सामग्रीमा जानुहोस्

वीरभद्र थापा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
काजी
वीरभद्र थापा
सैन्य सेवा
निष्ठागोरखा राज्य,  नेपाल
श्रेणीसरदार
लडाई/युद्धहरूनुवाकोटको युद्ध, कीर्तिपुरको युद्ध, नेपाल एकीकरण

काजी वीरभद्र थापा नेपाल एकीकरणमा भाग लिने सैनिक अधिकारी थिए । कीर्तिपुरको युद्धमा उनले दलमर्दन शाह, दलजित शाह, कालु पाण्डेतुलाराम पाण्डेसँगै भाग लिएका थिए ।[] पृथ्वीनारायण शाहको एकीकरण अभियानमा बाधा पुर्याउन अङ्ग्रेज सिन्धुलीगढी आएका थिए ।[] ढुङ्ग्रेबाँसमा युद्धको नेतृत्व वीरभद्रले गरेका थिए । उनी नुवाकोटको युद्धमा भाग लिने अग्रज भारदार मध्ये एक हुन् ।[]

थापा वंशावलीका अनुसार वीरभद्र थापा ज्यामरुककोटका राजा बगाले कुलका जसोधर (धर्मराज) थापाका २३औं पुस्ता देखिन्छन् । बडाकाजी अमरसिंह थापा पनि २३ औँ पुस्ता हुन भनी लेखिएको छ । उक्त वंशावली अनुसार उनी विक्रम थापाका नाति र विजय (बिजै) थापाका छोरा देखिन्छन् ।[] तर इतिहास शिरोमणि बाबुराम आचार्यका अनुसार वीरभद्र विक्रमका छोरा हुन् र त्यसको साबित एक पत्रले गरेको छ: विक्रम थापाका नाति, वीरभद्र थापाका छोरा थर बगाल्या वतन गोर्षा अमरसिँह थापा[]

उक्त पत्रमा उल्लेखित अमरसिंह थापा सानुकाजी हुन् । वीरभद्रका जम्मा तीन छोराहरू: जीवन थापा, वंशराज थापा र अमरसिंह थापा (सानुकाजी) हुन् ।[] जीवन थापाको मृत्यु कालु पाण्डेसँगै कीर्तिपुरको युद्धमा भएको थियो । उनका नाति भीमसेन थापा नेपालको प्रथम मुख्तियार बन्न पुगे ।[]