फिफा विश्वकप (२०१०)

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

चारवर्षे पर्खाइपछि जोहानेसवर्गको सकर-सिटी रङ्गशालामा ११ जून (२८ जेठ) स्थानीय समयअनुसार अपरान्ह चारबजे भएको आयोजक दक्षिण अफ्रिका (द.अफ्रिका) र मेक्सिको बीचको खेल बाट १९औं विश्वकप फूटबलको साइत भयो। पहिलो पटक अफ्रिकी महाद्वीपले पाएको आयोजनाको दिन नजिकिँदै जाँदा यसको खर्च, परिणाम, प्रभाव र प्रतिफलको जोडघटाउ जोडतोडमा भएको थियो। ३२ राष्ट्रको बहुप्रतीक्षित यस भिडन्तलाई रङ्गशालामै पुगेर या टेलिभिजनमा हेर्न विश्वभरका करोडौं फूटबलप्रेमीको अधैर्य बिच सन् १९९५ को रग्वी विश्वकप र २००३ को विश्वकप क्रिकेटको सफल आयोजना गरेको द. अफ्रिकाले यस महामेलालाई अफ्रिका महाद्वीपकै गौरव बढाउने अवसरको उपयोग गर्न सफल भयो|

अफ्रिकी सपना द.अफ्रिकाले १९औं विश्वकपलाई अविस्मरणीय बनाउन तीन वर्षकै अवधिमा उत्तरी डर्बनमा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल र ६४ खेलका लागि सरदर ५६ हजार दर्शक क्षमताका दश वटा भव्य रङ्गशाला तयार पारेको थियो। प्रतियोगिताका पूर्वाधार निर्माण र यसका अन्य परियोजनामा करिब ३.७ अर्ब अमेरिकी डलर खर्चको जोहो उसले गरेको छ। अन्तर्राष्ट्रिय फूटबल महासंघ (फिफा) ले पनि पुरस्कार, टिम र तयारीका लागि करिब ८० करोड डलरभन्दा बढी खर्च गरेको छ। फूटबलको महाकुम्भसँगै जोडिएर आउने पर्यटनबाट रु.२०० अर्ब र व्यापारबाट रु.८० अर्ब आम्दानी गर्ने अनुमान र खेल अवधिमा करिब चार लाख पर्यटक औसत १८ दिने बसाइका लागि दक्षिण अफ्रिका भित्रिने अनुमान गरिएको थियो|

तयारीको अधिकांश खर्च आयोजक राष्ट्रले बेहोरे पनि आम्दानीमा फिफाको एकाधिकार रहने चलन छ, जसको पुष्टि रु.२२५ अर्बभन्दा बढी आम्दानी गर्ने उसको घोषित लक्ष्यबाटै हुन्छ। यसबाट आइलाग्ने अवगालबाट जोगिन उसले द.अफ्रिकालाई तयारीका लागि १० करोड डलर सहयोग गर्ने जनाएको थियो प्रतियोगितामा गरिएको लगानीबाट चालू आर्थिक वर्षमा द.अफ्रिकाको आर्थिक वृद्धिदर ३ प्रतिशतबाट ३.५ प्रतिशतमा उक्लिने अनुमान अनुसार यो विश्वकपले सम्पूर्ण अफ्रिकी महाद्वीपकै अर्थतन्त्र, सामाजिक विकास र राजनीतिलाई समेत गति दिएको छ। त्यस कारण, यस महाद्वीपका द.अफ्रिका, अल्जेरिया, घाना, क्यामरुन, आइभरी कोष्ट, नाइजेरिया जस्ता द्वन्द्वको पीडा खेपेका मुलुकहरूका लागि यो विश्वकप सहभागिताबाहेक राष्ट्रिय र क्षेत्रीय मेलमिलापको अवसर पनि भयो| त्यही भएर अफ्रिकी महाद्वीपमा विश्व कप भित्र्याउन नेल्सन मण्डेला स्वयंले विशेष लबिङ गरेका थिए।

डिजिटल विश्वकपका दाबेदार

फेशबुक र ट्वीटरको सामाजिक सञ्जालबाट छिनछिनमा गरिएको विश्वकप-अपडेट यसपटकको फूटबल महाकुम्भको नयाँ आयाम हो। जर्मनीमा सम्पन्न पछिल्लो संस्करणताका यी विद्युतीय सञ्जालहरू उदाउँदो अवस्थामा थिए, जसले वितेका चार वर्षमा आश्चर्यजनक प्रभुत्व जमाइसकेको थियो। दैनिक ५ करोड सूचना आदानप्रदान हुने ट्वीटरमार्फत प्रतियोगिता चलिरहँदा सेकेण्डभरमा लाखौं सन्देश फूटबल फ्यानहरूबीच ट्वीट भएको अनुमान छ। ४० करोडभन्दा बढी सक्रिय प्रयोगकर्ता छन्, फेशबुकका। त्यसमाथि छ, १६ लाखभन्दा बढी प्रयोगकर्ता भएको फिफाको आफ्नै सञ्जाल द क्लब।

विश्वकप शुरु भएको निमेषभरमै इन्टरनेटको अर्को लोकप्रिय सञ्जाल युट्युबमार्फत अपलोड गरिएको भिडियोहरू संसारकै लागि आकर्षण थियो। रेफ्रीका विवादास्पद निर्णय हुन् वा आकर्षक गोल वा पेनाल्टी, संसारभरका दर्शकले युट्युबमार्फत दोहोर्‍याई तेहर्‍याई हेरेर प्रतिक्रिया दिएका थिए|यसैगरी, विभिन्न कम्पनीहरूले उपलब्ध गराउने थ्री-डी संस्करणका प्रत्यक्ष म्याचहरूले फूटबलप्रेमीहरूलाई पलभरमै अर्कै संसारमा हुत्याइदियो। फिफाले जोहानेसवर्ग, डर्बन, केपटाउन र पोर्ट एलिजावेथका पाँच रङ्गशालामा हुने २५ म्याचलाई थ्री-डी भर्सनमा प्रसारण गरेको थियो|

