कोरियाली भाषा
कोरियाली | |
---|---|
한국어 (韓國語) / 조선말 (朝鮮말) Hanguk-eo, Chosŏnmal | |
मूलभाषी | कोरियाली प्रायद्वीप |
मातृभाषी वक्ता | ~ ७५ लाख |
| |
हाङ्गुल (मुख्य) हान्जा | |
सरकारी दर्जा | |
अल्पसङ्ख्यक भाषाको रूपमा मान्यता | चीन |
भाषा सङ्केतहरू | |
आइएसओ ६३९-१ | ko |
आइएसओ ६३९-२ | kor |
आइएसओ ६३९-३ | विविध:kor okm oko oko |
okm | |
oko | |
ग्लोटोलग | kore1280 [१] |
भाषाविद् प्रयोगशाला | 45-AAA-a |
कोरियाली भाषीहरू (रातो), कोरिया भन्दा बाहिरका कोरियाली भाषीहरू (हरियो) | |
कोरियाली भाषा (한국어/조선말) गणतन्त्र कोरिया र प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाको आधिकारिक भाषा हो । करिब ८० लाख मानिसहरूले कोरियाली भाषा बोल्ने अनुमान गरिन्छ ।[२] कोरियाली भाषा र जापानी भाषा एकै भाषा परिवारका हुन या होइनन् भन्ने विषय अझै विवादित विषय हो ।
इतिहास
[सम्पादन गर्नुहोस्]पन्ध्रौँ शताब्दीमा राजा सिजोङले चिनियाँ लिपि (हान्जा) मात्र पर्याप्त नभएको ठानी वर्णमालाको विकास गरे । ती वर्णमाला लाई हाल हाङ्गुल भनिन्छ । हाङ्गुल छिट्टै लोकप्रिय बन्दै गई यसले कोरियाको साक्षरता बढाउँदैँ लग्यो । आजको समयमा हान्जाको कम प्रयोग गरिन्छ तर केही कलात्मक कार्यमा र भाषागत अध्ययनमा प्रयोग गरिन्छन् ।
७० वर्षको कोरियाली युद्धले दक्षिण र उत्तर कोरिया बिचमा भाषिक भिन्नता भने निम्त्याउँदैँ लगेको छ ।
नाम
[सम्पादन गर्नुहोस्]कोरियाली भाषालाई विभिन्न नामहरू दिइएका छन् । दक्षिण कोरियामा hanguk-eo (कोरियाली भाषा), hanguk-mal, uri-mal (हाम्रो भाषा) जस्ता नाम दिइएका छन् । उत्तर कोरिया र चीनमा भने Chosŏn-ŏ भनिन्छ ।
भाषा प्रयोग
[सम्पादन गर्नुहोस्]कोरियाली भाषा मुख्य रूपमा कोरिया र चीन, जापान, अमेरिका, रसिया जस्ता मुलुकहरूमा पनि बोलिन्छन् ।
कोरियाली भाषा दक्षिण कोरिया र उत्तर कोरियाली कामकाजको मुख्य भाषा हो । दक्षिण कोरिया अन्तर्गत नेसनल इन्सिच्ट्युट अफ कोरियान ल्याङ्गोयज र उत्तर कोरियाको ल्याङ्गोयज इन्सिच्ट्युट यस भाषाका संस्थाहरू हुन् ।
प्रकार
[सम्पादन गर्नुहोस्]hanguk
व्याकरण
[सम्पादन गर्नुहोस्]कोरियाली भाषा कर्ता-कर्म-क्रिया हुने भाषा हो । भाषा प्रयोगका लागि क्रिया नै पुग्दो हुन्छ । वाक्यमा (म, तिमी) जस्ता सर्वनामहरूको प्रयोग कमै गरिन्छन् । वचन, लिङ्ग, विभक्तिका कोरियाली भाषामा छैनन् ।
कोरियाली भाषामा सम्मानार्थ क्रियाको अन्तिममा त्यही स्वरुप दिई बोलिन्छन् । नेपाली भाषामा जस्तै सम्मानार्थ (दाजु, दिदी...) जस्ता शब्दका प्रयोग हुन्छन् । वाक्य आदारार्थ स्वरुप बोलिन्छन् ।
लिपि
[सम्पादन गर्नुहोस्]यहाँ कोरियाली वर्णमाला दिइएका छन् :
हङ्गुल | ㅂ | ㄷ | ㅈ | ㄱ | ㅃ | ㄸ | ㅉ | ㄲ | ㅍ | ㅌ | ㅊ | ㅋ | ㅅ | ㅎ | ㅆ | ㅁ | ㄴ | ㅇ | ㄹ |
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
नेपाली | प | त | च | क | प् | त् | च् | क् | फ | थ | छ | ख | स | ह | स् | म | न | अं | र / ल |
RR | b | d | j | g | pp | tt | jj | kk | p | t | ch | k | s | h | ss | m | n | ng | r, l |
