ढाँचा:Portal:Government of India/Intro
भारत सरकार संघीय ससदीय प्रजातान्त्रिक प्रतिनिधित्व र गणतन्त्रको रुपरेखामा संचालित हुन्छ, जसमा प्रधान मन्त्री सरकारका प्रमुख हुन्छन्. यो व्यवस्था संविधानद्वारा मिति २६ जेनवरी १९५० का दिन लागू भएको हो अनि २८ वटा राज्यहरु र केन्द्र शासित राज्यहरुको संघीय संघको अभिशासन हो। यसको राष्ट्रीय राजधानी नयाँ दिल्ली हो। सामूहिक रूपमा, यसलाई संघीय संघ भनिन्छ गणतन्त्र भारत भनिन्छ।
भारत सरकारका विधायिका, कार्यपालिका र न्यायपालिका अंगहरु छन्। कार्यपालिकामा संसदहरु (लोक सभा र राज्य सभा) छन् भनें राष्ट्रपति उपराष्ट्रपति प्रधान मन्त्री र मन्त्रीमण्डल कार्यपालिका अन्तर्गत पर्छन्। न्यायपालिका शाखा विधायी र कार्यकारी शाखाहरुदेखि स्वतन्त्र छ। सुप्रीम कोर्टमा मुख्य न्यायाधीश प्रमुख हुन् र २५ सहयोगी न्यायाधीशहरु छन्। संघीय सरकार र सबै राज्य सरकारहरु आम कानुन र वैधानिक कानुनमा आधारित प्रणालीका अधीन छन् र भारत अनिवार्य रुपमा धेरैवटा आरक्षणमा अन्तरराष्ट्रीय न्यायालयको क्षेत्राधिकारलाई स्वीकार गर्दछ।