गोपीकृष्ण शर्मा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जन्म स्थान पाल्पाको तानसेन र कर्मस्थान काठमाडौँको ज्ञानेश्वर भएका गोपीकृष्ण शर्मा (१९९७) संस्कृतनेपाली साहित्यका विद्वान् प्रध्यापक हुन् । उनले वाराणसेय संस्कृत विश्वविद्यालयबाट स्वर्णपदक र त्रिभुवन विश्वविद्यालयबाट महेन्द्र विद्याभूषण प्राप्त गरेका छन् । शर्माका नेपाली निबन्ध परिचय (२०४०), अवलोकन र विवेचन (२०४४), पौराणिक बालकथा (२०४४), सरल निबन्ध परिचय (२०४८), संस्कृत साहित्यको रूपरेखा (२०५३) लगायत एक दर्जनभन्दा बढी कृतिहरू प्रकाशित भएका देखिन्छन् । [१][२]


सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. शर्मा, गोपीकृष्ण (दो.सं.२०५३), संस्कृत साहित्यको रूपरेखा काठमाडौँ : अभिनव प्रकाशन
  2. भट्टराई, घटराज (२०५६), नेपाली लेखक कोश, कामाडौं : लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान