पाटन उपमहानगरपालिका
नेपाली विकिपीडियाबाट
| पाटन उपमहानगरपालिका | |
![]() |
|
| पाटन उपमाहानगरपालिकामा अवस्थित पाटन दरवार क्षेत्र | |
| स्थापना : | - |
|---|---|
| अञ्चल: | बागमती अञ्चल |
| जिल्ला: | ललितपुर जिल्ला |
| क्षेत्रफल: | - बर्ग कि.मी. |
| जनसंख्या: | - |
| वडा संख्या: | - |
| भौगोलिक अवस्थिति: | पहाडी प्रदेश, काठमाण्डौ उपत्यका |
| मेयर: | ?? |
| टेलिफोन कोड: | ०१ |
| वेबसाईट: | - |
| नेपालका नगरपालिकाहरू | |
|---|---|
| पूर्वाञ्चल | |
| मेची: इलाम, भद्रपुर, मेचीनगर, दमक | |
| कोशी: बिराटनगर, धरान, इनरूवा, इटहरी, धनकुटा, खाँदवारी | |
| सगरमाथा: राजविराज, लहान, त्रियुगा | |
| मध्यमाञ्चल | |
| जनकपुर: जनकपुर, जलेश्वर, कमलामाई दोलखा भीमेश्वर | |
| बागमती: काठमाण्डौ, पाटन, भक्तपुर, कीर्तिपुर, | |
| नारायणी: भरतपुर, रत्ननगर, हेटौंडा, वीरगञ्ज, गौर, कलैया | |
| पश्चिमाञ्चल | |
| गण्डकी: पोखरा, लेखनाथ, गोरखा, व्यास, पुतलीबजार, वालिङ | |
| लुम्बिनी: रामग्राम, बुटवल, सिद्धार्थनगर, तौलिहवा,तानसेन | |
| धवलागिरी: कालिका | |
| मध्यपश्चिमाञ्चल | |
| राप्ती: त्रिभुवननगर तुल्सीपुर, | |
| कर्णाली: - | |
| भेरी: नेपालगञ्ज, वीरेन्द्रनगर,नारायण | |
| सुदुरपश्चिमाञ्चल | |
| सेती: धनगढी, टिकापुर, दिपायल सिलगढी | |
| महाकाली: महेन्द्रनगर, अमरगढी, दसरथचन्द | |
पाटन (नेपाल भाषा:यल)नेपालको प्रमुख शहरहरूमा पर्दछ। ललितपुर जिल्लामा अवस्थित यस शहर काठमाडौं उपत्यकाका तीन शहरहरू मध्ये सबभन्दा पुरानो तथा रमणीय मानिन्छ। पाटन यहाँका सांस्कृतिक सम्पदाको लागि प्रसिद्ध छ। पाटनलाई नेपाल भाषामा 'यल' नामले चिनिन्छ। राजा यलम्बरको नामबाट यो नाम आएको भन्ने विश्वास गरिन्छ।
विषयसूची |
[परिवर्तन्] भूगोल
पाटन बागमती नदीको दक्षिणी भागमा अवस्थित छ। यहाँको जनसंख्या करिब २,००,०००(२००६) छ र यसले कुल ४.५९ सक्वायर किलोमिटर भू-भाग ओगटेको छ। पाटन नेपाल अधिराज्यको चौथो ठूलो शहर हो। यसका को-अर्डिनेटहरु यस प्रकार छन्-
- अक्षांश २७°४०'४५.२५" उ.
- देशान्तर ८५°१९'३७.२३" पू.
[परिवर्तन्] विश्व सम्पदा
पाटनको मुख्य आकर्षण भनेको नै पाटन दरबार क्षेत्र हो। युनेस्कोले पाटन दरबार क्षेत्रलाई विश्व सम्पदा क्षेत्र घोषणा गरेको छ। युनेस्कोले १९७९मा काठमाडौं उपत्यका भित्र ७ क्षेत्रलाई विश्व सम्पदा क्षेत्र घोषणा गरेको थियो।
[परिवर्तन्] उद्योग तथा अर्थतन्त्र
[परिवर्तन्] रमणीय स्थलहरु
[परिवर्तन्] पाटन दरबार क्षेत्र
प्राचीन मल्ल दरबार पाटनको सबैभन्दा रमणीय स्थलमा पर्दछ। मंगलबजार भनेर पनि चिनिने यस दरबार क्षेत्र पर्यटकीय दृष्टिकोणले ज्यादै नै महत्वपूर्ण छ। पर्यटकहरूमा मात्र नभई स्थानीय बासिन्दामा पाटन दरबार क्षेत्र अत्यन्त लोकप्रिय छ। साँझ खुला हावा खान थुप्रै पाटनवासीहरू यहाँ आउने गर्दछन्। पाटन दरबार क्षेत्र एक धार्मिक क्षेत्र पनि हो। यहाँ कृष्ण मन्दिर, भिमसेनथान, नारायण मन्दिर जस्ता मन्दिरहरू पनि छन्। हरेक दिन बिहान यहाँ भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ।
[परिवर्तन्] बंगलामुखी
पाटन दरबार क्षेत्रबाट करीब पाँच मिनेटको हिडाइँ पछि बंगलामुखी मन्दिर पुगिन्छ। बंगलामुखीमा हरेक बिहिवार मानिसहरू पूजा गर्न आउने गर्दछन्। जनाई पूर्णिमाको दिनमा यहाँ मेला लाग्ने गर्दछ।
पाटन, काठमाण्डौ उपत्यकामै काठमाण्डौ शहर संग उत्तर को सिमा जोडीएको शहर हो यस एतिहासिक सहरको अर्को नाम ललितपुर पनि हो, यो शहर पनी प्रमुख एतिहासीक शहरहो बिश्वसंपदा सुचीमा सुचिकृत पाटन दरवार यसै शहरमा रहेको छ । नेपालका केही केन्द्रीय कार्यलय ब्यापार गृह तथा आवास क्षेत्र रहेको यो शहर मा प्रसिद्ध कुम्भेश्वर मन्दीर,पटन बौद्ध विहार, कृष्ण मन्दीर आदी छन ।
पाटन शहरमा त्रिभुवन बिश्वविधालयको प्रमुख इन्जीनियरीङ क्याम्पसका साथै पाटन क्यामस, मछिन्द्र क्याम्पस तथा अरू थुप्रै क्यामपस तथा बिधालय हरू रहेका छन ।त्यसैगरी केन्द्रीय स्तरको पाटन अस्पताल, मासीक अस्पतालका साथै प्राइभेटमा वि एण्ड बि जस्ता प्रशिद्ध थुप्रै सरकारी ,सामुदायीक तथा निजी अस्पताल हरू यांहा रहेका छन,अन्यकेही उत्पादन कारखानाका साथै पटन औधोगीक क्षेत्र समेत यही शहरमा पर्दछ । पटनको टेलीफोन कोडपनी काठमाण्डौ जस्तै ०१ हो । यो शहरमा झन्डै 2 लाख भन्दा बढी मानीस बसोबास गर्दछन ।


