खबतरी बस्नेत

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

षप्तडि बस्न्यात/बस्नेत नेपाली क्षत्री थर बस्नेतको एक कुलघरान राजन्य हुन् । अन्य षप्तडिझैँ कौशिक गोत्रका हुन् ।[१] षप्तडिहरु खापरमष्टो देवताको पुजा गर्छन् । उनीहरूका पूर्वजहरूले खप्तड राज्यमा शासन गरेको ऐतिहासिक कथन छ । त्यस भेगका जाँतमा गाइने चैतबाट पनि उक्त कथन ऐतिहासिक तथ्य हो भनी प्रमाणित गर्न सहयोग गर्छ । राजा वीर भोटु सिंहले पुत्र राहुललाई बस्नेत उपाधि दिएको इतिहास मानिएको छ।

नेपाल एकिकरण अभियानमा यस परिवारको अन्य बस्नेतहरु झैं महत्त्वपूर्ण भूमिका रहेको छ । गोरखा दरबारको वरिपरि रहेका यस खलकका आवासले पनि उनीहरू प्रति गोरखा राज्यको आड भरोसालाई उजागर गर्दछ । बडामहाराजा पृथ्वीनारायण शाहका शुरुका एकिकरण योजनाका हौसला एवं साहस यसै वंशका वीर पुरुषहरु थिए । एकिकरण पश्चातका नेपाल-अग्रेंज युद्धताका पनि देश रक्षा निमित्त महत्त्वपूर्ण योगदान दिएका षप्तडि बस्नेतका वीर पुरुषहरूले राणाकालमा समेत तिब्बत तथा भारतमा भएका युद्धहरूमा आफ्नो नेतृत्वबाट राष्ट्रलाई महत्त्वपूर्ण जितहरु दिलाएका थिए ।

कमाण्डिङ कर्णेल पहलमान सिंह बस्न्यात, षप्तडि बस्नेत हुन् । उनलाई षप्तडी राजा को मान गरी, एवं श्री १को उपाधि पनि दिइएको थियो । त्यस्तै पूर्व गृहमन्त्री यज्ञबहादुर बस्न्यात,प्रधान सेनापति सिँह बहादुर बस्न्यात, पूर्व राजदूत डा. सिँँह बहादुर बस्न्यात पनि षप्तडि बस्नेत हुन् ।

[२]

उल्लेखनीय षप्तडि/खबतरी हरू[सम्पादन गर्नुहोस्]

स्रोत[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]