ज्वालामुखी गाउँपालिका
Jwalamukhi
ज्वालामुखी | |
---|---|
नेपालमा गाउँपालिका | |
निर्देशाङ्क: २७°३८′४३.३″उ॰ ८४°३४′३.६८″पू॰ / २७.६४५३६१°N ८४.५६७६८८९°Eनिर्देशाङ्कहरू: २७°३८′४३.३″उ॰ ८४°३४′३.६८″पू॰ / २७.६४५३६१°N ८४.५६७६८८९°E | |
देश | नेपाल |
विकास क्षेत्र | केन्द्रीय |
जिल्ला | धादिङ |
प्रदेश | बागमती प्रदेश |
गाउँपालिका | ज्वालामुखी |
क्षेत्रफल | |
• जम्मा | ११४.०४ किमी२ (४४.०३ वर्ग माइल) |
जनसङ्ख्या (२०१७)[१] | |
• जम्मा | २३९६६ |
• घनत्व | २१०/किमी२ (५४०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+०५:४५ (नेप्रस) |
क्षेत्रीय सङ्केत | ०१० |
ज्वालामुखी केन्द्रीय नेपालको बागमती अञ्चलको धादिङ जिल्लाको एक गाउँपालिका (पहिले: गाउँ विकास समिति) हो।[२]
संघिय गणतान्त्रिक नेपालको बागमती प्रदेश स्थित धादिङ जिल्लाको सदरमुकाम धादिङवेसीदेखि करिब ११ कि.मि. को दुरीमा केन्द्र रहेको यस गाउँपालिका साविकका चार गा.बि.स.चैनपुर, खरी, ढोला र मैदी मिलि घोषणा भएको यस गाउँपालिकामा हाल ७ वटा वडाहरु रहेका छन् । पूर्ब तर्फ निलकण्ठ नगरपालिका, पश्चिम तर्फ गोरखा जिल्ला, उत्तर तर्फ निलकण्ठ नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिका र दक्षिण तर्फ सिद्धलेक गाउँपालिका अबस्थित छ । यस ज्वालामुखी गाउँपालिकाको जनसंख्या गाउँपालिकाको पार्श्वचित्र अनुसार ३२९२२ रहेको छ भने क्षेत्रफल ११४.५ वर्ग कि.मि. रहेको छ ।साथै कुल घरभुरी संख्या करिब ५७३० रहेको छ। भौगोलिक हिसाबले सदरमुकाम देखि निकट रहेको यस गाउँपालिका क्षेत्र भित्रको कुनै पनि भु–भाग विकट अबस्थामा रहेको देखिदैन । भुगोलका हिसाबले यस गाउँपालिकाको नक्सा गोलाकार रहेको छ । गाउँपालिका स्तरीय कुनै पनि सडक कालो पत्रे भएको नभएता पनि गाउँपालिका अन्तरगतका सबैवडा कार्यालयहरु सम्म कच्ची मोटर बाटोको सुबिधा पुगेको छ । पशुपालन ब्यबसायका दृष्टिले बाख्रा पालन ब्यबसायको सम्भावना मजबुत देखिन्छ भने अन्य पशुपालनको पनि सम्भावना त्यत्तिकै रहेको देखिन्छ । कृषि ब्यबसाय तर्फ खाद्य बालिमा धान, मकै, कोदो र गहुँ उत्पादन हुन्छ भने अन्य बाली तर्फ अदुवा, पिँडालु र मौरी पालनको पनि उत्तिकै सम्भावना रहेको छ । राजनैतिक हिसाबले जिल्लाका विर्वाचन क्षेत्र मध्ये यस गाउँपालिकाका सबै वडाहरु निर्वाचन क्षेत्र २ अन्तरगत पर्दछ । यस गाउँपालिकाको सामिप्यमा रहेरका नेत्रावति र बुढिगण्डकीको अविरल बहावका कारण बुढिगण्डकीको सौदर्यता, चरन क्षेत्र,पर्यटकीय हिसाबले निकटबाट नियाल्न सकिने पाविल हिमाल, गणेश हिमाल र टारहरुको मनमोहक दृश्य तथा संस्कृतिका रुपमा रहेका जलमूखिमाइ, ढोला मण्डली, मैदी कोट, खरि कोट र चैनपुर कोट जस्ता धार्मिक, पुरातात्विक एबं पर्यटकिय प्रचुर सम्भावना बोकेको छ । जिल्ला स्थित टारहरु मध्ये पिपलटार जिल्लाकै महत्वपूर्ण टार मानिन्छ । साथै अत्याधुनिक प्रविधि एबं जलासययूक्त राष्टिय गौरबको बुढिगण्डकी जलविधुत आयोजनाले प्रबाभित एबं डुवान मध्ये यस ज्वालामूखी गाउँपालिकाको वडा नं. १ , ५ र ७ पर्दछन । साथै उक्त योजना सम्पन्न पश्चात संकलित जलासयमा जलयात्राको ब्यबस्थापन गरि गाउँपालिकाको आन्तरिक आय बृद्धि हुने सम्भवना देखिन्छ ।
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "MOFALD List of Gaupalika" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-०६-०२।
- ↑ "यसरी २ नगर र ११ गाउँपालिकामा बाँडिनेभयो धादिङलाई (स्पष्ट नक्सासहित)", Sajhapost, Nov ११, २०१६। वेब्याक मेसिन अभिलेखिकरण जुलाई ३, २०१९ मिति