कानून

नेपाली विकिपीडियाबाट
(कानुन बाट पठाईएको)
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
यो लेख वा खण्ड नेपाली भाषामा नभएर अर्को भाषामा लेखिएको छ।
यसलाई नेपाली भाषामा उल्था गर्न आवश्यक छ।
यसलाई नेपालीमा उल्था गर्नुहोस। नेपालीमा लेख्ने तरिका हेर्न यहाँ क्लिक गर्नुहोस्।
न्यायको देवीले कानूनी शासनको तीन प्रतिक सजिएको ईश्वरको रूपमा न्यायको प्रतीनीधीत्व गर्दछ, तरवाले अदालतको बाध्यकारी शक्ति प्रतिकता दिन्छ , तराजुले प्रतिस्पर्धी दावीको नाप जोखको प्रतिनिधित्व गर्दछ र आखामा छोपाईले निस्पक्षता संकेत गर्दछ।।[१]

कानून[२] सामान्यतया: संस्थाहरूकोको एक समुहको माध्यमबाट लागू हुने नियमहरूको एक प्रणाली हो। [३] यसले बिभिन्न बाटोहरूमा राजनीति, अर्थव्यवस्थासमाजको आकार लिन्छ र मानिसहरूको बीचको संबंधमा अग्रणी सामाजिक मध्यस्थको रूपमा कार्य गर्दछ। ३५० ईसा पूर्वको लेखनमा,ग्रीक दार्शनिक एरिस्टोटलले घोषणा गरे , "कानूनको शासन कुनै पनि व्यक्तिको शासनभन्दा राम्रो हुन्छ। ."[४]

वास्तबमा कानून के हो भनेर किटेर एउटै परिभाषा गर्नु कठिन मात्र हैन असान्दर्भिक पनि हुन्छ । समाजशाश्त्रीय दृष्टिबाट हेर्ने हो भने कानूनले सामाजिक गतिविधियको एक विस्तृत विविधतालाई नियमितता गर्दछ। करार कानूनले व्यापार गर्नको लागि मूल बाजारबाट एक बसको टिकट किन्नेदेखि सबै कुरा नियन्त्रित गर्दछ। सम्पत्ति कानूनले व्यक्तिगत र वास्तविक सम्पत्तिको मालिकपन र स्थानांतरणसँग सबन्धित अधिकार र दायित्वको परिभाषा गर्दछ। दुस्कृति कानून लगानी र वित्तीय सुरक्षाको लागि लिईएको सम्पत्तिमा लागु हुन्छ, जबकि दुस्कृति कानूनले क्षतिपुर्तीको लागि दवीलाई अनुमती दिन्छ, यदि कुनै व्यक्तिको अधिकार वा सम्पत्तिमा हानी पुग्दछ। यदि हानी नोक्सानी दण्ड संहितामा अपराध घोषित गरीएको छ भने फौजदारी कानूनले उपाय प्रदान गर्दछ जुन उपायद्वारा राज्यले दोषी व्यक्तिलाई मुद्दा चलाउन सक्दछ। संवैधानिक कानूनले कानून निर्माण, मानव अधिकारको संरक्षण र राजनैतिक प्रतिनिधिहरूको चुनावको लागि एक रूपरेखा प्रदान गर्दछ। प्रशासनिक कानून सरकारी विभागको फैसला समीक्षा गर्नको लागि प्रयोग गरीन्छ , जबकि अन्तर्राष्ट्रिय कानूनले व्यापार वातावरण नियमिततादेखि वा सैन्य कार्रवाईसम्मको गतिविधिमा सार्वभौम राष्ट्र राज्यहरूको बीचको मामिला नियमित गर्दछ।

कानून प्रणालीले विभिन्न तरीकबाट अधिकार र जिम्मेदारिहरूको विस्तृत व्याख्या गर्दछन। सिविल ल क्षेत्राधिकारकमन ल प्रयोग गर्ने व्यवस्था व्यवस्था बिच प्रायजसो एउटा आधारभुत बिभाजन गरीएको छ। केही देशमा, धर्मले कानूनलाई सुचित गर्दछ। विद्वानहरूले कानूनी इतिहासदर्शन वा अर्थशास्त्रसमाजशास्त्र जस्ता सामाजिक विज्ञान सहित धेरै दृष्टिकोणबाट कानूनको प्रकृतिको खोजबिन गर्दछन। कानूनको यस अध्ययनबाट समानता, स्वच्छता, स्वतन्त्रतान्यायसँग सम्बन्ध राख्ने महत्वपूर्ण र जटिल मुद्दाहरू उठदछ। "आफ्नो राजसी समानता" मा, १८९४मा लेखक अनातोली फ्रान्सले भनेका छ्न , "यो कानूनले धनी र गरीब जस्तालाई पुल मुनी सुत्न, सडकमा भीख माग्न, र रोटीको टुक्रा चोरी गर्न रोक्दछ।"[५] व्याख्या गर्ने र कानून बनाउने केन्द्रीय संस्थानहरू भनेको सरकारको तीन मुख्य विभागहरू हुन,, जस्तो कि निष्पक्ष न्यायपालिका, लोकतांत्रिक विधायिका, जवाफदेही कार्यपालिका। कानून कार्यन्वयन र लागु गर्नको लागि र जनतालाई सेवा प्रधान गर्न, सरकारको कर्मचारीतन्त्र, सेना र पुलिस महत्वपूर्ण छन। जबकी यि सबै राज्यका अंगहरू कानूनद्बारा निर्मित र वाध्य हुने जिव हुन, स्वतन्त्र कानून व्यबसाय र एक स्पन्दनशील नागरिक समाजले त्यसको प्रगतिको समर्थन र सुचीत गर्दछन।

