मुसे लेकचरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मुसे लेकचरी
आमा याङ्री जाने बाटोमा, हेलम्बु
वैज्ञानिक वर्गीकरण edit
जगत: जनावर
Phylum: रज्जुकी
वर्ग: चरा
गण: Passerine
परिवार: Accentor
वंश: Accentor
(ब्लिथ, १८४३)
प्रजाति:
P. strophiata
वैज्ञानिक नाम
Prunella strophiata
(ब्लिथ, १८४३)

मुसे लेकचरी (Prunella strophiata) प्रुनेलिडे परिवारको पासेराइन चरा हो। यो चरा हिमाली क्षेत्रको रैथाने प्रजाति हो र जाडोयाममा तल्लो देखि मध्यम उचाइ भएका भूभागमा झर्छ।

वितरण तथा वासस्थान[सम्पादन गर्नुहोस्]

मुसे लेकचरी नेपाल, अफगानिस्तान, भुटान, तिब्बत, चीन, भारत, म्यानमारपाकिस्तानमा पाइन्छ। यसको प्राकृतिक वासस्थान समशीतोष्ण जङ्गल हो।

वर्गीकरण[सम्पादन गर्नुहोस्]

मुसे लेकचरीलाई सन् १८४३ मा अङ्ग्रेजी जीवशास्त्री एडवर्ड ब्लिथले नेपालमा सङ्कलन गरिएको नमूनाबाट वर्णन गरेका थिए।

यसका दुई उप-प्रजातिहरू अभिलेखमा छन्:

  • P. s. jerdoni (ब्रुक्स, १८७२) - पूर्वी अफगानिस्तान र पश्चिमी हिमाली क्षेत्र
  • P. s. strophiata (ब्लिथ, १८४३) - नेपाल, मध्य र पूर्वी हिमाली क्षेत्रदेखि मध्य चीन र उत्तरी म्यानमार


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. BirdLife International (२०१६), "Prunella strophiata", आइयुसिएनको रातो सूची अनुसार सङ्कटापन्न प्रजातिहरू 2016: e.T२२७१८६२७A९४५८९८७५, डिओआई:10.2305/IUCN.UK.2016-3.RLTS.T22718627A94589875.en, अन्तिम पहुँच १२ नोभेम्बर २०२१ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]