सामग्रीमा जानुहोस्

खासी जाति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
खासी जनजाति
खासी बच्चा
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू
मेघालय (भारत): 1,250,000
असम (भारत): 29,000
पश्चिम बङ्गाल, मिजोरम, महाराष्ट्र, त्रिपुरा, तमिलनाडु, अरुणाचल प्रदेश, अण्डमान र निकोबार (भारत): 3,100
बङ्गलादेश: 29,000[]
भाषाहरू
खासी भाषा
धर्महरू
ईसाई, हिन्दू, मुस्लिम, सर्वात्म

खासी (या खासिया, या खासा) एक जनजाति हो, जो भारत को मेघालय, असम तथा बङ्गलादेश का केहि भू-भागमा गर्दै आएका छन् । खासी भाषीहरु पहाडमा बसोबास गर्ने जनजाती हुन् । यिनीहरूको छालाको रंग कालो मिश्रित पहेलो, नाक च्याप्टो, मुख चौडा हुने गर्दछ । यिनीहरु हस्टपुस्ट तथा स्वभावत: परिश्रमी हुने गर्छन । स्त्री तथा पुरुष दुवै टाउकोमा कपाल लामो लामो राख्ने गर्छन ।

खासीहरूको विशेषता उनका मातृसत्तात्मक परिवार हो । विवाह भए पछि लोग्ने आफ्नो ससुरालीमा रहने गर्छन । परम्परा अनुसार पुरूष को विवाहपूर्व कमाई मा मातृपरिवार को र विवाह पछि कमाई मा पत्नीपरिवार को अधिकार रहने गर्दछ । वंशावली नारीबाट चल्ने गर्दछ र सम्पत्तिको स्वामित्व पनि उनकै हुने गर्दछ । संयुक्त परिवार को संरक्षिका कान्छी छोरी हुन् गर्छिन ।

खासी केटाकेटी (१९४४)
खासी पुरुष पारम्परिक नृत्य (Shad Suk Mysiem) गर्न लागेका
खासी परिवेश (सिलहट, बङ्गलादेश)


खासीहरु किसान हुन् र धान का अतिरिक्त नरिवल, पान तथा सुपारी को उत्पादन पनि गर्ने गर्छन । यिनीहरु कपडा बुन्न कतिपनि न जान्ने भएकाले यसको आपूर्ति बाहिरबाट गर्ने गर्छन।

खासिया विभिन्न शाखाहरूमा बिभाजन रहेका छन् । खासी, सिंतेंग, वार र लिंग्गम उनका चार मुख्य शाखाहरु हुन्। यिनीहरु बीच परस्पर बिबाह सम्बन्ध हुने गर्छ । आफ्नो कुल र नजिकको सम्बन्ध भएकोसँग बिबाह सम्बन्ध निषेधित रहेको छ ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]