कानूनी विषयहरू[सम्पादन गर्ने]

सबै कानूनी प्रणालीले केही मुल बिषयमा छलफल गर्दछन, तर प्रत्येक देशले भिन्ना भिन्नै किसिममा उनिहरूको कानूनी विषयलाई बर्गिकारण र पहिचान गराउदछन। तर सामान्य भिन्नता "सार्वजनिक कानून" ( राज्यसंगै नजीक सम्बन्धित शब्द र प्रशासनिक, संवैधानिक और फौजदारी कानून संलग्न छन ), र "निजी कानून" ( जसले करार,दुस्कृति र सम्पत्ति समेट्दछ) बिचको हो।[६] सिविल ल प्रणालिमा, करार दुस्कृति दायित्वको कानून अन्तर्गत , जबकि र गुठीको कानून ऐनको शासन वा अन्तर्राष्ट्रिय महासन्धी अन्तर्गत व्यबहार गरीन्छ। अन्तराष्ट्रिय, संवैधानिक र प्रशासनिक कानून, फौजदारी कानून, करार, दुस्कृति, सम्पत्ति कानून कानून र गुठीको कानूनहरू "पारंपरिक मुख्य विषय"को रूपमा मानिन्छ। [७] जबकी त्यहाँ अरु धेरै विषयहरू छन्, जो धेरैको व्यावहारिक महत्वको हुन सक्छ।

अन्तराष्ट्रिय कानून[सम्पादन गर्ने]

सार्वजनिक अन्तराष्ट्रिय कानूनको लागि लिखित कानून विकास गर्न दोस्रो विश्व युद्दको समयमा संयुक्त राष्ट्र संघको व्यवस्था सहमत भयो।

अन्तरराष्ट्रिय कानूनले दुई कुरा सिफारीस गर्दछ: सार्वजनिक अन्तरराष्ट्रिय कानून र निजी अन्तर्राष्ट्रिय कानून वा कानूनको बिबाद।

  • सार्वजनिक अन्तरराष्ट्रिय कानूनले सर्वभौम राज्यहरू बीचको सम्बन्धमा सरोकार राख्दछ। परम्परा, जेनेभा महासन्धी जस्ता सर्बभौम राष्ट्रहरू बिचको व्यबहार र संन्धी सार्वजनिक अन्तर्राष्ट्रिय कानूनको विकासको लागि स्रोत हुन। सार्वजनिक अन्तर्राष्ट्रिय कानून संयुक्त राष्ट्र संघ (जुन दोस्रो विश्व युद्ध रोक्न लीग अफ नेशंस की विफलता पछि स्थापना गरीएको थियो)[८] अन्तरराष्ट्रिय श्रम संगठन वा विश्व व्यापार संगठन, वा अन्तरराष्ट्रिय मुद्रा कोषजस्ता सार्वजनिक अन्तराष्ट्रिय संगठनले निर्माण गर्न सक्दछ्न। सार्वजनिक अन्तर्राष्ट्रिय कानूनको कानूनको रूपमा बिशेष स्थान छ किन भनें त्यहाँ कुनै अन्तर्राष्ट्रिय पुलिस बल छैन र अदालत(जस्तो कि अन्तराष्ट्रिय न्यायलय संयुक्त राष्ट्र संघ प्राथमिक न्यायिक संयुक्त राष्ट्र के अंगको रूपमा ) लाई अवज्ञा नमान्नेलाई दण्डित क्षमताको अभाब छ। [९] जबकी,विश्व व्यापार संगठन जस्ता केही निकायहरूसंग, व्यापार प्रतिबंधले भरोसा दिईएको बाध्यकारी मध्यस्थता र विवाद समाधानको प्रभावी प्रणाली व्यापार छ। [१०]
  • निजी अन्तर्राष्ट्रिय कानूनले निजी पक्षहरू बीचको कानूनी विवाद कुन क्षेत्राधिकारमा सुनिनु पर्दछ र कुन क्षेत्राधिकारको कानून लागू गरीनु पर्दछ भन्ने कुरामा सरोकार राख्दछ। आजकल, व्यबसायहरू समुन्द्रपारको कारोबारसँग व्यापार गर्न साथसाथै, बढोतरी रूपमा पूंजीश्रम आपूर्ति श्रृंखला सीमा पार स्थानांतरण सक्षम छन्। न्युयोर्क महासन्धी १९५८.[११] अन्तर्गतको वाणिज्य मध्यस्ततामा निर्कोल गरिनु पर्ने व्यवसायहरूको संख्या बढदो छ।