"http://ne.wikipedia.org/wiki/%E0%A4%AB%E0%A5%81%E0%A4%9F%E0%A4%AC%E0%A4%B2_%E0%A4%B5%E0%A4%BF%E0%A4%B6%E0%A5%8D%E0%A4%B5%E0%A4%95%E0%A4%AA" बाट निकालिएको

[सम्पादन गर्ने] प्रतियोगिहरु

अफ्रिका एशिया युरोप उत्तर र मध्य् अमेरिका ओसेनिया दक्षिण अमेरिका
अल्जेरियाअल्जीरीया (ALG) जापानजापान (JPN) डेनमार्कडेनमार्क (DEN) Hondurasहोन्डुरस (HON) Australiaअष्ट्रेलिया (AUS) अर्जेन्टिनाअर्जेन्टिना (Argentina) (ARG)
क्यामरुनकैमरुन (CMR) उत्तर कोरियाकोरिया डि पी आर (PRK) इङ्गल्याण्डइंगल्याण्ड (ENG) मेक्सिकोमेक्सिको (MEX) New Zealandन्युजिल्याण्ड (New Zealand) (NZL) ब्राजिलबार्जिल (Brazil) (BRA)
आइभोरी कोस्टआइभोरिकोस्ट(CIV) दक्षिण कोरियागणतंत्र कोरिया (KOR) Franceफ्रांस (FRA) संयुक्त राज्यसयुक्त राज्य अमेरिका (USA) चिलीचिले (चिली) (Chile) (CHI)
Ghanaघाना (GHA) जर्मनीजर्मनी (GER) पाराग्वेपाराग्वे (Paraguay) (PAR)
नाइजेरियानाइजिरीया (NGA) ग्रीसग्रीस (GRE) उरुग्वेउरुग्वे (Uruguay) (USU)
South Africaदक्षिण अफ्रिका (RSA) इटालीइटाली (ITA)
Netherlandsनेदरल्याण्डस (NED)
पोर्चुगलपोर्चुगल (POR)
सर्बियासर्बिया (SRB)
स्लोभाकियास्लोवाकिया (SVK)
Sloveniaस्लोवेनिया (SVN)
स्पेनस्पेन (ESP)
Switzerlandस्वीट्जरल्याण्ड (SUI)

[सम्पादन गर्ने] स्थान निर्धारण

2005 मा, संघको कार्यकर्ताहरुले एउटा सूची देखायेका थिए जसमा 13 वटा स्थानहरुको चुनाव विश्वकपको लागि गरिएको थियो। जुन अधिकारिक रुपमा फिफा द्वारा 17 मार्च 2006 मा घोषणा गरियो।

Johannesburg Durban Cape Town Johannesburg Pretoria
Soccer City Moses Mabhida Stadium 1 Cape Town Stadium 2 Ellis Park Stadium Loftus Versfeld Stadium
26°14′5″S 27°58′56″E / 26.23472°S 27.98222°E / -26.23472; 27.98222 (Soccer City)} 29°49′46″S 31°01′49″E / 29.82944°S 31.03028°E / -29.82944; 31.03028 (Moses Mabhida Stadium)} 33°54′12″S 18°24′40″E / 33.90333°S 18.41111°E / -33.90333; 18.41111 (Cape Town Stadium)} 26°11′51″S 28°3′39″E / 26.1975°S 28.06083°E / -26.1975; 28.06083 (Ellis Park Stadium)}

25°45′12″S 28°13′22″E / 25.75333°S 28.22278°E / -25.75333; 28.22278 (Loftus Versfeld Stadium)}

Capacity: 94,900 Capacity: 70,000 Capacity: 69,070 Capacity: 62,567 Capacity: 51,760
Soccer City Stadium.jpg Moses Mabhida Durban Stadium.jpg CTS01.JPG View of Ellis Park.jpg Loftus Versfeld Stadium.jpg
Port Elizabeth Bloemfontein Polokwane Nelspruit Rustenburg
Nelson Mandela Bay Stadium Free State Stadium Peter Mokaba Stadium Mbombela Stadium Royal Bafokeng Stadium
33°56′16″S 25°35′56″E / 33.93778°S 25.59889°E / -33.93778; 25.59889 (Nelson Mandela Bay Stadium)} 29°07′02″S 26°12′32″E / 29.11722°S 26.20889°E / -29.11722; 26.20889 (Free State Stadium)}

23°55′30″S 29°27′54″E / 23.925°S 29.465°E / -23.925; 29.465 (Peter Mokaba Stadium)}

25°27′40″S 30°55′44″E / 25.46111°S 30.92889°E / -25.46111; 30.92889 (Mbombela Stadium)} 25°34′43″S 27°9′39″E / 25.57861°S 27.16083°E / -25.57861; 27.16083 (Royal Bafokeng Stadium)}
Capacity: 48,000 Capacity: 48,000 Capacity: 46,000 Capacity: 43,500 Capacity: 42,000
Nelsonmandelabaystadium.jpg South Africa-Bloemfontein-Free State Stadium01.jpg Estadio Peter Mokaba.JPG Seats and field of Mbombela Stadium.jpg Royal Bafokeng Stadium.jpg

[सम्पादन गर्ने] हेर्नुहोस

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा