विकिपिडिया:हालैका घटनाहरू/घटनाहरू/सेप्टेम्बर २०१४

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
१३ सेप्टेम्बर २०१४
१२ सेप्टेम्बर २०१४
  • विश्वमा हरेक ४० सेकेण्डमा एक जना मानिसले आत्महत्या गर्ने गरेका छन् जसमा नेपाल आत्महत्या गर्ने मुलुकको सूचीमा आठौं नम्बरमा परेको छ । (अनलाइन खबर)
११ सेप्टेम्बर २०१४
१० सेप्टेम्बर २०१४
  • संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री जन केरिले इराकका नयां प्रधानमन्त्री हैदर अल-अबादीसँग इराकको राजधानी बग्दादमा भेटवार्ता गरेका छन् । (बिबिसी नेपाली)
  • सार्वजनिक सवारी साधनमा यात्रा गर्ने महिलामाथि हुने यौन हिंसाविरुद्ध अभियान चलाइरहेकी २३ बर्षीया नेपाली नर्स सुमना दवाडी अमेरिकाको विश्वकै ख्यातीप्राप्त हार्वर्ड विश्वविद्यालयको अनलाइन मतदानमा शीर्ष पाँच स्थानमा पुगेकी छन् । (अनलाइन खबर)
९ सेप्टेम्बर २०१४
  • मलेसियाका प्रधानमन्त्री नजीब रजाकले युक्रेनमा दुर्घटनाग्रस्त भएको मलेसिया एयरलाइन्सको विमानका सम्बन्धमा नेदरल्याण्ड्सले प्रस्तुत गरेको पहिलो आधिकारीक प्रतिवेदनमा उक्त विमानलाई क्षेप्यास्त्र हमला गरेर खसालिएको भन्ने निष्कर्ष बलियो रुपमा प्रस्तुत गरिएको बताएका छन् । (बिबिसी नेपाली)
८ सेप्टेम्बर २०१४
  • देशैभरि बाढी र पहिराेबाट पीडित बनेकाहरूले उचित राहत नपाएकाे गुनासाे गरिरहेका बेला सरकारले भने विभिन्न दाताहरूले दिएकाे रकमबाट काेषमा हाल ३४ कराेड २८ लाख रूपैयाँ रहेकाे तथ्य सार्वजनिक गरेकाे छ । (अनलाइन खबर)
७ सेप्टेम्बर २०१४
  • सिन्धुपाल्चोकस्थित सुनकोशीमा गत महिना गएको पहिरोले खोला थुनिएर बनेको ताल फुटेर लगभग ७५ प्रतिशत पानी निकास भइसकेकोले अब उक्त तालले निम्त्याउने सम्भावित खतरा टरेको अधिकारीहरुले बताएका छन् । (बिबिसी नेपाली)
  • भारी वर्षापछि भारत र पाकिस्तानमा आएको बाढी र पहिरोमा दुई सयजना भन्दा बढीको मृत्यु भएको छ । (बिबिसी नेपाली)
६ सेप्टेम्बर २०१४
  • शनिबार विहान भएको मैत्रिपूर्ण खेलमा ब्राजिलले नेयमारको गोलको मदतमा १० खेलाडीमा सिमित कोलम्बियामाथि १–० को जित निकालेको हो । (अनलाइन खबर)
५ सेप्टेम्बर २०१४
  • पाकिस्तान र भारतमा आएको बाढीका कारण त्यहाँ कम्तीमा ६६ जनाको ज्यान गएको एक पाकिस्तानी अधिकारीले बताएको छ । (बिबिसी नेपाली)
४ सेप्टेम्बर २०१४
  • फ्रान्सले युक्रेनमा जारी मस्कोका गतिविधिले युरोपको आधारभूत सुरक्षामै खलल पुर्याएकोले रुसलाई युध्दपोत पठाउने योजना हाललाई स्थगित गरिएको बताएको छ । (बिबिसी नेपाली)
  • लामो समययता विवादको केन्द्रविन्दुमा रहेको नेपाल र भारतबीचको विद्युत व्यापार सम्झौतामा बिहीबार दिल्लीमा प्रारम्भिक हस्ताक्षर भएको छ । (बिबिसी नेपाली)
३ सेप्टेम्बर २०१४
२ सेप्टेम्बर २०१४
  • करिब ३ सातादेखि पाइलट अभावमा विमानस्थलमै थन्किएको नेपाल वायुसेवा निगमको एमए-६० चीनियाँ जहाजलाई लाओसका पाइलट मगाएर बुधबार वा बिहीबारबाट उडान सुरु गर्ने निगमका अधिकारीहरुले जनाएका छन् । (बिबिसी नेपाली)
  • अमेरिकामा कार्यरत नेपाली मूलका पराग पाठक अन्तर्राष्ट्रीय आर्थिक कोष (आइएमएफ)ले सार्वजनिक गरेको आगामी दशकमा बिश्व अर्थतन्त्रलाई बाटो देखाउने प्रभावशाली २५ युवा अर्थशास्त्रीको सूचीमा परेका हुन् । (अनलाइन खबर)
१ सेप्टेम्बर २०१४