"धातु" का संशोधनहरू बिचको अन्तर
सा r2.7.1) (रोबोट ले परिवर्तन गर्दै: oc:Metal |
सा r2.7.2) (रोबोट ले परिवर्तन गर्दै: lv:Metāli |
||
पङ्क्ति ११४: | पङ्क्ति ११४: | ||
[[lmo:Metal]] |
[[lmo:Metal]] |
||
[[lt:Metalai]] |
[[lt:Metalai]] |
||
[[lv: |
[[lv:Metāli]] |
||
[[mg:Metaly]] |
[[mg:Metaly]] |
||
[[mk:Метал]] |
[[mk:Метал]] |
०७:४०, ५ मार्च २०१२ जस्तै गरी पुनरावलोकन
यो पृष्ठ सम्पादन कार्य भैरहेको छ।
रसायनशास्त्र को अनुसार धातु त्यो तत्व हो जुन सरलता पूर्वक इलेक्ट्रोन त्याग गरेर धनायन बनाउन सक्तछ र परमाणु सँग धात्विक बन्ध बनाउँछ।
सामान्यतः धातु चम्किलो, प्रत्यास्थ, आघातवर्धनीय र साह्रो हुन्छ। धातु ताप र विद्युत को सुचालक हुन्छ जवकी अधातु सामान्यतः खस्रो, चमकहीन र विद्युत तथा तापको कुचालक हुन्छ।
सुन, चाँदी, फलाम, तामा, पित्तल, टीन, निकल, प्लाटिनम, यूरेनियम, आदि दैनिक जीवनमा प्रयोग हुने धातुहरू हुन्।
रासायनिक गुण
धातु प्रायः रसायनिक रूप बाट क्रियाशील हुन्छ। हावामा अक्सिजन सँग संयोग गरेर यसले धात्विक अक्साईड बनाउँछ । सबैभन्दा बढी क्रियाशील अल्कली धातु (सोडियम, लिथियम, पोटेशियम - वर्ग I को धातु) हुन्छ। त्यसपछि अल्काली धातु (ब्यारेलियम, म्याग्नेशियम, क्याल्शियम - वर्ग II का धातु) पर्दछन्। उदाहरणार्थ -
- 4Na + O2 → 2Na2O (सोडियम अक्साईड)
- 2Ca + O2 → 2CaO (क्याल्सियम अक्साईड )
- 4Al + 3O2 → 2Al2O3 (अल्यूमिनियम अक्साईड)
संक्रमण धातुको का अक्सिकरण अपेक्षाकृत ढीलो हुन्छ। धात्विक अक्साईडले धातुमा एक तह पैदा गर्दछ - जस्तो कि फलाममा खिया लाग्नु । धात्विक अक्साईड क्षारीय हुन्छ जबकि अधात्विक अक्साईड मुख्यतया अम्लीय हुन्छ ।
हेलोजन सँग प्रतिक्रिया गरेर धातुले धात्त्विक लवण बनाउँछ। उदाहरणार्थ -
- 2Na + Cl2 → 2NaCl (सोडियम क्लोराइड - साधारण नमक)
- Ca + Cl2 → CaCl2 (क्याल्शियम क्लोराइड )
- 2Li + F2 → 2LiF (लिथियम फ्लोराइड )
अधिक क्रियाशील धातु पानिसँग प्रतिक्रिया गरेर क्षार बनाउँछन्। र हाइड्रोजन ग्यास मुक्त गर्छन् ।
- 2Na + 2H2O → 2NaOH + H2
कम क्रियाशील धातु साधारण ताप मा पानिसँग प्रतिक्रिया गर्दैनन् तर तातो अवस्थामा बाफ सँग प्रतिक्रिया गरेर धात्विक अक्साईड बनाउँछन् ।
- Mg + H2O → MgO + H2
- Zn + H2O → ZnO + H2
अम्ल सँग प्रतिक्रिया गरेर धातुले लवण बनाउँछ र हाईड्रोजन ग्यास मुक्त गर्दछ। -
- Mg + H2SO4 → MgSO4 + H2
भौतिक गुण
धातु आघातवर्धनीय हुन्छ- यसलाई घनले पीटेर लामो वा चेप्टो बनाउन सकिन्छ। यसलाई तन्काएर तार बनाउन पनि सकिन्छ। अधातुमा यो गुण हुँदैन । उदाहरणार्थ फस्फोरसलाई जतिसुकै तन्काएपनि तारको रूपमा ढाल्न सकिँदैन। धातुको घनत्त्व पनि धेरै हुन्छ र यसमा एक प्रकारको चमक हुन्छ त्यसलाई धातुजन्य चमक भनिन्छ।