संबैधानीक र प्रशासकिय कानून[सम्पादन गर्ने]

फ्रान्सको मानिस र नागरिकको अधिकारको घोषणापत्र, जसको सिध्दान्तको अहिले पनि संबैधानिक मुल्य छ।

संवैधानिक तथा प्रशासनिक कानूनले राज्यको मामिलाहरू सञ्चालन गर्दछ्न।

कार्यपालिका, विधायिका र न्यायपालिका एवं मानव अधिकार वा राज्यको बिरुध्द व्यक्तिहरूको नागरिक स्वतन्त्रता बीचको दुबै सम्बन्धमा संवैधानिक कानूनले सरोकार राख्दछ। अधिकांश न्यायालय, संयुक्त राज्य अमेरिकाफ्रान्स, जस्ता क्षेत्रधिकारहरूमा अधिकारको घोषणा पत्रसहितको साथ छुटै सहिताबद्द संविधान छ। संयुक्त अधिराज्य लगायत केहीमा त्यस्तो कागजात छैन। सामान्यतय "संविधान" ति कानूनहरू हुन, जसले ऐन, नजीरसवैधनीक परम्पराद्वारा राज्य संयन्त्रको गठन गर्दछ। ईन्ट्रीक विरुद्द क्यारिङ्गट्न (Entick v Carrington)[१२] भनीएको एउटा मुद्दाले कमन लबाट लिईएको एउटा संवैधानिक सिद्धांतको व्याख्या गरेको छ। शेरिफ क्यारिङ्गट्नद्वारा ईन्ट्रीक माहासयको के घर की तलाशी लिईएको थियो। जब ईन्ट्रीक माहासयले अदालतमा उजुर गरे, सरकारको एउटा मन्त्री ईअल्द हैलिफैक्स(Halifax)बाट भएको वारंट वैध अख्तियार थियो भनि शेरिफ क्यारिङ्गट्नले तर्क गरे। जबकी, त्यहाँ कुनै लिखित विद्यायिकी प्राबधान वा अदालती अख्तियार थिएन। नेतृत्वकर्ता न्यायाधीश, लर्ड काम्डेनले भनेका छन,

"समाजमा मानिस प्रवेश गर्नुको महान उद्देश्य उनहरूको सम्पत्ति सुरक्षित गर्नको लागि थियो। यो अधिकार सबै परिस्थितिमा पवित्र सञ्चार गर्न नमिल्ने स्थितिमा संरक्षण गर्नु पर्छ, जहाँ यसलाई सम्पूर्णको भलाईमा केही सार्वजनिक कानूनले दुर गर्ने वा संक्षिप्त गर्ने गरिएन। यदि कुनै क्षमा पाईदैन वा पेश गरिदैन भने कितावको सन्तपना प्रतिवादी बिरुद्दको अख्तियार हो। वादी सँग फैसला हुनै पर्छ।"[१३]

मौलिक संवैधानिक सिद्धान्त, जोन लकबाट प्रेरित है छ। उनले व्यक्तिले केही पनि गर्न सक्दछ, तर त्यो चाँही कानूनद्वारा मनाही गरिएको हुन सक्छ, राज्यले कुनै पनि काम गर्न सक्दैन कुछ तर त्यो चाँही कानूनद्वारा अख्तियारी दिएको हुन्छ।........। .[१४] प्रशासकिय कानून जनताको लागि राज्यको अंगलाई उत्तरदायी रूपमालागि सञ्चालन गर्ने मुख्य कार्यबिधी हो। स्थानिय निकाय, सार्वजनिक सेवा वा सरकारी मन्त्रालयहरूबाट गरिएको कारवाही वा निर्णयले कानूनलाई अनुसरण गर्दछन वा गर्दैनन भनि निश्चित गर्न न्यायिक पुनरावलोकन गर्नको लागि मानिसहरूले अनुरोध गर्न सक्छन। प्रथम विशेष प्रशासनिक अदालत कौन्सिल डिइटाट (Conseil d'État) १७९९मा स्थापान गरिएको थियो, जब नेपोलियनले फ्रान्समा सत्ता लिएका थिए। [१५]

