विकिपिडिया:हालैका घटना/२०१४ अघिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

Wikimania २०११मा नेपाली सहभागिता[सम्पादन गर्नुहोस्]

इजरेलको हाइफामा भएको विकिमेनिया २०११मा नेपाली विकिपिडियाका एकजना प्रवन्धक राजेश पाण्डेले भाग लिएका छन्। विकिमेनिया २०११मा नेपाली विकिपेडिया अनुवादकको बारेमा बिभिन्न फाउन्डेशनका उच्च पदस्त व्यक्तिहरूसंग कुरा गरे। विकिमेनियामा विभिन्न विषयमा छलफल भएको थियो। उक्त सम्मेलनमा बिभिन्न देशहरूबाट करिब ७५० व्यक्तिहरूको सहभागिता थियो भने नेपालबाट मात्र १ जना थिए। अपेक्षाकृत रूपमा धेरै जनाको सहभागिताको आशा गरिएको थियो। आफ्नो सुझावका राजेशजीको वार्तापृष्ठमा लेखिदिनुहोला। धन्यवाद।- --राजेश ०८:०८, ९ अप्रिल २०११ (UTC)

भारतीय रूपयाँले पायो नयाँ रूप[सम्पादन गर्नुहोस्]

विश्वका अरु देशहरू जस्तै भारतले पनि भारतीय मुद्रालाई सिम्बोलको रूपमा एक नयाँ रूप दिएको छ। अब डलर, युरो ($, €, ¥) आदीको जस्तै भारतीय रुपैयाँलाई पनि सिम्बोलको रूपमा प्रस्तुत गर्न सकिन्छ । यसको मंजुरी भारत सरकारद्वारा प्राप्त भई सकेको छ। यो सिम्बोल देवनागरीको "र" अक्षरको बीचमा क्रस (cross) लगाएर बनाईएको छ। थप जानकारीको लागी हेर्नुहोस [http://www.telegraph.co.uk/news/worldnews/asia/india/7892422/Indian-rupee-gets-own-currency-symbol.html www.telegraph.co.uk

नेपाली विकिपिडियामा सक्रियता बढाउन च्याप्टर बनाउन सुझाव र सहभागिताको आह्वान[सम्पादन गर्नुहोस्]

विकिपिडियाको कम्युनिटी बढाउन तथा त्यसमा सबैको सक्रियता बढाउनका लागि च्याप्टर बनाउन आवश्यक हुने रहेछ। त्यसर्थ हामी पनि नेपाली विकीपिडीयाको च्याप्टर बनाउन तर्फ लाग्नुपर्ने भएको छ। नेपाली विकिमिडिया नेपाल च्याप्टरमा सहभागिताका लागि आवेदन दिनुहुन अनुरोध गरिन्छ। --राजेश ०९:०६, १० जुलाई २०१० (UTC) Gdansk, Poland

नेपाली कम्युनिटी बढाउन विकी फाउण्डेसनलाई ध्यानाकर्षण गरिने[सम्पादन गर्नुहोस्]

गत २०६७ असार २२ गते मङ्गलबार विकीपिडियाका काठमाडौंमा उपलब्ध केही सकृय योगदानकर्ताहरू बीचमा नेपाली विकिपिडियाको विषयमा छलफल भयो। ठमेलमा भएको उक्त अनौपचारिक भेटघाटमा विकिमेनिया २०१०मा नेपालको तर्फबाट कस्तो कार्यपत्र प्रस्तुत गर्ने भन्ने विषयमा घनीभूत छलफल गरी केही टिपोट पनि गरियो। साथै नेपाली विकी कम्युनिटीलाई अगाडी बढाउने विषयमा समेत छलफल गरियो। विकीमेनिया २०१०मा अन्य भाषाका सहभागीहरूसँग अनुभव साटासाट गर्ने, नेपाली विकीपिडियाको समुदाय वृद्धिका लागि सहयोग गर्न विकी फाउण्डेसनको ध्यानाकर्षण गर्ने लगायतका विषयवस्तु कार्यपत्रमा प्रस्तुत गर्न सुझाव दिइयो। नेपाली विकिपीडियन राजेश पाण्डे विकीमेनियामा सहभागी भएर फर्किए लगत्तै काठमाडौंमा पनि विकिपिडिया सम्बन्धी एक प्राविधिक कार्यशाला गर्ने र नेपाली विकिपिडियाको समुदाय बृद्धि गराउन अभियान (Nepali Wikipedia Promotion Campagn) गर्ने पनि सहमति भयो। राजेश पाण्डेलाई पोल्याण्डमा विकी संस्थापक जिम्मी वेल्स लगायत अन्य पदाधिकारीहरू सँग भेटी काठमाडौंमा विकिमेनियाको आयोजना गर्न आग्रह गर्न सुझाव दिइएको छ। साथै विकी फाउण्डेसनका प्रतिनिधिहरूलाई ‍पनि नेपालको गतिविधि प्रति चासो राख्न र सहभागी हुन समेत आग्रह गर्न छलफलमा सुझाव दिइएको छ। छलफलमा विकिपीडियनहरू युकेश रञ्जित, राजेश पाण्डे, शङ्कर पोखरेल, गणेश पौडेल लगायतको सहभागिता थियो।

जिम्मी वेल्सको चासो नेपाली विकी[सम्पादन गर्नुहोस्]

विकिपिडियाका फाउन्डर जिम्मी वेल्सले नेपाली विकिपिडियाको बारेमा चासो व्यक्त गरेका छन्। नेपाली विकीका एकजना प्रवन्धक युकेश रञ्जितको वार्ता पृष्ठमा लेखेका छन्- नेपाली लगायत साना भाषाहरूको गतिविधि बारेमा आफूले आगामी विकिमेनिया २०१०मा प्रस्तुतीकरण गर्ने भएकाले आफ्नो अनुभवका बारेमा मलाई एउटा भिडियो अन्तर्वार्ता दिनुहुन अनुरोध छ।- विकीमेनिया २०१० पोल्याण्डको ग्डनास्क शहरमा यही असार २५ गतेदेखि सुरू हुँदैछ।

Wikimania 2010मा नेपाली विकीबाट राजेश पाण्डे सहभागी हुने[सम्पादन गर्नुहोस्]

पोल्याण्डको ग्डनास्कमा हुने विकिमेनिया २०१०मा भाग लिन नेपाली विकिपिडियाका एकजना प्रवन्धक राजेश पाण्डे यही जून ७ तारिख त्यसतर्फ जाँदै हुनुहुन्छ। वहाँले नेपाली विकिपिडियालाई माथि लैजान विश्व विकी समुदायमा सहयोगको आग्रह गर्नुहुनेछ। राजेशजीले पोल्याण्ड विकीमेनियामा नेपाली विकीपिडियाको वर्तमान अवस्था बारेमा एउटा कार्यपत्र पनि प्रस्तुत गर्नुहुनेछ। र सम्भवतः हामी योगदानकर्ताहरूको पनि चर्चा हुनेछ। विश्वका विभिन्न भाषाबाट आएका विकिपीडियनहरूमाझ विकिपिडिया कम्युनिटीमा आपसी सहयोग अभिबृद्धि तथा समस्या समाधानका लागि अनुभवहरूको आदान-प्रदान पनि गर्नुहुनेछ। यसका लागि के कस्तो विषय उठाउनुपर्ला भनेर वहाँले हामी सबैलाई सुझावको लागि आग्रह गर्नुभएको छ। आफ्नो सुझावका राजेशजीको वार्तापृष्ठमा लेखिदिनुहोला। धन्यवाद।-गणेश पौडेल ०९:०१, ५ जुलाई २०१० (UTC)

नेपाली विकीपिडीयामा लेख सङ्ख्या ३३,००५ पुग्यो[सम्पादन गर्नुहोस्]