IPA | p | t | t͡ɕ | k | p͈ | t͈ | t͡ɕ͈ | k͈ | pʰ | tʰ | t͡ɕʰ | kʰ | s | h | s͈ | m | n | ŋ | ɾ, l |
हङ्गुल | ㅣ | ㅔ | ㅚ | ㅐ | ㅏ | ㅗ | ㅜ | ㅓ | ㅡ | ㅢ | ㅖ | ㅒ | ㅑ | ㅛ | ㅠ | ㅕ | ㅟ | ㅞ | ㅙ | ㅘ | ㅝ |
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
नेपाली | इ | ए | ओए | ऐ | आ | ओ | उ | एओ | अ | यी | ये | यै | या | यो | यु | यौ | वी | वे | वै | वा | वो |
RR | i | e | oe | ae | a | o | u | eo | eu | ui | ye | yae | ya | yo | yu | yeo | wi | we | wae | wa | wo |
IPA | i | e | ø | ɛ | a | o | u | ʌ | ɯ | ɰi | je | jɛ | ja | jo | ju | jʌ | ɥi | we | wɛ | wa | wʌ |
शब्द
[सम्पादन गर्नुहोस्]कोरियाली शब्दहरू मुख्य रूपमा क, ल, म, न, ङ, प, त जस्ता व्यञ्जनमा अन्त हुन्छन् । अङ्ग्रेजी जस्ता बाह्य शब्दहरू आगन्तुक हुन आएमा इयु (ㅡ) थपिने गरिन्छ । जस्तै 'त' मा अन्त हुने अङ्ग्रेजी शब्दलाई तिउ बनाई उच्चारण गरिन्छ । अङ्ग्रेजी 'फ' मा अन्त हुने शब्दहरूलाई 'प' मा अन्त गरिन्छ ।
उत्तर र दक्षिण कोरियामा भिन्नता
[सम्पादन गर्नुहोस्]दक्षिण कोरिया र उत्तर कोरियामा उच्चारण, व्याकरण, शब्दगत भिन्नताहरू पाइन्छन् ।[३]
दक्षिण कोेरियामा अङ्ग्रेजी भाषाहरूबाट शब्दहरू विकास हुँदै गएका पाइन्छन् भने उत्तर कोरियामा रसियाली शब्दको प्रवेश वा नयाँ शब्दहरू विकास गरिएका पाइन्छन् ।
भाषा अध्ययन
[सम्पादन गर्नुहोस्]अरेबिक, चिनियाँ, जापानीसँगै कोरियाली भाषालाई अध्ययनका लागि कठिन भाषा मानिन्छ ।[४] जापानी भाषीहरूलाई भने कोरियाली भाषा सजिलो हुने बताइन्छ ।[५]
कोरियाली भाषा जाँचका लागि मुख्य रूपमा KLPT र TOPIK जाँच रहेका छन् । TOPIK सन् १९९७बाट सुरुवात गरिएको थियो र २२७४ जाना व्यक्तिहरूले परीक्षा दिएका थिए, हालसम्म एक लाख भन्दा बढी व्यक्तिले TOPIK भाषा परीक्षा दिई सकेका छन् ।[६]
नेपालमा
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ ह्यामरस्ट्रोम, ह्याराल्ड; फोर्केल, रोबर्ट; हास्पेलमाथ, मार्टिन, सम्पादकहरू (२०१७), "Korean", ग्लोटोलग ३.०, जेना, जर्मनी: मानव इतिहासको विज्ञानको लागि म्याक्स प्लांक संस्थान।
- ↑ Summary by language size, table 3।.
- ↑ Kanno, Hiroomi (ed.) / Society for Korean Linguistics in Japan (1987). Chōsengo o manabō (『朝鮮語を学ぼう』), Sanshūsha, Tokyo. ISBN 4-384-01506-2
- ↑ "Languages", United States Department of State, अन्तिम पहुँच २०१६-०५-२७।
- ↑ Fujita-Round, Sachiyo; John C. Maher (२००७), Language Education Policy in Japan, "Language policy and political issues in education", Encyclopedia of Language and Education (United States: Springer), पृ: 393–404, आइएसबिएन 978-0-387-32875-1।
- ↑ "Korean language test-takers pass 1 mil.", The Korea Times, अन्तिम पहुँच २५ जनवरी २०१३।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- Korean phrasebook विकियात्रामा यात्रा सहयोगी