भालेश्वर महादेव मन्दिर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भालेश्वर महादेव मन्दिर
प्राथमिक विवरण
स्थान:काठमाण्डौ
सम्बन्धनहिन्दुत्व
जिल्लाकाठमाण्डौ जिल्ला
देशनेपाल
वास्तुकला प्रकारप्यागोडा, शिवरात्री
अवस्थिति२,५५१ मी (८,३६९ फिट)

भालेश्वर महादेव मन्दिर काठमाडौँ जिल्लाको चन्दागिरी डाँडामा रहेको प्रसिद्ध मन्दिर हो । यो मन्दिर समुन्द्र सतहबाट २,५५१ मिटरमा अवस्थित छ ।

धार्मिक महत्त्व[सम्पादन गर्नुहोस्]

शतिदेवीको मृत शरिरलाई बोकेर महादेवले पृथ्वीको परिक्रमा लगाउने बेलामा शति देवीको भाल अर्थात् निधार पतन भएको हुनाले यो ठाउँमा भालेश्वर महादेव मन्दिर को उत्पत्ति भएको कुरा हिमवत्खण्डमा उल्लेख भएको पाइन्छ | विभिन्न कथनका आधारमा, यस भालेश्वर महादेव को दर्शन गरेमा भक्तजनको इच्छा पूरा हुने र अन्त्यमा शिवलोकमा बास हुने जनआस्था रहेको छ |

ऐतिहासिक महत्त्व[सम्पादन गर्नुहोस्]

ऐतिहासिक महत्त्वका हिसाबले पनि चन्दागिरी निकै महत्त्वपूर्ण स्थान हो। नेपाल एकिकरण गर्ने समयमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले काठमाण्डौ उपत्यका यहि ठाउँबाट अवलोकन गरेको थिए। उक्त समयमा पृथ्वीनारायण शाहले भालेश्वर महादेव मन्दिरमा उपत्यका विजय गर्ने इच्छा प्रकट गरेका र उनको मनोकामना भालेश्वर महादेवले पूरा गरेको जनविश्वास रहेको पाइन्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

  1. मन्दिर
  2. वटुक भैरव (Batuk Bhairab (Lagankhel))
  3. बंगलामुखी मन्दिर (Bangalamukhee Mandir)
  4. चामुन्डा मन्दिर, पाटन (Chamunda Temple (Patan))
  5. मिन नाथ मन्दिर (चाकुवा ध्यो) (Min Nath (Tangal))
  6. रातो मच्छिन्द्रनाथको भोटो जात्रा
  7. मच्छिन्द्रनाथ
  8. सेतो मच्छिन्द्रनाथको रथयात्रा
  9. मच्छिन्द्रनाथ रथ जात्रा(दोलखा)

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]