केही नयाँ योगदानकर्ताहरूको उल्लेखनीय सकृयताका कारण नेपाली विकीपिडिया तीब्र गतिमा अगाडि बढिरहेको छ। हाल नेपाली विकिपिडियामा जम्मा लेखहरूको सङ्ख्या ३३,००५ पुगेको छ। १० हजार लेख सङ्ख्या बढेपछि अर्कै श्रेणीमा पुग्ने भएको हुँदा आ-आफ्नो विषय र क्षेत्र सँग सम्बन्धित लेखहरू लेखेर/प्रकाशित गरेर विकीपिडीयामा स्वयंसेवी रूपमा योगदान पुर्‍याउन हुन सबै नेपाली भाषी महानुभावहरूमा अनुरोध गरिन्छ। साथै पहिले योगदान दिएर हाल सकृय नरहनुभएका समेत सबै प्रयोगकर्ताहरू लाई योगदानका लागि फर्कन अनुरोध गर्दछौं। -- [प्रवन्धकहरू] तथा सकृय प्रयोगकर्ताहरू

गिरिजाप्रसाद कोइरालाको निधन[सम्पादन गर्नुहोस्]

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको वि.सं. २०६६ चैत्र ७ गते शनिबार निधन भएको हो । उहाँको ८७ वर्षको उमेरमा मध्याहृन १२ बजेर १० मिनेटमा उहाँकी सुपुत्री सुजाता कोइरालाको निवास, मण्डीखाटारमा निधन भएको थियो । कोइराला लामो समयदेखी श्वासप्रश्वास र निमोनिया रोगबाट ग्रसित हुनुहुन्थ्यो । वि.सं. १९८२ मा भारतको बिहार राज्यको टेडी, सहर्षामा जन्मनु भएका कोइराला प्रजातन्त्रको आन्दोलनमा दाजु विश्वेश्वरप्रसाद कोइरालासंगै सहभागी हुनु भएको थियो । नेपालको इतिहासमा छैठौ पटकसम्म प्रधानमन्त्री बन्नुभएका कोइराला वि.सं. २०४८ जेठदेखि वि.सं.२०५१ मङ्सिरसम्म प्रथम निर्वाचित प्रधानमन्त्री हुनुभएको थियो । उहाँ त्यसपछि २०५४ साल चैत ३० गते, २०५५ पुस १० गते र २०५७ चैत ७ गते प्रधानमन्त्री हुनुभएको थियो । www.nrnaksa.org

नेपाल आज यो परिस्थितिमा पुरयाउने बय्क्ति तिनै हुन्. ईतिहासले मुल्यान्कन् गरनेछ्/

अमेरिकामा नेपाल डे परेड[सम्पादन गर्नुहोस्]

अमेरिकाको कोलोराडो राज्यको बोल्डर शहरमा वर्षेनी "नेपाल डे परेड" हुने गर्छ । नेपाली राष्ट्रिय पोशाक दौरा सुरुवाल, कोट र ढाका टोपीमा सजिएर, चन्द्र-सूर्य अङ्कित नेपाली झण्डा बोकेर गर्वका साथ कुनै बिदेशी मुलुकको ब्यस्त शहर माझ नेपालीहरू हिंड्न पाउने ठाउँ अमेरिकाको बोल्डर शहर हो जसले हरेक वर्ष अप्रेल महिनाको तेस्रो आइतबारलाई "नेपाल डे" भनेर औपचारिक रूपमा घोषणा गरेको छ । http://www.mysansar.com/archives/2010/04/id/10311#more-10311

साफ महिला फुटबलमा नेपाल फाइनलमा प्रवेश[सम्पादन गर्नुहोस्]

काठमाडौं, पुस ६ - बंगलादेशमा जारी साफ वुमेन्स फुटबल च्याम्पियनसिपमा मंगलबार घरेलु टोलीलाई हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ । नेपालले बंगलादेशलाई कक्स बजार स्टेडियममा ३-०ले हरायो । नेपालको जीतमा जमुना गुरूङले २ र अनु लामाले १ गोल गरिन् । नेपालले फाइनलमा भारतको सामना गर्ने छ ।

कैलाश खेर अब नेपाल टूरिज्मका गुडविल एम्बेसेडर[सम्पादन गर्नुहोस्]

