शेख अबुलकलाम आजाद
शेख अबुलकलाम आजाद | |
---|---|
प्रदेश सभाको सदस्य | |
पद बहाली १० डिसेम्बर २०१७ | |
गाविस अध्यक्ष गम्हरिया, रौतहट | |
कार्यकाल १९९७–२०१७ | |
पूर्वाधिकारी | शेख तबारक |
व्यक्तिगत विवरण | |
जन्म | गम्हरिया, रौतहट, नेपाल |
राजनीतिक दल | स्वतन्त्र राजनीतिज्ञ |
शेख अबुलकलाम आजाद (प्रसिद्ध नाम: फूल बाबु) नेपाली राजनीतिज्ञ, समाज सेवी, रौतहट प्रदेश सभा निर्वाचन क्षेत्र ४ (ख) को सदस्य[१] तथा पूर्व गाविस अध्यक्ष हुन् ।
प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]शेख अबुलकलाम आजादको जन्म रौतहटको गम्हरियामा भएको हो ।
स्थानीय निर्वाचन, २०५४
[सम्पादन गर्नुहोस्]शेख अबुलकलाम आजादले वि.स. २०५४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा[२] रौतहट गाविस गम्हरियाबाट अध्यक्ष पद मा चुनाव जितेका थिए । उनले नेकपा एमालेका शेख दाउदलाई हराएका थिए ।
स्थानीय तह निर्वाचन, २०७४
[सम्पादन गर्नुहोस्]शेख अबुलकलाम आजादले वि.स. २०७४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा रौतहट गढीमाई नगरपालिकाबाट मेयर पद मा नेपाली कांग्रेसका श्याम यादव सँग झिनो मत ले पराजित भएका थिए । [३]।
प्रदेशसभा निर्वाचन, २०७४
[सम्पादन गर्नुहोस्]शेख अबुलकलाम आजादले वि.स. २०७४ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा रौतहट प्रदेशसभा निर्वाचन क्षेत्र ४ (ख)बाट स्वतन्त्र राजनीतिज्ञको रूपमा चुनाव जितेका छन् । उनले नेकपा एमालेका नागेन्द्र यादवलाई ४,३५६ मतअन्तरले हराएका थिए ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "रौतहट : प्रदेश २ - प्रदेशसभाको निर्वाचन २०७४ विवरण तथा नतिजा", अन्तिम पहुँच २०१८-०१-०६।
- ↑ "रौतहट : स्थानीय तह निर्वाचन, २०५४ विवरण", अन्तिम पहुँच २०१८-०१-०६।
- ↑ "रौतहट : प्रदेश २ - स्थानीय तह निर्वाचन, २०७४ विवरण तथा नतिजा", अन्तिम पहुँच २०१८-०१-०६। वेब्याक मेसिन अभिलेखिकरण २०१८-०१-०४ मिति