एभरेस्ट म्याराथन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एभरेस्ट म्याराथन
एभरेष्ट म्याराथनको लोगो
मितिमे २९
स्थानसगरमाथा आधार शिविर, नाम्चे बजारमा समाप्त
प्रकारगोरेटो बाटोमा दौड
दूरीम्याराथन, आधा म्याराथन र कठिन म्याराथन
स्थापना१९८५; ३९ वर्ष अघि (१९८५)
आधिकारिक वेबसाइटwww.everestmarathon.com

एभरेष्ट म्याराथन एक वार्षिक म्याराथन प्रतियोगिता हो जसको आयोजना मे महिनामा नेपालको सगरमाथा वरिपरि क्षेत्र वा सोलुखुम्बु जिल्लामा हहुने गर्दछ। सगरमाथाको आधार शिविरको ५ हजार ३ सय मिटरबाट सुरु भई झन्डै ४३ किलोमिटरपछि ३ हजार ४ सय ५० मिटरको नाम्चेमा पुगेर टुङ्गिने यो म्याराथन विश्वकै सर्वाधिक जोखिमपूर्ण एवम् सुन्दर म्याराथन मानिन्छ। धावकहरूले म्याराथनका क्रममा गोरकसेप, लोबुचे, थुक्ला, बिब्रे, प्याङबोचे, त्याङबोचे, लोबिसासा, काङजुमा र छोर्तेनजस्ता स्थानहरु पार गरी ४३ किलोमिटरको दूरी पार गर्नु पर्दछ।

यो प्रतियोगितालाई नेपाल सरकारले आधिकारिक रूपमा अनुमोदन गरेको थियो। यसले नेपाल सरकारबाट वार्षिक पर्यटनको एक भागको रूपमा मान्यता प्राप्त गरेको थियो।[१] २९ मे १९५३ मा स्वर्गीय तेन्जिङ नोर्गे शेर्पासर एडमन्ड हिलारीको जोडीले संसारको सबैभन्दा अग्लो शिखर सगरमाथाको पहिलो पटक सफल आरोहण गरेको सम्मानमा यस कार्यक्रमलाई आधिकारिक रूपमा तेन्जिङ हिलारी एभरेष्ट म्याराथनको नाम दिइएको थियो।

म्याराथनमा तीन विभिन्न श्रेणीहरूमा वर्गीकृत छन् जसमा ६० किलोमिटर चरम कठिन म्याराथन दौड, ४२ किलोमिटर किमि पूर्ण म्याराथन दौड र २१ किलोमिटर आधा म्याराथन दौड समावेश छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "एभरेष्ट म्याराथन" (नेपालीमा), अन्तिम पहुँच २०१९-०१-११  वेब्याक मेसिन अभिलेखिकरण २०१९-१२-०४ मिति