कण्ठमाला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कण्ठमाला घाँटीमा लगाउने गहनाको एक प्रकार हो । मखमलको कपडा काटेर गोलाकार बनाई बीच-बीचमा मुगा तथा सुनका गेडी मिलाएर कण्ठमाला बनाइन्छ । मगर, गुरुङ, कुमाल, राई, लिम्बू जातिमा कण्ठमाला प्रचलित छ । यसलाई कण्ठश्री वा मुगामाला पनि भनिन्छ ।