल)[५] रहेको छ। यसका अधिकांश तटहरू तीव्र गतिमा माथि तर्फ उठेका छन्। यी उकालोहरूमा दक्षिणमा पर्ने पोन्टिक हिमशृङ्खला, दक्षिण-पश्चिममा रहेका प्रायद्वीप, पूर्वमा ककेसस हिमशृङ्खला र मध्य उत्तरमा क्रिमियाली हिमशृङ्खला पर्दछन्। पश्चिममा, तट सामान्यतया स्तरर्ज्या जस्ता तल सानो बाढीका मैदानहरू हुन्। केप एमिने बाल्कन पर्वतको पूर्वपट्टि घट्दै गएको छ र डोब्रुजा पठार निकै उत्तरमा पर्दछ।[६] सबैभन्दा लामो पूर्व–पश्चिम सीमा करिब १,१७५ किमी (७३० मि) लम्बाइमा फैलिएको छ। तटवर्ती महत्त्वपूर्ण सहरहरूमा ओदेसा, भर्ना, सामसुन, सोची, सेभास्तोबोल, कोन्स्तान्त्सा, त्राबजोन, नोभोरोसियस्क, बुर्गास र बातुमी पर्छन्।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Black Sea NGO Network | Our Black Sea", www.bsnn.org।
- ↑ ""Black Sea Geography, Oceanography, Ecology, History""। वेब्याक मेसिन अभिलेखिकरण २०१८-०२-२२ मिति Living Black Sea
- ↑ Surface area—"Black Sea Geography", University of Delaware College of Marine Studies, २००३, अन्तिम पहुँच अप्रिल ३, २०१४।
- ↑ Maximum depth—"Europa – Gateway of the European Union website", Environment and Enlargement – The Black Sea: Facts and Figures, मूलबाट नोभेम्बर १४, २००८-मा सङ्ग्रहित।
- ↑ Murray, J. W.; Jannasch, H. W.; Honjo, S; Anderson, R. F.; Reeburgh, W. S.; Top, Z.; Friederich, G. E.; Codispoti, L. A. et al. (मार्च ३०, १९८९), "Unexpected changes in the oxic/anoxic interface in the Black Sea", Nature 338 (6214): 411–413, डिओआई:10.1038/338411a0, बिबकोड:1989Natur.338..411M।
- ↑ World and Its Peoples, Marshall Cavendish, जुलाई २१, २०१०, पृ: १४४४, आइएसबिएन 9780761479024 – Internet Archiveद्वारा, "Black Sea 1175 km east west."
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]ढाँचा:List of seas ढाँचा:Marginal seas of the Atlantic Ocean ढाँचा:Countries bordering the Black Sea ढाँचा:Georgia (country) topics