  • आफ्नो सूफी अनि लोक गायकीको लागि पूरा विश्वमा लोकप्रिय गायक कैलाश खेर अब नेपाल टूरिज्मका गुडविल एम्बेसेडर बनेकाछन्। नेपालले उनलाई यो सम्मान अंतरराष्ट्रिय स्तरमा आफ्नो टूरिज्मलाई बढावा दिने उद्देश्यले दिएकोछ। कैलाश खेर नेपालको गुडविल एम्बेसेडर बन्नाले निश्चित रूपमा राष्ट्रिय र अंतरराष्ट्रिय स्तरमा नेपालको पर्यटनमा वृद्धि हुनेछ।

नेपालको जनसंख्या करीव ३ करोड[सम्पादन गर्नुहोस्]

  • नेपालको जनसंख्या करीव ३ करोडः जनसंख्या कोष अमेरिका, संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष, युएनएफपीएले नेपालको जनसंख्या करिब ३ करोड पुगेको बताएको छ । बुधबार जारी विश्व जनसंख्या स्थिति २०१० नामक प्रतिवेदनले उक्त तथ्यांकले सार्वजनिक गरेको हो । प्रतिवेदन, द्वन्द्व र अभावदेखि विरामः परिवर्तनका पुस्ताहरू,मा केन्द्रित छ ।

नेपाली विकिपिडियाको नवौ वार्षिकी[सम्पादन गर्नुहोस्]

  • विकिपिडिया नेपालीले गत ३ जुनको दिन नौ वर्ष पूरा गरी दशौं वर्षमा प्रवेश गरेको छ। ३ जुन २००२मा नेपाली विकिपिडिया सुरु भएको थियो। यो अन्तरालमा तेह्र हजार लेखहरूको आँकडा पार गरेको छ र यो विकि नब्बेऔं (९० औं) स्थानमा पुगेको छ।

सौर्य मण्डलको रहस्यमय स्थान बारे ज्ञान हासिल[सम्पादन गर्नुहोस्]

  • दश वर्षको लगातार प्रयासमा जम्मा गरिएको आँकडा अनुसार विज्ञान सौर्यमण्डलमा सबै भन्दा रहस्यमयहरू मध्येको स्थानको विषयमा उत्तर दिन सफल बनेको छ।हेर्नुहोस्।

वाङ्चुक बैवाहिक बन्धनमा[सम्पादन गर्नुहोस्]

राजा जिग्मे खेसर नेम्गेयल वाङ्चुक
  • भुटानी राजा जिग्मे खेसर नेम्गेयल वाङ्चुक(चित्रमा) बैवाहिक बन्धनमा बाँधिएका छन्।

इटालीयन विकिपिडिया (२४ घण्टा)को लागि बन्द[सम्पादन गर्नुहोस्]

  • इटालीयन विकिपिडियाले स्वतन्त्र सूचना प्रवाह गर्ने प्रक्रियामा अवरोध गर्ने धेय राखेर ल्याइएको "DDL interception" भनिने विधयेकको विरोधमा आफ्नो सेवालाई १ दिन(२४ घण्टा)को लागि बन्द गरेको छ ।बन्द अवधिभर यस सुचना देखाइएको थियो।थप जानकारी

जनतासँग प्रधानमन्त्री[सम्पादन गर्नुहोस्]

  • जनतासँग प्रधानमन्त्री:२०६८ असोज १५ गते राति आठ बजेको अङ्ग्रेजी समाचारपछि देखि महिनाको १ दिन,डा. बाबुराम भट्टराईले जनतासंग प्रधानमन्त्री नामक रेडियो कार्यक्रम मार्फत प्रत्यक्ष जनतासँग अन्तरक्रियाको आरम्भ गर्ने भएका छन् , थप जानकारी

तियांगोंग-1 अन्तरिक्षको कक्षमा सफलतापूर्वक स्थापित[सम्पादन गर्नुहोस्]

  • चीनले जिक्वान उपग्रह प्रक्षेपण केंद्रबाट पहिलो चिनियाँ अन्तरिक्ष प्रयोगशाला तियांगोंग-1लाई अन्तरिक्षको कक्षमा सफलतापूर्वक स्थापित गर्यो।

पहिलो विकिथोन सुरु[सम्पादन गर्नुहोस्]

  • १० असोज २०६८ तदअनुसार २८ सेप्टेम्बर २०११को दिन दशैंको पहिलो दिन घटस्थापनाको दिन परेको छ । यसै दिन विकिमीडिया फाउन्डेशन नेपालले आयोजना गरेको विकिथोन पनि सुरु भएको छ , यस कार्यक्रम अर्को १ महिना चल्ने छ।

वैज्ञानिकहरूले पदार्थमा हुने परमाणुको पिण्डको परिमाण निर्धारण गर्ने सुक्ष्म कणको नजीक पुगेको दाबी[सम्पादन गर्नुहोस्]

जेनेभामा जारी महाप्रयोगमा कार्यरत वैज्ञानिकहरूले पदार्थमा हुने परमाणुको पिण्डको परिमाण निर्धारण गर्ने सुक्ष्म कणको नजीक पुगेको दाबी गरेका हुन् । यदि वैज्ञानिकहरू उक्त सुक्ष्म कण पत्ता लगाउन सक्षम भए पृथ्वीको निर्माण कसरी भयो भन्ने रहस्य खुल्ने दाबी गरिएको छ । हिग्स बोसोन नाम दिइएको उक्त सुक्ष्म कणलाई उनीहरूले पदार्थको पिण्डलाई अन्य शक्तिमा रूपान्तरण गर्ने कणको रूपमा व्याख्या गरेका छन् । पृथ्वीको निर्माणको रहस्य पत्ता लगाउन स्विजरल्याण्डफ्रान्सको सीमामा निर्माण गरिएको विशाल प्रयोगशालामा विगत दुई वर्षदेखि यो प्रयोग जारी छ । २७ किलोमिटर लामो सुरुङमा अति सुक्ष्म कणहरूलाई एक-आपसमा ठोक्काएर एक अदृष्य तत्वको खोज गरिरहेका वैज्ञानिकहरूले उक्त कणलाई गड पार्टिकल (देव कण)को संज्ञा दिएका छन् । पृथ्वीको निर्माणको क्रममा भएको महा विष्फोटको रहस्य पत्ता लगाउने उद्देश्यले सुरु गरिएको यस प्रयोगमा अहिलेसम्म अर्बौं डलर खर्च भइसकेको छ भने लगभग आठ हजार वैज्ञानिक विगत दुई वर्षदेखि कार्यरत छन् ।

नयाँ ग्रह पत्ता लाग्यो[सम्पादन गर्नुहोस्]

अन्तरिक्षको गहन अध्ययन गरिरहेको नासाको केप्लर मिसनमा कार्यरत खगोलविद्हरूले पहिलोपटक पृथ्वीकै आकारका २ वटा खगोलीय पिण्ड भएको सौर्यमण्डल पत्ता लगाएका छन् । पृथ्वीको सौर्यमण्डलबाट करिब एकहजार प्रकाश वर्ष टाढा रहेका ती ग्रहहरूको सौर्यमण्डललाई केप्लर ट्वेन्टी नामाकरण गरिएको छ । सतहको तापक्रम करिब ८००-१४०० डिग्री फरेनहाइट भएका यी दुइ ग्रहको नाम केप्लर ट्वेन्टी इ र केप्लर ट्वेन्टी एफ राखिएको छ । यी ग्रहहरूले सूर्यजस्तै एक तारालाई परिक्रमा गर्ने खगोलविद्हरूको भनाइ छ । पत्तालागेका दुइ ग्रह मध्ये पृथ्वीको समान आकार भएको केप्लर ट्वेन्टी एफले आफ्नो सूर्यलाई १९ दशमलब ६ दिनमा परिक्रमा गर्दछ । अध्ययन टोलीका प्रमुख तथा क्याम्ब्रिज विश्वविद्यालयको खगोलीय भौतिक विज्ञान केन्द्रका वैज्ञानिक डाक्टर फ्रान्कोइस फ्रेसिनले पृथ्वीको जत्रै आकारका ती ग्रहको सतहको तापक्रम उच्च रहेकाले तत्काल जिवनको सम्भावना नरहेको धारणा प्रस्तुत गरेका छन् । खगोलविद्हरूले पछिल्लो खोज सौर्यमण्डल बाहिरका ग्रहहरूमा गरिएको खोजमध्ये अहिलेसम्मकै निकै महत्वपूर्ण खोज रहेको दाबी गरेका छन् ।