फौजदारी कानून[सम्पादन गर्ने]

Criminal law (also known as penal law) pertains to crimes and punishment..[१६] It thus regulates the definition of and penalties for offences found to have a sufficiently deleterious social impact.[19] Investigating, apprehending, charging, and trying suspected offenders is regulated by the law of criminal procedure.[१७] The paradigm case of a crime lies in the proof, in the concept of beyond reasonable doubt, the judgement that a person is guilty of two things. First, the accused must commit an act which is deemed by society to be criminal, or actus reus (guilty act).[१८] Second, the accused must have the requisite malicious intent to do a criminal act, or mens rea (guilty mind). However for so called "strict liability" crimes, an actus reus is enough.[१९] Criminal systems of the civil law tradition distinguish between intention in the broad sense (dolus directus and dolus eventualis), and negligence. Negligence does not carry criminal responsibility unless a particular crime provides for its punishment.[२०]

नोट[सम्पादन गर्ने]

  1. Luban, Law's Blindfold, 23
  2. From Old English lagu "something laid down or fixed"; legal comes from Latin legalis, from lex "law", "statute" (Law, Online Etymology Dictionary; Legal, Merriam-Webster's Online Dictionary)
  3. Robertson, Crimes against humanity, 90; see "analytical jurisprudence" for extensive debate on what law is; in The Concept of Law Hart argued law is a "system of rules" (Campbell, The Contribution of Legal Studies, 184); Austin said law was "the command of a sovereign, backed by the threat of a sanction" (Bix, John Austin); Dworkin describes law as an "interpretive concept" to achieve justice (Dworkin, Law's Empire, 410); and Raz argues law is an "authority" to mediate people's interests (Raz, The Authority of Law, 3–36).
  4. n.b. this translation reads, "it is more proper that law should govern than any one of the citizens" (Aristotle, Politics 3.16).
  5. The original French is: "La loi, dans un grand souci d'égalité, interdit aux riches comme aux pauvres de coucher sous les ponts, de mendier dans les rues et de voler du pain" (France, The Red Lily, Chapter VII).
  6. Although many scholars argue that "the boundaries between public and private law are becoming blurred", and that this distinction has become mere "folklore" (Bergkamp, Liability and Environment, 1–2).
  7. E.g. in England these seven subjects, with EU law substituted for international law, make up a "qualifying law degree". For criticism, see Peter Birks' poignant comments attached to a previous version of the Notice to Law Schools.
  8. History of the UN, United Nations. Winston Churchill (The Hinge of Fate, 719) comments on the League of Nations' failure: "It was wrong to say that the League failed. It was rather the member states who had failed the League."
  9. The prevailing manner of enforcing international law is still essentially "self help"; that is the reaction by states to alleged breaches of international obligations by other states (Robertson, Crimes against Humanity, 90; Schermers-Blokker, International Institutional Law, 900–901).
  10. Petersmann, The GATT/WTO Dispute Settlement System, 32
  11. Redfem, International Commercial Arbitration, 68–69
  12. Entick v Carrington (1765) 19 Howell's State Trials 1030; [1765] 95 ER 807
  13. "Entick v Carrington", 19 Howell’s State Trials 1029 (1765), USA: Constitution Society 
  14. Locke, The Second Treatise, Chapter 9, section 124
    * Tamanaha, On the Rule of Law, 47
  15. Auby, Administrative Law in France, 75
  16. Cesare Beccaria's seminal treatise of 1763–1764 is titled On Crimes and Punishments (Dei delitti e delle pene).
  17. Brody, Acker and Logan, Criminal Law, 2
  18. See e.g. Brody, Acker and Logan, Criminal Law, 205 about Robinson v California, 370 U.S. 660 (1962).
  19. See e.g. Feinman, Law 111, 260–261 about Powell v Texas, 392 U.S. 514 (1968).
  20. Dörmann, Doswald-Beck and Kolb, Elements of War Crimes, 491
    * Kaiser, Leistungsstörungen, 333

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

अनलाईन स्रोतहरू[सम्पादन गर्ने]

वाह्य सेतु[सम्पादन गर्ने]

Lawको बारेमा विकिपिडियाका भातृ योजनाहरूमा खोज्नुहोस:

Definitions from Wiktionary
Textbooks from Wikibooks
Quotations from Wikiquote
Source texts from Wikisource
Images and media from Commons
News stories from Wikinews
Learning resources from Wikiversity