सामग्रीमा जानुहोस्

बङ्गलादेश सरकार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बङ्गलदेश सरकार
बङ्गाली: বাংলাদেশ সরকার
·
राष्ट्रिय प्रतीक · राष्ट्रिय सिलमोहर
अवलोकन
स्थापना१० अप्रिल १९७१; ५३ वर्ष पहिले (१९७१-०४-10)
राज्यजनवादी गणतन्त्र बङ्गलादेश
शीर्ष नेताप्रमुख सल्लाहकार (अन्तरिम)
नियुक्तिकर्ताबङ्गलादेशको राष्ट्रपति
मुख्य अङ्गबङ्गलादेशको मन्त्रिपरिषद्
मन्त्री४३ मन्त्रालय, ३५३ विभाग र निर्देशनालय
जिम्मेवारजातीय संसद
वार्षिक बजेट ६,७८,०६४ करोड
प्रधान कार्यालयबङ्गलादेश सचिवालय, ढाका
वेबसाइटbangladesh.gov.bd

जनवादी गणतन्त्र बङ्गलादेशको सरकार (बङ्गाली: গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার) बङ्गलादेशको केन्द्रीय कार्यकारी सरकार हो। बङ्गलादेशको संविधानअनुसार राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रिपरिषद्ले प्रतिनिधित्व गर्ने कार्यकारी सहितको सरकार गठन गरिन्छ। विधायिकाको प्रतिनिधित्व राष्ट्रिय संसद र न्यायपालिकाले गरेको हुन्छ जसको प्रतिनिधित्व सर्वोच्च अदालतले गर्दछ। बङ्गलादेश एकात्मक राज्य हो र केन्द्रीय सरकारलाई राष्ट्रको सम्पूर्णतामा शासन गर्ने अधिकार छ।[] बङ्गलादेशको सरकार बङ्गलादेशका प्रधानमन्त्रीद्वारा सञ्चालित छ भने प्रधानमन्त्रीकै मातहतमा मन्त्रीहरूको चयन गरिन्छ। मन्त्रिपरिषद्को नामले चिनिने प्रधानमन्त्री सहितका अन्य मन्त्रीहरू सर्वोच्च निर्णय गर्ने समितिका सदस्यहरू हुन्। बङ्गलादेश सरकारको आसन राजधानी ढाकामा अवस्थित छ।[][][]

सन् १९७१ मा अस्थायी सरकार गठन भएर अन्तरिम संविधान पारित भएपछि बङ्गलादेशमा शासन प्रणाली कम्तीमा पाँचपटक परिवर्तन भएको छ। बङ्गलादेशको वर्तमान शासन प्रणाली संसदीय प्रणाली हो। यस प्रणालीमा सरकारको मुख्य अधिकार प्रधानमन्त्रीमा निहित हुन्छ। बहुदलीय लोकतान्त्रिक व्यवस्थामा राष्ट्रिय संसद्का सदस्यहरू जनताबाट प्रत्यक्ष निर्वाचित हुन्छन् भने कार्यकारी अधिकार सरकारमा निहित हुन्छ। राष्ट्रिय सभामा कानुन निर्माण हुन्छ। बङ्गलादेशको संविधान १६ डिसेम्बर १९७२ मा जारी गरिएको थियो र हालसम्म यसमा १७ वटा संशोधनहरू थपिएका छन्। कार्यकारी सरकारको नेतृत्व प्रधानमन्त्रीले गरिरहँदा बाँकी सबै मन्त्रीहरूको चयन पनि प्रधानमन्त्रीकै मातहतमा हुने गर्दछ। प्रधानमन्त्री र अन्य वरिष्ठ मन्त्रीहरू सर्वोच्च निर्णय गर्ने समितिमा पर्दछन्, जसलाई मन्त्रिपरिषद् भनिन्छ। शेख हसिनाको राजिनामापछि वर्तमान अन्तरिम सरकारको नेतृत्व डाक्टर मुहम्मद युनुसले गरेका छन्।[] []

कार्यालय प्रमुख

[सम्पादन गर्नुहोस्]
मुख्य पदाधिकारीहरू
कार्यालय नाम दल देखि
बङ्गलादेशको राष्ट्रपति मोहम्मद साहाबुद्दिन अवामी लिग २४ अप्रिल २०२३
सल्लाहकार मुहम्मद युनुस स्वतन्त्र ६ अगस्ट २०२४
सभामुख पदशुन्य ६ अगस्टदेखि पदशुन्य
प्रधान न्यायाधीश सैयद रिफात अहमद निरपेक्ष ११ अगस्ट २०२४

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Article 1", Legislative and Parliamentary Affairs Division, Ministry of Law, Justice and Parliamentary Affairs, १९७२-११-०४, अन्तिम पहुँच २०२१-०७-२३ 
  2. "Part VI: The Executive", Legislative and Parliamentary Affairs Division, Ministry of Law, Justice and Parliamentary Affairs, १९७२-११-०४, अन्तिम पहुँच २०२१-०७-२३ 
  3. "Part V: The Legislature", Legislative and Parliamentary Affairs Division, Ministry of Law, Justice and Parliamentary Affairs, १९७२-११-०४, अन्तिम पहुँच २०२१-०७-२३ 
  4. "Part VI: The Judiciary", Legislative and Parliamentary Affairs Division, Ministry of Law, Justice and Parliamentary Affairs, १९७२-११-०४, अन्तिम पहुँच २०२१-०७-२३ 
  5. "Nasim swipes at Khaleda"। bdnews24.com। जुलाई १८, २०११। सङ्ग्रह मिति ४ अगस्ट २०११ 
  6. Constitutional amendments, बाङ्लापिडिया